– आहुति
 
घामको उज्यालो यहीँ हुनेछ
यहीँ रहनेछ रातको जून
घुमिरहनेछ माटोलाई म्वाइँ खाएर शीतल पवन
तर रहने छैनन् कतै बादशाहहरू
बज्ने छैनन् धतुराका फूलजस्ता विषालु बिगुलहरू
बाध्य हुने छैनन् बनाउन शिशुहरू
बाँसुरीजस्ता नलीहाडलाई बन्दुकका नाल
पसिना र रगतको आगामी सय वर्षको नदीले
पखाल्नेछ धर्तीको धेरैधेरै कुरूप शेष
बाइसौँ शताब्दीमा
इतिहास बनिसक्नेछ जङ्गबहादुरहरूको आजको अवशेष।
 
हामी त हुने छैनौँ
हाम्रो रगत र पसिना पढिरहेका नानीहरू हुनेछन्
यस शताब्दीका अत्याचार लेखाजोखा गर्ने सन्तानहरू हुनेछन्
गर्वले सुनाउँदै सङ्घर्षका गाथाहरू
शिशुहरूलाई दूध चुसाइरहेका पनातिनीहरू हुनेछन्
उन्मुक्त हाम्रा सन्ततिको भीडमा
आजको बादशाहको झोक्राइरहेको पनाति हुनेछ
पुर्खालाई धिक्कारिहेको त्यो निर्दोष प्राणी पनि हुनेछ !
 
आजको बादशाह त रहने छैन
पुर्खाको क्रूरता भुल्न चाहने बादशाहको पनाति रहनेछ
पढ्नेछ उसले जब आजको बीभत्स इतिहास
देख्नेछ पहिलो पानामा
जिजुबाजेको षडयन्त्रका काला शीर्षकहरू
दोस्रो पानामा भेट्नेछ उसले
मान हरिएका अपमानित सन्तप्त दलितहरू
तेस्रो पानामा चिच्याउनेछन्
अन्यायले थिल्थिलिएका जनजातिहरू
चौथो पानाको शिरदेखि पाउसम्म
झाङ्काल गर्नेछन् नाङ्गेझार लुटिएका नारीहरू
पाँचौँ पानामा त्यतिबेला पनि रोइदिनेछ
बन्धक पर्न लागेका आजको सगरमाथाको प्रदेश !
 
पढ्न नसकेर आफ्नै खलकको बदनाम इतिहास
बन्द गर्नेछ उसले इतिहासको पुस्तक
तर रातको पहिलो प्रहरको सपनीमा आउनेछन्
थानाभित्र मारिएका यस शताब्दीका कविहरू
दोस्रो प्रहरमा बोल्नेछन्
उसको जिजुबाजेले काटेका कलमका ओठहरू
तेस्रो प्रहरको लहरमा तैरिरनेछन्
निरपराध मारिएका लासका खातहरू
चौथो प्रहरमा रुनेछन्
आज मारिएका अभागी सिपाहीका विधुवाहरू
अन्तिम प्रहरको सपनीमा ऐऽया–आत्था गरिहनेछ
उसको जिजुबाजेले युद्ध लादेको रक्ताम्मे अभागी देश !
 
बाइसौँ शताब्दीमा हरेक दिन
हरेक बादशाहका भग्नावशेषमाथि खेल्नेछन् शिशुहरू
त्यतिबेला बन्नेछौँ हामी बच्चाहरूका प्रेरणा–स्रोत
बादशाहहरू बन्नेछन् आफ्नै सन्ततिको पीडा–केन्द्र
जूनको मन्द किरणमा तृप्त निद्रा भोग्नेछन् प्राणीहरू
तर निद्राबाट झस्केर हरेक रात
छटपटिन बाध्य हुनेछ बादशाहको पनाति
सम्झेर आफ्नो खलकको यस शताब्दीको अत्याचार
पसिनाले निथ्रुक्क भिज्नेछ उसको शरीर
आँसुले लतपतिनेछ अनुहार
झुक्नेछ एकान्तमा पनि पटक–पटक शिर
ग्लानिले फत्फत् कुहिनेछ उसको हृदयको मानव–गर्व !

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२