(समय पनि कति निष्ठुरी हुँदो रहेछ ! कसलाई पर्खंदोरहेछ र?) कथाभित्रको यो पङ्क्ति अकस्मात् ४४ वर्षको अल्पायूमा ४ दिनअघि बित्नुभएकी कथाकार अप्सरा तिम्सिना लम्सालको ‘टिप्ली मास्टर’ कथाभित्रको हो। गत वैशाखमा प्रकाशित उहाँको कथासङ्ग्रह ‘अभ्यन्तर’भित्र सङ्कलित यो कथा उहाँप्रतिको श्रद्धाञ्जलिस्वरूप प्रकाशित गरेका हौँ।

जीवनको पाँच दशक पार गरिसक्दा जिन्दगी गुणा जिन्दगी बराबर योगफल जिन्दगी बनाउन सकिएन। पेसाको गुणनफल निकाल्न नसकेर जीवन बोझिलो लागिरहेको थियो। वर्षमा छवटा ऋतु फेरिन्थे तर फेरिएको थिएन जिन्दगीको ऋतु ! एउटै लय र गतिमा हिँडिरह्यो जिन्दगी। न उक्लने नाम लिन्थ्यो दुई चार खुड्किलो मनोरञ्जनको, न ओर्लन नै सक्थ्यो एक बित्ताको यात्रा। जिन्दगी बारीको पाटाको बुँख्याचाजस्तै बनेको धेरै भएको थियो।

यो नै पहिलोचोटि हो, सायद शारदीय उमङ्गका साथमा तीसदिने छुट्टी मिलेकाले सपरिवार आन्तरिक पर्यटक बन्ने निधो गरी आर्थिक व्यवस्थापनतिर लागियो। ‘मसँग त लगाएर निस्कन लायक कपडा नै छैनन्,’ उनले भनिन्।

‘मलाई ब्याग चाहियो बाबा !’ छोरो करायो।

‘राम्ररी फोटै खिच्दैन मोबाइलले,’ छोरी गनगनाइन्।

‘राम्रो बर्को ल्याइदे है बाबू,’ आमा भन्दै हुनुहुन्थ्यो।

सकेजतिको व्यवस्थापन मिलाएर दश जनाको टोली भ्रमणतिर लागियो। शरद् ऋतु न हो, सयपत्री र मखमली ओढेर हाँसिरहेको सडक, परिवेश र एकाङ्गी जीवनबाट फुत्केर आफन्तजनको साथ, त्यसमाथि पनि बीच–बीचमा खानपान, मोजमस्ती गर्दै र अन्ताक्षरी खेल्दै अगाडि बढ्दा बाटो काटेको पत्तै भएन।

‘कहाँ आइपुगियो बाबू ?’ आमाले सोध्नुभयो।

‘काठमाडौँको छैमले आसपास हो। तीन दिन अगाडि मात्रै गाडी लुटियो यहाँ। साह्रै डरमर्दो र नेपालकै चोरी प्रभावित क्षेत्रभित्र पर्न थालेको छ यो ठाउँ अचेल।’ गुरुजीले घटना वर्णन गर्दा हामी सबैको मुटु ढक्क फुल्यो। यो सुनेपछि चलिरहेको चिसो स्याँठले समेत आमाको सातो उडायो, गहनाले झरिझट्ट भएर सजिनुभएकाले होला।

प्रत्येकले आन्तरिक रूपमा घुमघामको योजनालाई नगदले राम्रैसित सिँगारेका थियौँ। राजधानीका चर्चित शक्तिपीठ एवं केही पर्यटकीय स्थल घुम्ने योजना थियो हाम्रो।

गाडी क्रमशः अगाडि बढ्दै थियो। तीन घुम्ती पार गरेपछि सुनसान र सानो एकान्त जङ्गल आयो। मोडमा दश–बाह्र जनाजतिको ग्याङ बाटो छेकेर उभिएको थियो। सबैले काला चस्मा लगाएका थिए, कालै मास्क र टाउकोदेखि निधार हुँदै कान पूरै ढाक्ने कालै स्कार्फ बाँधेका थिए। ‘लौ बर्बाद ! सुनचाँदी भए सिटमुनि फाल्नोस्। पाकेटमाराको समूहजस्तो छ,’ गुरुजीले सङ्केत गरे।

सकेजतिको व्यवस्थापन मिलाएर दश जनाको टोली भ्रमणतिर लागियो। शरद् ऋतु न हो, सयपत्री र मखमली ओढेर हाँसिरहेको सडक, परिवेश र एकाङ्गी जीवनबाट फुत्केर आफन्तजनको साथ, त्यसमाथि पनि बीच–बीचमा खानपान, मोजमस्ती गर्दै र अन्ताक्षरी खेल्दै अगाडि बढ्दा बाटो काटेको पत्तै भएन।

यति भन्न नभ्याउँदै घेरे हाम्रो गाडीलाई। देख्दै डन लाग्ने एक जना बोल्यो, ‘टिनुवाहरू खडी शुरु।” एकै स्वरमा आवाज आयो, ‘ओके डन।’ डनले भन्यो, ‘चिसो, घोप्टे ल्याऊ।’

कम्मरबाट चमचम चम्किने खुकुरी, छुरी, चक्कु सबैको हातमा चमचमाउन थाले। ‘धु्रवदाइ खोज।’

‘कान समाऊ।’

‘छिटोछिटो दस्ती तोड्।’

‘टिप्ली मास्टर !’

‘ढेक गर।’

‘ओके डन !’

‘थान, गज र सेती मात्र।’

‘ओके डन !’

खै के के भने भने, केही बुझिएन। डनको निर्देशनअनुसार तैनाथ देखिन्थे अरू। उनीहरूले हाम्रो घाँटीमा खुकुरी, छुरी र चक्कु तेर्स्याउँदै धमाधम लुट्न थाले। भएका सबैले आत्तिएर आफूसँग भएका रुपैयाँ झिक्दै दिए। सबैको मुटुमा ढ्याङ्ग्रो बजिरहेको थियो।

‘सुनचाँदी सिटमुनि खसाल्नोस् !’ भनेर साउती मारेका बेला ड्राइभरले प्रहरी बिटलाई म्यासेज गर्न भ्याइसकेका रहेछन्। लुटेराहरू लुटेका धनमाल धमाधम कुम्ल्याउँदै के थिए, खुकुरी हातमा लिएको डनले भन्यो, ‘ला ! ठूला लाटा मानबेचे आए !’

‘लौ न नि, नीलचरी…! भाग, साथी हो ! भाग !’

सबै तितरबितर भएर भाग्दै थिए। सादा पोसाकमा र बर्दीमा रहेका सशस्त्र प्रहरीको ठूलो जमातले हामीलाई टाढैदेखि घेरिसकेको रहेछ। दिन प्रतिदिन यस्ता घटना घट्ने भएकाले सुरक्षाकर्मीहरू तैनाथ रहेको बुझियो। लुटेरा ग्याङ पूरै समातियो। लुटिएका सामान पनि सबै फिर्ता पाइयो। हाम्रा सामु प्रहरीले सबैको स्कार्फ, मास्क र चस्मा खोले र मुहार नाङ्गो बनाइदिए।

म भीरबाट खसेजस्तो भएँ। अघिको डनले ‘टिप्ली मास्टर’ भनेर सम्बोधन गरेको लुटेरा त मेरै साथी अतीत पो रहेछ। लुटेराको समूह हत्कडी र नेलकडीमा पर्‍यो। भर्खरै स्वागतमा हात हल्लाउँदै गरेका बुट्यान र पोथ्रा सबैले एकनास गिज्याएर लुटेराको समूहलाई अतीतको जीवनमा सल्केको विनाशको आगोको राप फैलिएर मसम्म आइपुग्यो र पोल्न थाल्यो।

हाम्रो खजानामा घुन पुतली नलागे पनि अतीत समातिएकामा छटपटी चल्यो मलाई। चिट्चिट् पसिना आयो। मैले उसलाई मास्क खोल्नेबित्तिकै चिनेँ तर उसले मलाई चिन्न सकेन वा चिनेर पनि नचिनेको नाटक गर्‍यो। ‘सायद, मैले पनि मास्क र चस्मा खोलेको भए चिन्थ्यो कि ! मलाई पनि के थाहा, त्यहाँ अतीत छ भन्ने कुरा !’

गाडी अगाडि बढ्यो। सबै जना त्रस्त र शान्त देखिन्थे। एकले अर्काको अनुहार मात्र हेरेका थिए तर बोल्नसक्ने साहस कसैमा भरिएको थिएन। गुरुजी एक्लै बोलिरहेका थिए। अरूले उनको कुरा बुझे या बुझेनन्, थाहा भएन तर म भने अतीतलाई सम्झन थालेँ।

म भीरबाट खसेजस्तो भएँ। अघिको डनले ‘टिप्ली मास्टर’ भनेर सम्बोधन गरेको लुटेरा त मेरै साथी अतीत पो रहेछ। लुटेराको समूह हत्कडी र नेलकडीमा पर्‍यो। भर्खरै स्वागतमा हात हल्लाउँदै गरेका बुट्यान र पोथ्रा सबैले एकनास गिज्याएर लुटेराको समूहलाई अतीतको जीवनमा सल्केको विनाशको आगोको राप फैलिएर मसम्म आइपुग्यो र पोल्न थाल्यो।

ऊ र म एउटै गाउँमा जन्मेहुर्केका साथी। बच्चा जन्माउन नसकेर मरेकी आमालाई सपनामा देखेर आँखा ओसिला बनाउँदै निस्के पनि हिँडाइमा तागत दौडिएकै देखिन्थ्यो अतीतको त्यतिबेला। खल्तीमा बोकेका माछा पोलेर तृप्त हुन नसकेको अवस्था थियो उसको। घरमा आमा त थिइन् तर भाइकी !

अतीत कहाँ जान्छ? के खान्छ? सञ्चो नभएर पो लामो समयसम्म सुतेको हो कि? कहिल्यै सोधिनन् भाइकी आमाले। के खाँचो छ? किन अनुहार अँध्यारो भयो? किन खान आएन? त्यो पनि सोधिनन् कहिल्यै पनि।

पढ्, गृहकार्य गर् पनि भनिनन्। गोठालो जाने बेला भयो वा भाइ लड्यो भने चाहिँ हर्दम भन्थिन् दाह्रा किटिकिटी। उसको दलिनमा राखिएका दुईवटा लठ्ठी देखेर गाउँका भुरा सबै डराउँथे। एउटाले अतीत गाईबाख्रा लखेट्थ्यो, अर्कोले आमा अतीतलाई। आफन्त भन्नु नै उसको घरमा कोही भएनन्। मन बिसाउने चौतारी भन्नु नै कृष्ण, अमृत र महेश थिए।

जब बा परदेश होमिए, जब कृष्णकी आमा भागेकी हुन् अर्कासँग। अमृतका बाआमा मदहोसी, हरेक बेलुका झगडा गर्ने, बेहोसीमै मझेरीमा खुलेआम के के गरेको देखेको थियो उसले। घरका क्रियाकलापलाई नाटकीकरण गर्न खोज्थ्यो ऊ घरबाहिर। महेशका बाबु दोस्रा, यस्तैयस्तै पारिवारिक इतिहास थियो त्यस ग्याङको।

उनीहरूका कान टपले सजिएका थिए। हात बाला र औँठीले झकिझकाउ थिए। ओठ छेडेर तीर हालेका, घाँटीमा एक पाउका माला लगाएका थिए। कसैले विश्वास गर्दैनथ्यो यिनीहरूलाई।

देशको अवस्थामा परिवर्तनको लहर आयो। अतीतजस्ता आन्दोलित जनताको तुलनामा पुराना शासक वर्गको स्थान उच्च रह्यो, जसका कारण ऊ असन्तुलित अवस्थामा आइपुगेको थियो र हराएको थियो, एकाएक गाउँबाट। त्यसपछि आजै हो मैले उसलाई देखेको।

समय पनि कति निष्ठुरी हुँदो रहेछ ! कसलाई पर्खंदोरहेछ र? समयको सिङमात्र हुन्छ अनि लम्बिँदै जान्छ भन्थे, हो रहेछ ! समयको अन्तरालमा हाम्रो बाटो छुट्टियो। म स्कुलतिर लागेँ। उनीहरू जङ्गलतिर। केही समयपछि अतीत जनसेनामा भर्ती भएको खबर सुनियो। दिन, महिना, साल बित्दै गए। एकदिन अखबारमा छापियो कि जनसेनाका धेरै जवान अयोग्य घोषित भई फर्कंदै छन्। नभन्दै भोलिपल्टै अतीतलाई पनि घरमा देखियो। न हातमा पैसा थियो उसको, न पढाइको प्रमाणपत्र।

यतिका वर्षपछि फर्कंदा पनि घरको अवस्था झनै जड बनेको थियो।

फरक थियो त भाइ अनि आमाको उमेर र चुरिफुरीमा। बा अझै पनि सधैँ आमाको नाममा पैसा पठाउँथे तर कहिल्यै सोध्दैनथे। अतीतको अवस्थालाई। घरेलु राज्यमा एकलौटी शासन थियो आमाको। न पढ्नका लागि कसैले सिकायो न वातावरण नै पायो उसले। त्यसैले पनि होला, अतीत एकान्तमा खुब रुन्थ्यो मसँग। रत्ति परिवर्तन आएन आमाको ऊप्रतिको दृष्टिकोणमा। काम नभएर अतीत पुरानै अवस्थामा आइसकेको थियो।

देशको अवस्थामा परिवर्तनको लहर आयो। अतीतजस्ता आन्दोलित जनताको तुलनामा पुराना शासक वर्गको स्थान उच्च रह्यो, जसका कारण ऊ असन्तुलित अवस्थामा आइपुगेको थियो र हराएको थियो, एकाएक गाउँबाट। त्यसपछि आजै हो मैले उसलाई देखेको।

मकै ! मकै ! मकै ! खानुस् पोलेको मकै ! खाने हो? यसो भनेर मकै बेच्ने भाइले मलाई नै सोधेपछि पो झल्याँस्स भएर ब्युँझेा। म अतीतको विगतमा डुबेको निकै बेर भइसकेको रहेछ। गाडीमा भएका सबै जना ओर्लने तयारी गर्दै थिए। गाडी बल्खु पुगिसकेको थियो।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

२०७६, २९ भाद्र आईतवार १५:२३

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

२०७६, २९ भाद्र आईतवार १०:४२

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

२०७६, २९ भाद्र आईतवार १६:२३

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

२०७६, २९ भाद्र आईतवार १३:०८

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

२०७६, २८ भाद्र शनिबार १६:२५

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

२०७६, २८ भाद्र शनिबार १४:१७