पोखरा – जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष २०७५/०७६ मा करिब साढे ४ करोड राजश्व सङ्कलन गरेको छ। वैशाख महिनादेखि गत असार मसान्तसम्म ४ करोड ४७ लाख ३७ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक जितजंग काकीले जानकारी दिए।

नियमविपरीत चलाइएका ६४ हजार २ सय सवारीबाट राजस्व संकलन गरिएको हो। आर्थिक वर्ष २०७४। ०७५ मा भने ५१ हजार ५ सय एक सवारी कारबाहीमा परेका थिए। त्यसबाट ३ करोड ६५ लाख ५१ हजार ५ सय राजस्व संकलन भएको थियो। गत वर्षको तुलनामा कार्यालयले यस आर्थिक वर्षमा ८१ लाख, ८६ हजार बढी राजस्व संकलन गरेको हो।

ट्राफिक प्रहरीले जथाभावी पार्किङ गर्ने, मापसे गरी सवारी चलाउने सवारीलाई कारबाही गरी राजश्व संकलन गरेको हो। गत आर्थिक वर्षमा ट्राफिक नियमको पालना नगरेका कुल २ हजार ९ सय ६५ सवारीसाधनहरूमाथि ह्विल तथा चेन लकसमेत गरिएको थियो। बढ्दो सवारी चापसँगै पोखरामा सवारी पार्किङको समस्या बढ्दै गएको छ। लामो समयदेखि जनप्रतिनिधिविहीन पोखरा महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले कार्यभार समालेको २ वर्ष बिते पनि पार्किङलाई व्यवस्थित गर्नेतर्फ आवश्यक पहल हुन सकेको छैन।

सडकमै यत्रतत्र सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ। सडकमा पार्किङ गर्नुपर्ने बाध्यतालाई केही चालकहरुले शक्ति र पहुँचको आडमा मनलाग्दो गरी जथाभावी पार्किङ गरेको आरोपमा ट्राफिक प्रहरीले झण्डै ३ हजार सवारीमा ह्विल तथा चेन लक लगाएको छ। ह्विल तथा चेन लक गरिएका साधनमा मोटरसाइकल धेरै रहेका छन्। पार्किङ गर्ने ठाउँ नहुँदा अहिले पोखराका मुख्य चोकमा धेरैले निषेधित क्षेत्रमा पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ।

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२