जाजरकोट – विप्लव समूहका कार्यकर्ता पार्टी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन्। जाजरकाेट जिल्लाका पक्राउ परेकामध्ये ३ जनाले विप्लव समूह छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुटेकाे प्रहरीले जनाएको छ।

सरकारले प्रतिबन्ध लगाउनुअघि समूहमा सक्रिय रहेका विप्लव समूहका कार्यकर्ता प्रतिबन्धपछि पनि विभिन्न गैरकानूनी क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गर्दै आएको छ। उनीहरू पक्राउ परेपछि कम्तीमा दुई हप्ता हिरासत बसेर विप्लव समूह छाड्ने कागज गर्दै रिहा हुने गरेका छन्।

विप्लवका कार्यकर्ता छुटाउने नेपाली कांग्रेसका नेताको ठूलो दौडधुप हुने गरेको छ। विप्लव समूहका डोल्पा इञ्चार्ज भन्दै पक्राउ परेका वीरबहादुर खड्का पार्टी छोड्ने कागज गरेर रिहा भएका थिए। त्यस्तै छेडागाड इञ्चार्ज कैलाश पुन, भेरी ब्युरो सदस्य हरिचन्द्र जैसी लगायतका नेता तथा कार्यकर्ता कागज गर्दै रिहा भएका हुन्।

विप्लव समूहको गैरकानूनी क्रियाकलापमा संलग्न नहुने र संविधान मान्ने भन्ने उल्लेख गरी उनीहरू छुटेका छन्। त्यस्तै भेरी ब्युरो सदस्य जैसी सत्तारूढ दल (नेकपा)मा प्रवेश नै गरेका छन्। अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम शाहीलाई काठमाडौँमा पक्राउ परेलगत्तै जाजरकोट पुर्‍याइएको थियो।

पक्राउपछि शुक्रबार स्वतन्त्र जीवनयापन गरी बस्ने भनी रिहा हुने मौखिक सहमति भए पनि अन्तिम चरणमा आइपुग्दा नेपाल कम्युनिष्ट पाटीसँग आस्था राखे पनि गैरकानूनी क्रियाकलाप नगर्ने भन्ने वाक्यमा कुरा नमिल्दा रिहा हुन सकेनन्। अन्य अहिले दुई जना विप्लव कार्यकर्तासमेत हिरासतमै छन्।

कागज गरेर छुटेलगत्तै विप्लव समूहका कार्यकर्ता के गरिरहेका छन् भन्ने कुरा सूक्ष्म अनुगमन भइरहेको प्रहरी प्रमुख श्याम खत्रीले बताए। (रासस)

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

२०७६, १० माघ शुक्रबार १३:४२

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

२०७६, १० माघ शुक्रबार १६:५५

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

२०७६, ११ माघ शनिबार १६:१५

मोरङमा श्रृंखलाबद्ध बम बिस्फोट

मोरङमा श्रृंखलाबद्ध बम बिस्फोट

२०७६, ११ माघ शनिबार ११:११