काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुमा स्वर्गीय जीवराज आश्रितप्रति हेर्ने दृष्टिकोणमा मतभेद देखिएको छ।जीवराज आश्रितको ७५ जन्मजयन्तीका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा पार्टीले जीवराज आश्रितलाई कुसल संगठकका रुपमा मात्र चित्रण गरेको भन्दै नेकपा सचिवाल सदस्य बामदेव गौतमले असन्तुष्टि जनाए।

नेता गौतमले आश्रित मदन भण्डारीको पनि नेता भएको तर्क गरे। उनले भने, ‘जीवराज आश्रित मदन भण्डारीका पनि नेता थिए। उहाँहरुको सँगै स्वर्गबास भयो। हामीले मदन भण्डारीलाई जननेताका रुपमा चित्रण गर्यौँ । तर, जीवराज आश्रितलाई कुसल संगठक भनेर चित्रण गर्यौँ। यसमा मलाई चित्त बुझेको छैन । एउटा जननेता हुन अर्को संगठक मात्र ?,’ पार्टीले जीवराज आश्रितलाई मदन भण्डारीको छायाँमा राखेको भन्दै गुनासो पनि गरे।

साथै नेता गौतमले भण्डारी र आश्रितको केही सपना आफूहरुले पुरा गरेको पनि बताए । ‘हामीले राजतन्त्र फाल्यौँ । संघीय गणतन्त्र स्थापना गरेका छौँ। संविधान निर्माण गरेको छौँ। अहिले हामी समाजवादतिर हिँडिरहेका छौँ ,’ उनले भने । नेता गौतम यतिमै रोकिएन। गणतन्त्र स्थापनालाई ठूलो उपलब्धीका रुपमा आथ्र्याएका उनले संघीयता भने मन नपरेको तर्क गरे।

‘देशमा संघीय गणतान्त्रिक व्यवस्थामा छ। तर केहीलाई यो मन परेको छैन, मलाई पनि यो मनपरेको छैन,’ नेता गौतमले भने, ‘तर हामीले समाजवाद प्राप्तिका लागि सोच्नु पर्ने बेला आएको छ।’ पछिल्लो समय संघीयता विरोधी स्वरहरु चर्को रुपमा उठिरहेका बेला गौतमको यो अभिव्यक्ति अर्थपूर्ण रुपमा लिन सकिन्छ।

त्यसपछिका वक्ताहरुले संघीयताको विषयमा टिप्पणी नगरे पनि जीवराज आश्रितबारे गौतमले राखेको टिप्पणको खण्डन गरे। नेकपा स्थायी कमिटी सदस्य एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आश्रितलाई कुसल संगठक भन्नुमा कुनै अन्याय भएको तर्क गरे। यस्तै नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टीको निर्णय अनुसार नै आश्रितलाई कुसल संगठकको परिचय दिएको बताए।

उनले भने, ‘दासढुङ्गा घटना भएपछि बसेको पार्टीको बैठकले महासचिवमा माधव नेपाल रहने र मदन भण्डारीलाई जननेता, जीवराज आश्रितलाई कुशल संगठक भन्ने निर्णय गरेको थियो। जीवराज आश्रित मदन भण्डारीको पनि नेता हुन्। तर समय र व्यक्तिको क्षमताले तलमाथि हुने गर्दछ। उहाँलाई कुसल संगठक भनिनुमा विमति जनाउनु पर्ने कारण छैन।’

नेता पाण्डेले पार्टीको संगठन निर्माणमा आश्रित विशेष भूमिका रहेको दाबी गरे । ‘जीवराज आश्रितले पार्टी संगठन सरकारको संरचना अनुसार बनाउनुपर्छ भनेर ०४६ सालमा प्रस्ताव पेश गर्नु भएको थियो । त्यो पास पनि भयो । त्यसकै जगमा नेकपा यहाँसम्म आइपुगेको छ,’ उनले भने। जीवराज आश्रितले क्रान्त्रिका लागि पार्टी चालाएको भन्दै सत्ता पार्टी चलाउन अब सबै एकताबद्ध हुनपर्नेमा जोड दिए।

पूर्व प्रधानमन्त्री एवम् नेकपा सचिवालय सदस्य झलनाथ खनालले समकालीन नेताहरुमा जीवराज आश्रितलाई सांगठनिक रुपमा विशेष खुबी भएको नेताको रुपमा अथ्र्याए । जसकारण पनि उनलाई कुसल संगठक भन्दा फरक नपर्ने तर्क उनको तर्क थियो। सांगठनिक गतिशीलत र अनुशासन कायम गराउने कुरामा आश्रितमा अद्भूत क्षमता रहेको पनि बताए।

लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?

सुत्केरी मसला कसरी बनाउने ?

२०७६, १८ मंसिर बुधबार १४:१२

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय स्वर्ण पूरा

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…

२०७६, १८ मंसिर बुधबार २०:३१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

२०७६, १८ मंसिर बुधबार १२:२८

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

२०७६, १८ मंसिर बुधबार १४:५४

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

२०७६, १८ मंसिर बुधबार २१:४७

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५