सुर्खेत – कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका ४० वटा पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ। शनिवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशस्थित विभिन्न धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा अन्य महत्वपुर्ण प्रदेशका १० वटै जिल्लाका ४० स्थानलाई पर्यटकिय गन्तव्य सार्वजानिक गरेको हो।
सुर्खेतका पर्यटकिय गन्तव्यमा काँक्रेविहार, बुलबुले ताल, पञ्चपुरी सर्किट र विद्यापुर रहेका छन्। दैलेखमा दैलेखको राकम कर्णाली र पञ्चकोशी सर्किट रहेका छन् भने जाजरकोटमा भेरी नदि, नादाइ गढ, कुशे ठाकुर जीका गढ रहेको मन्त्रालयका सचिव धिरेन्द्र कुमार प्रधानले जानकारी दिए।
त्यस्तै जुम्लामा चन्दननाथ, गुठीचौर पातारासी र सिंजा भ्याली रहेका छन्। भने कालिकोटमा पचाल झरना, चुलीमालिका, कोट दरबार र पञ्चा दरबार पर्यटकिए गन्तव्यको रुपमा रहेका छन्। हुम्लामा लिमी भ्याली, रेलिङ बाराडेउ, दुधेदह र खार्पुनाथ सिमीकोट रहेका छन् । मुगुमा रारा क्षेत्र, छायानाथ,सल्यानको कुपिण्डे ताल, छायाक्षेत्र र खैराबाङ मन्दिर रहेका छन्।
पर्यटकिय गन्तव्यमा रुकुम पश्चिममा सिस्ने हिमाल, सर्फु ताल, मुसीकोट दरबार र डिग्रे मन्दिर र डोल्पामा अप्पर डोल्पा, से फोक्सुण्डो, गुम्बा,भिजेर, धो ताराप र त्रिपुरासुन्दरी, छलामष्टा तथा दुनै समेटिएको छ।
कर्णालीमा पर्यटकको आकर्षण बढाउनका लागि प्रादेशिक पर्यटन प्रवृद्धन समिति गठन भएको छ। समितिको सचिवालय संयोजकमा राजु कार्की चयन भएको बताइएको छ। समितिमा दिलबहादुर महत, देवराज जैशी, देविकृष्ण रोकाया र सदस्य सचिवमा मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधान रहेका छन्। कार्यालय काठमाडौंमा खोलिने तथा लंकबहादुर शाही, जनकराज शर्मा र छेवाङ लामा सम्पर्क व्यक्तिको रुपमा तोकिएको कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिए।
नेपाल सरकारको २० लाख पर्यटक भित्र्याउने योजनालाई सफल बनाउन हामीले कर्णालीका ४० वटा पर्यटकीय गन्तव्यलाई छानेको मन्त्री बुढाले बताए।


लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?
२०७६, १८ मंसिर बुधबार १४:१२

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…
२०७६, १८ मंसिर बुधबार २०:३१

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन
२०७६, १९ मंसिर बिहीबार १९:४३

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय
२०७६, १९ मंसिर बिहीबार १३:२०

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्
२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल
२०७६, १८ मंसिर बुधबार १२:२८

लागुऔषधसहित युवक पक्राउ
२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा
२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु
२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!
२०७६, १८ मंसिर बुधबार १४:५४

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै
२०७६, १८ मंसिर बुधबार २१:४७

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा…
२०७६, १८ मंसिर बुधबार १५:४६

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!
२०७६, १९ मंसिर बिहीबार ०६:५६

१३ औं सागः नेपालको स्वर्ण संख्या २७ पुग्यो (तालिकासहित)
२०७६, १८ मंसिर बुधबार १४:०२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्
२०७६, १९ मंसिर बिहीबार ०९:४९
