काठमाडौँ – देशकै सबैभन्दा ठूलो र सत्ता हाँकिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना सबै संयन्त्र स्थापना गरी पार्टीलाई चलायमान बनाउन सकेको छैन। पार्टीलाई चलायमान बनाउन नसक्दा त्यसको असर सरकार सञ्चालनमान समेत परेको नेताहरुको गुनासो छ।

पार्टी चलायमान हुन सरकारका राम्रा कार्यसमेत जनतासमक्ष सञ्चार हुन सकेका छैनन्। सबै संयन्त्र निर्माण भएर स्पष्ट दिशा लिन नसक्दा कार्यकर्ताहरुले सरकारका कार्यको खुलेर प्रशंसा गर्न समेत सकेका छैनन्।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भई निर्माण भएको नेकपामा पार्टीका नियमित कार्यक्रम ने हुन छोडेका हुन्। त्यसैगरी, पार्टीभित्र सांगठनिक एकीकरण सम्बन्धमा व्यापक छलफल पनि हुने गरेको छैन भने बैठक पनि नियमित रुपमा हुन छोडेको छ। यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्।

लोकप्रिय