जाजरकोट – शनिबार मात्रै फेसबुक वालमा स्ट्याटस लेख्दै सामान्य विरामी भएर जिल्ला अस्पताल जाजरकोटमा उपचार गराइरहेको जानकारी गराएका जाजरकोटका क्रियाशील पत्रकार डिल्लीबहादुर थापाको निधन भएको छ।

नेपाल पत्रकार महासङघ, जाजरकोटका निवर्तमान उपाध्यक्ष तथा प्रदेश सभासद् थापाको अकास्मात भएको मृत्युको खबर आएको छ।। जिल्ला अस्पताल जाजरकोटमा शनिबार दिउँसो भर्ना भएका थापाको थप उपचारका लागि नेपालगन्ज लिँदै गर्दा बाटोमै मृत्यु भएको उनका आफन्तले जनाएका छन्।

कुशे गाँउपालिका– ५ दम्दाला घर भई पत्रकारीता गर्दै आएका ४० बर्षीय थापाले लामो समयदेखि पत्रकारितामा सक्रिय थिए। नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेशले थापाको निधनलाई पत्रकारिता क्षेत्रमा अपूरणीय क्षतिकारुपमा लिएको छ।

मोफसलको पत्रकारिता क्षेत्रमा समेत विशेष योगदान पुर्याउँदै आएका पत्रकार थापाको निधनले नेपाली पत्रकारिता जगतले एउटा जुझारु, सक्रिय र युवा पत्रकार गुमाएको पत्रकार महासंघ, कर्णाली प्रदेशका महासचिव दिपेन्द्र शर्माले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

स्वर्गीय पत्रकार थापा कुशे गाउँपालिकाको दम्दालास्थित पशुपति माद्यामिक विद्यालयमा अध्यायपन गरिरहेका कुशल शिक्षक पनि हुन्। उनकी श्रीमती, दुइ छोरा र दुइ छोरी छन्।

लोकप्रिय