
कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका मङ्गलप्रसाद चौधरीलाई ऋण खोज्नका लागि बैंक र सहकारी संस्था चहार्दै हिँडनु पर्दैन।
ऋण लिनका लागि सिफारिश र अन्य कागजात बनाउने झन्झटसमेत छैन। चाहेको बेला बिनाझन्झट ऋण पाइने गरेको छ। गाउँमै गठन गरिएको इटाहा सामुदायिक विपद् व्यवस्थापन समितिमा चौधरी आबद्ध भएपछि उनले सहजरूपमा ऋण पाउन थालेको छ।
न्यून ब्याजमा सहजरूपमा ऋण पाइन थालेपछि समितिमा आबद्ध सदस्यले आयआर्जनका कार्यक्रम सञ्चालन गर्न थालेका छन्। समितिमा ६२ जना नदीको उच्च जोखिममा रहेका परिवार आबद्ध छन्। आबद्ध सदस्यको समितिमा रू पाँच लाख बचत रहेको छ। नदीको बगर संरक्षण गरी समितिमा आबद्ध २७ सदस्यले नौ बिघामा उखुखेती गरेका छन्। मल र बीउ खरीदका लागि सबैले समितिबाट रू ३० हजारदेखि रू ५० हजार आवश्यकताका आधारमा ऋण लिएका छन्।
गत वर्ष समितिमा आबद्ध सदस्यले चार बिघा जग्गामा उखुखेती गरी एक हजार क्विन्टल उखु उत्पादन गरेका थिए। जुन रू पाँच लाख ५५ हजारमा बिक्री भएको थियो। बिक्रीको १० प्रतिशत रकम समितिको आपत्कालीन कोषमा जम्मा गरी बाँकी रकम समितिका सदस्यले आम्दानीका रुपमा राखेको समितिमा आबद्ध भङ्गी रानाले बताए।
खेर गएको बगर संरक्षण गरी प्रतिवर्ष समितिमा आबद्ध सदस्यले उखुखेती गरी रू एक लाखदेखि रू एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएका छन्। दोदा र वनहरा नदीले जग्गा कटान गरी बगाउँदै आएको थियो जगतबहादुर रानाले भने, ‘बालुवानै बालुवाले भरिएको बगरमा घाँस रोपेर संरक्षण गर्यौँ। त्यसपछि बगरमा नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरको सहयोगमा समिति गठन गरी उखु रोपेपछि आम्दानी हुन थालेको छ। आम्दानीसँगै नदीले जग्गा कटान गर्न छाडेपछि सुरक्षित तरिकाले बस्न सकेका छौँ।’ नदीले जग्गा कटान गरेपछि नौ वर्षअघि विस्थापनमा परेका १७ परिवार बाढीपीडित बगर संरक्षण भई नदीको जोखिम कम भएपछि पुनः पुरानै ठाउँमा फर्केर उखु खेतीमा संलग्न भएका छन्।
उखु रोप्ने, हेरचाह गर्ने, गोडमेल गर्ने, मल राख्ने, सिँचाइ गर्ने र मिलमा लगेर बिक्री गर्ने कार्यसमितिका सदस्यले पालो मिलाएर गर्दै आएका छन्। जसबाट समय, श्रमको बचत भई सामूहिक कार्य गर्ने बानीले समाजमा मिलेर कार्य गर्ने हौसलासमेत थपिन थालेको स्थानीयवासीको भनाइ छ।
सुत्केरी हुने महिलालाई यातायात खर्च


लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?
२०७६, १८ मंसिर बुधबार १४:१२

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण
२०७६, २० मंसिर शुक्रबार १७:५१

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…
२०७६, १८ मंसिर बुधबार २०:३१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय
२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन
२०७६, १९ मंसिर बिहीबार १९:४३

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्
२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल
२०७६, १८ मंसिर बुधबार १२:२८

सुपर मोडल काइलीका २७ करोड फलोअर्स
२०७६, २० मंसिर शुक्रबार ११:५०

लागुऔषधसहित युवक पक्राउ
२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा
२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु
२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!
२०७६, १८ मंसिर बुधबार १४:५४

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)
२०७६, २० मंसिर शुक्रबार १३:२२

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै
२०७६, १८ मंसिर बुधबार २१:४७

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै
२०७६, २० मंसिर शुक्रबार ११:५५
