– डमरूबल्लभ भट्टराई

अविस्मरणीय ती दिनहरू

शक्तिको केन्द्र काठमाडौँ। २०४५ जेठदेखिको कार्यकाल। जनसम्पर्क बढी हुने, सरकारी कार्यालयहरूको केन्द्र – चारखाल। ती दिनहरू, प्रथम भेट – अञ्चलाधीश धर्मबहादुर थापासँग। कोशी र जनकपुरको अञ्चलाधीश हुँदा साथमा काम गरेको सम्झना ताजै छ। लाग्छ, उहाँले प्र.जि.अ.मा अरू नै कोही पठाइदिए हुन्थ्यो, सङ्केत गरे मात्रैले पनि सरुवा सम्भव थिएन। त्यसैले सहज लाग्दैछ। भेटमा उहाँको सल्लाह छ- अरूतिर जस्तो यहाँ छैन। अफिसमा नै सबै सम्बन्ध वा सम्पर्कहरू टुङ्गिन्छन्। विशेष पर्दा फोन छ। लाग्छ, यो अति मूल्यवान कुरा छ। अब केही सतर्क र केही गम्भीर हुनुपर्नेछ। दिउँसो जिल्ला पञ्चायत सभापति  विक्रमथापासँगको कुराकानी आत्मीय र विनोदपूर्ण लाग्छ। मानौँ– पहिलो भेट नै वर्षाैं पुरानो साथीसँगको मिलन हो। कुराकानी गरिरहुँ जस्तो।

कार्यालयमा प्र.जि.अ.ले गर्नुपर्ने काम थुप्रिएका छन्। कर्मचारीहरू जिम्मेवारीपूर्ण र अनुशासित लाग्छन्। आफ्नोपनको व्यवहार छ। नयाँ हाकिम कस्तो होला बुझ्ने, बधाई दिने, परिचय बढाउनेहरूको चाप केही दिन चल्छ।

केही दिनको अनुभवले सङ्केत गर्छ, मसँग आफ्नो समय छैन। बिहानदेखि बेलुकीसम्म नै सक्रिय ड्युटी। शायद प्रहरीसँग मिल्दोजुल्दो। पहिलोपटक जिल्ला भ्रमणमा छु – टाढा हैन नजिकै, रिङरोडसँगै जोडिएको– हलचोक गाउँ। प्रसङ्ग छ – गाउँबाटै योजना बनाउने प्रक्रिया शुरु गर्ने। राष्ट्रिय योजना आयोगको मार्गदर्शन कार्यान्वयन गर्ने पहिलो प्रयोग। यसमा पूर्वमन्त्री जोगमेहर श्रेष्ठ, जि.पं. सभापति विक्रम थापालगायत पदाधिकारीहरू, विज्ञ तथा कर्मचारीहरू सम्मिलित छन्। कार्यस्थल स्कुल भवन छ। शुरुमै अनौठो लाग्छ, त्यहाँ बच्चाहरू सुकुलमै बस्दा रहेछन्। त्यसैमा बसेर हाम्रो काम पनि सम्पन्न हुन्छ। मनमा चोट लागेजस्तो। पिछडिएका दुर्गम जिल्लाहरूमा पनि गुन्द्री सुकुल देखेको थिइनँ। टुटेफुटेका, भएका पनि पुग–नपुग कुर्सी–बेञ्चहरू हुने गर्थे। तर, काठमाडौँ राजधानी, रिङरोडसँगै जोडिएको स्वयम्भूबाट १५ मिनेट भित्रैको वर्तमान सभापतिको गाउँसँगैको स्कुलको यो हविगत। पटक्कै पच्दैन। अरूले सुन्दा पनि नपत्याउने। बाध्यताले बाहेक गाउँ जाने रहर मरे जस्तै भयो। यस्तैलाई भन्दा होलान्, ‘बत्तीमुनि अँध्यारो।’

दुर्गम जिल्लाहरूमा पनि गुन्द्री सुकुल देखेको थिइनँ। टुटेफुटेका, भएका पनि पुग–नपुग कुर्सी–बेञ्चहरू हुने गर्थे। तर, काठमाडौँ राजधानी, रिङरोडसँगै जोडिएको स्वयम्भूबाट १५ मिनेट भित्रैको वर्तमान सभापतिको गाउँसँगैको स्कुलको यो हविगत। पटक्कै पच्दैन। अरूले सुन्दा पनि नपत्याउने। बाध्यताले बाहेक गाउँ जाने रहर मरे जस्तै भयो। यस्तैलाई भन्दा होलान्, ‘बत्तीमुनि अँध्यारो।’

नियमित कार्यहरू छँदैछन्। थप दबाबमूलक परिस्थितिको सामाना गर्नु पर्नेछ। विशेषतः ०४६ फागुन ७ गते शुरु हुने प्रजातन्त्र पुनःस्थापनाका सन्दर्भ छन्। यसैसँग जोडिएका लेख, अन्तर्वार्ता तथा भाषणका प्रसङ्ग छन्। सर्वाेच्च नेता गणेशमान सिंहको घरआँगनबाट चन्द्रशेखरलगायत भारतीय नेताका थ्रेटहरू छन्। पछि उहाँ भारतको प्रधानमन्त्री बन्नुहुन्छ। विद्यार्थी धर्ना र यसका तरङ्गहरू छन्। नाकाबन्दी र यसले पारेका जटिलताहरू छन्।

निश्चित समयभित्र पुरानो नागरिकताका सट्टा नयाँ लिनु/दिनु पर्नेछ। त्यसको एक किसिमको थप बोझ छ। सार्वजनिक अपराध र ट्राफिकसम्बन्धी मुद्दाहरूको चाप निकै छ। मुद्दाको पछि–पछि वकिलहरू छन्। अरू प्रकृतिका मुद्दाहरू पनि छन्। जनसम्पर्क आफैँले कम समय खाँदैन। मिटिङहरूले पनि पर्याप्त समय लिन्छ। जग्गा अधिग्रहण र मुआब्जा वितरणका जटिलताहरू आफ्नै प्रकृतिका छन्। पेट्रोल, डिजेल, मट्टितेल आदि व्यवस्थित गर्नु पर्नेछ। अन्य राजनीतिक घटनाक्रम पनि नियमित जस्तै लाग्छन्।

यहाँ विश्राम छैन। पुराना जिल्ला झल्झली सम्झन्छु। आरामको हिसाबमा त कति सजिला थिए ती दिनहरू। यहाँ बिहानदेखि विविध फोनहरू सम्झनै कठिन, टिप्नै कठिन काम–कुराहरू। यस्तै र यिनैभित्रको समस्याहरू झेल्दै १७ महिना बितेछन्।

कुष्ठरोगले निम्त्याएको पहिलो तनाव

यदाकदा स–साना कुराले पनि शान्ति सुरक्षालाई असर पार्दाे रहेछ। सानो झिल्को ज्वाला हुन बेर नलाग्ने। हुनसक्छ, राजनीतिक रूप नै लिन खोजोस्। यसैको सेरोफेरोमा कुष्ठरोगीहरूका लागि आवास निर्माणको प्रसङ्ग सम्झन्छु। कुष्ठरोग निवारण संघअन्तर्गत खोकनाका कुष्ठरोगीहरूका लागि बसोबासको नयाँ प्रबन्ध गरिँदैछ। संघको संरक्षकत्व राजपरिवारका सदस्यबाट भएको छ। निर्माण कार्यमा विदेशी सहायता प्राप्त छ। यसको रेखदेखमा भूपू अञ्चलाधीश वद्रीविक्रम थापा जोडिनु हुन्छ।

डीएसपीको फोन आउँछ – अब शक्तिको प्रयोग नगरी विकल्प छैन, आदेश चाहियो। मेरो सल्लाह छ– अहिले लामालाई छोडौँ। अरू उपाय गरौँला। प्रहरीको जवाफको सार छ – प्रहरीको मनोबल गिर्ने हुँदा यो गर्न मिल्दैन। मसँग के विकल्प हुन्छ त – तमाम तर्क, प्रश्न, उकुसमुकुस छन्। सामान्यतया प्रहरीको सुझाव अनुमोदन हुने गर्छ। तर, आत्माको आवाज त्यस्तो छैन।

दक्षिणकाली जाने बाटोको छेउ चोभारको केही पर निर्माणस्थल छ। कार्य शुरु गर्न लाग्दा स्थानीयहरूले अवरोध गर्छन्। भनाइ छ, कुष्ठरोग हामीलाई पनि सर्छ। त्यो ठाउँमा कुष्ठरोगीहरूलाई ल्याउने पक्षमा छैनन्। निर्माण कार्य चालू गर्न ज्येष्ठ नागरिक आदरणीय थापा हस्याङफस्याङ गर्दै कहिले अञ्चलाधीश र कहिले मकहाँ धाउनु हुन्छ। निर्माण कार्य रोक्न सघाउने, बल दिने काम स्थानीय उपप्रधानपञ्च लामाले गरेको भनाइ छ। लामालाई बोलाउने प्रयास चालू छ। तर, ढिला भएको छ, ठेकदारको खटपटी छ। उता दरबारकै सदस्यको नेतृत्वको संस्थामा यस्तो उस्तो चर्चा अलिअलि छ। प्रशासनको असक्षमताबारे पनि प्रश्न उठ्न थालेको छ। सबैको दबाब प्रहरीप्रति केन्द्रित छ।

यस्तैमा एकदिन निर्माण स्थलमा नै लामा पक्राउ पर्छन्। यसले सँगसँगै समस्या पनि ल्याउँछ। प्रहरीहरू घेराउमा परेछन्। घटनाको रूप यस्तो छ – साँझ पर्न लागेको बेला लामालाई प्रहरीले पक्राउ गरेर आफ्नो गाडीमा राखेछ। दक्षिणकाली प्रहरीचौकीसम्म पुगेर फर्कन लाग्दा बाटोमा ढुङ्गामुढा राखेर गाउँलेहरूले घेरेछन्। लामालाई छोड्ने दबाब छ। विकल्पमा अर्काे बाटो छैन। रेस्क्यु गर्न तत्कालै काठमाडौँ जिल्लाका प्रहरी इन्चार्ज डीएसपी रविकान्त अर्याल पुगिसक्नुभएको छ। वरपर माथितलबाट राँको बालेर घेराउमा सहयोग पुर्‍याउन थपिँदैछन्। प्रहरीलाई सुरक्षित अवतरणको प्रश्न छ। स्थानीयहरू लामालाई लान दिने पक्षमा छैनन्।

बेलुकाको दश बज्न खोज्दै छ। डीएसपीको फोन आउँछ – अब शक्तिको प्रयोग नगरी विकल्प छैन, आदेश चाहियो। मेरो सल्लाह छ– अहिले लामालाई छोडौँ। अरू उपाय गरौँला। प्रहरीको जवाफको सार छ – प्रहरीको मनोबल गिर्ने हुँदा यो गर्न मिल्दैन। मसँग के विकल्प हुन्छ त – तमाम तर्क, प्रश्न, उकुसमुकुस छन्। सामान्यतया प्रहरीको सुझाव अनुमोदन हुने गर्छ। तर, आत्माको आवाज त्यस्तो छैन। द्विविधा छ। लाग्छ– शक्तिको प्रयोग गर्न नदिएमा के गर्ने त? त्यो बेला शक्ति प्रयोगका चरणहरू – शुरुमा सचेत, अश्रुग्यास, त्यसपछि लाठी, अन्त्यमा गोली। त्यो अँध्यारोको बेला व्यवहारमा यी क्रमशः हुन सक्लान्? रातको समय त्यसको असर कति होला?

अर्काे पक्ष पनि त्यसैगरी लड्न भिड्न आएको होला कि नहोला ! घटनापछि अर्काे दिनको स्थिति के हुन्छ? स्थानीयहरू ‘जे जति क्षति भयो, भयो अब चुप लागौँ। निर्माण कार्य होस्’ भन्नेतिर जालान् र? पक्कै अन्याय भयो भन्दै आन्दोलित हुनेछन्। कसैको मृत्यु भएमा थप के हुन्छ? बाटो अवरोध, माग, नारा, जुलुस, घेराउ आदि। नाकाबन्दीको बेला छ, प्रजातन्त्र पुनःस्थापनाका तयारीका गतिविधिहरू पनि छन्। यस्तो बेला यो काण्डले माहोल तताउन सहयोग गर्ला वा नगर्ला। मिडियाको भूमिका सरकार पक्षमा जाला त? स्थिति कसरी शान्त होला, कति समय लेला ! सत्ता पक्षले त्यो एक्सन ठीक थियो भन्न मिल्दैन? वा ठीक थियो भनेमा के हुन्छ? थप एक्सन, धरपकड, थुनछेक, मुद्दा, कर्फ्यू आदि।

राजपरिवारका सदस्यको अध्यक्षता छ। गाउँलेहरूलाई नै थप उत्तेजना ल्याउने काम होला त? स्थिति साम्य पार्न सरकारसँग अरू विकल्प के छ? स्थानीयहरूको चित्तमा मलम लगाउनुपर्ने नै होला, निर्माण गर्नु छ। अन्त्यमा छानबिन समिति गठन गर्ने, दोषीलाई दण्डित गर्ने, नोक्सानीको क्षतिपूर्ति दिनेसम्मको सहमति बन्ला कि ! त्यसमा प्रहरी अफिसरहरू खोस्ने कुराहरू आउला।

त्यो सम्भावना छ त – राजपरिवारका सदस्यको अध्यक्षता छ। गाउँलेहरूलाई नै थप उत्तेजना ल्याउने काम होला त? स्थिति साम्य पार्न सरकारसँग अरू विकल्प के छ? स्थानीयहरूको चित्तमा मलम लगाउनुपर्ने नै होला, निर्माण गर्नु छ। अन्त्यमा छानबिन समिति गठन गर्ने, दोषीलाई दण्डित गर्ने, नोक्सानीको क्षतिपूर्ति दिनेसम्मको सहमति बन्ला कि ! त्यसमा प्रहरी अफिसरहरू खोस्ने कुराहरू आउला। प्रहरी एक्लै जाला त? प्रशासकीय आदेश जोडिएको घटनामा प्रहरी मात्रै सायदै गएको होला ! प्रजिअलाई पनि साथै लिएर जाने होला। टाढा भए पनि म जिम्मेवारीबाट कसरी मुक्त हुन सक्छु, अन्तिम आदेश मेरै हुनेछ। हो, गराई कतै न कतै कमी छ। तत्कालीन स्थितिमा पूर्वअनुमान भएन। पक्राउ गरेपछि दक्षिणकालीतिर नलागी, अफिसतिरै फर्केको भए यस्तो खतरा कुरा आउने थिएन। इन्धनको समस्या, प्रहरीको एकैपटक धेरैतिर भ्याउनुपर्ने बाध्यता पनि होला। मनमा यस्तै, यस्तै तरङ्गहरू चाँडै चाँडै खेल्छन्।

प्रशासनको अभिन्न अंग प्रहरी। त्यसमा पनि बौद्धिक प्रकृति र शान्त स्वभावको डीएसपी। त्यसैले पनि अब परिवेश विचलित बनाउने खालको छ। मसँग तत्काल के विकल्प हुन सक्थ्यो र? समय छैन। तत्काल केही निर्णय दिनैपर्छ। प्रहरीको सुरक्षा मुख्य छ। राति शक्तिको प्रयोग कस्तो होला, त्यसको निसानामा को–को पर्छ? अन्ततः परिस्थितिलाई अर्काे मोडमा लान चाहन्छु। विषयवस्तु पनि ठूलो छैन। लामाजीलाई अफिसमा ल्याउनेसम्मको कुरा हो। पुनः शुरुकै कुरा दोहोर्‍याउँछु – भैगो, अहिले लामालाई छोडौँ। सायद प्रहरीले माथिल्लो तहमा पनि रिपोर्ट गरिसकेको होला। ठूलो दबावबीच पक्राउ परेको व्यक्ति त्यस्तो बेला छाड्न सहज छैन। डीएसपीको राय गलत छैन। तर, तत्काल केही जवाफ दिनै पर्नेछ। पछि उहाँ एआईजीसम्म भएर रिटायर हुनुभयो।

अन्ततः भन्न बाध्य भएँ, डीएसपी साहेब राति कुनै कारवाही नगरौँ। प्रहरीको आत्मबल खस्न नदिन फोर्सको अगाडि नै मलाई जे गाली गर्नुपर्छ, त्यो गरौँ। हाम्रो सुरक्षा नगर्ने, आत्मबल गिराउने, फटाहा सीडीओ आदि जे–जे भन्नुपर्छ भनौँ, बाँकी काम मै गरौँला। फलतः उहाँको विवेकले त्यो दिनको परिस्थिति अवतरण भएको थियो। केही दिनपछि लामा स्वयं जिल्ला कार्यालयमा आएर निर्माणमा बाधा नपार्ने वचनबद्धताको कागज गर्छन्। मेरो त्यो खुसीको क्षण थियो। त्यो दिनको धैर्य यदाकदा सम्झन्छु, धन्य कुष्ठरोग खाना।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९