विराटनगर – पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणाली अपारदर्शी र विद्यार्थीको हकहितविरुद्ध रहेको आरोप त्यहाँ अध्ययनरत विद्यार्थीहरूले लगाएका छन्। सो विश्वविद्यालयअन्तर्गतको मोरङको गोठगाउँमा रहेको जीपी कोइराला कलेज अफ एग्रिकल्चर एण्ड रिसर्च सेन्टर (जीपीसीआर)मा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन्।

गएको मंसिर महिनामा सो कलेजबाट चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले दिएको दोस्रो सेमेस्टरको परीक्षाको नतिजा अपेक्षाविपरीत आएपछि रि–चेकिङको माग गर्दा परीक्षा नियन्त्रण कार्यालयले रि–चेकिङको प्रावधान नभएको जनाएपछि विद्यार्थी र अभिभावक आक्रोशित भएका हुन्।

जीपीसिआर स्टुडेण्ट टिमका सल्लाहकार अनुप चापागाईंले दोस्रो सेमेस्टरको प्रिन्सिपल्स एण्ड प्राक्टिस अफ हर्टिकल्चर विषयको परीक्षाको नतिजामा आठजना विद्यार्थी अनुत्तीर्ण भएको नतिजा आएको जानकारी दिए। उनले फेल भएको नतिजा आए पनि सबै विद्यार्थीहरूले जाँच दिँदा परीक्षा राम्रो भएका कारण पास हुनुपर्नेमा विश्वस्त रहेको बताए।

नतिजाबाट असन्तुष्ट विद्यार्थी र अभिभावकले सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा रि–टोटलिङ र रि–चेकिङको माग गर्न जाँदा रि–चेकिङ गर्न नमिल्ने तथा रि–टोटलिङ गर्न मिल्ने भए पनि ५ हजार रुपैयाँ बुझाउनुपर्ने बताएको जानकारी दिएका छन्।

रि–टोटलिङ गर्दा पनि वर्तमान ऐन कानूनविपरीत कबुलियतनामा गर्नुपर्ने दबाब सम्बन्धित कार्यालयले आफूहरूलाई दिएको उनीहरूको भनाइ छ। पाँच दर्जन बढी विद्यार्थीहरूसँगै अभिभावकहरूको उपस्थितिमा गरिएको पत्रकार सम्मेलनमा अभिभावक मोहन कार्कीले त्रिभुवन र पोखरा विश्वविद्यालयले रिचेकिङलाई अंगिकार गरिसकेको अवस्थामा पीयूले मनोमानी गर्दै आएको दाबी गरे।

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

२०७६, ६ भाद्र शुक्रबार १३:१८