काठमाडौँ – धितोपत्र बजारमा आज शेयर कारोबारमापक नेप्से परिसूचक ४ दशमलव ५५ अङ्कले घटेर एक हजार २ सय ५५ दशमलव ९ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ७७ अङ्कले घटेर २ सय ७१ दशमलव १ मा पुगेको छ।

स्टकका अनुसार नेपाल बैंक लिमिटेडको शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रह्यो। सो बैंकको शेयर रू दुई करोड ६९ लाख ७८ हजार ४० मा खरिद बिक्री भयो। त्यस्तै कृषि विकास बैंकको रू एक करोड ४३ लाख ८२ हजार २ सय ४५, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको रू एक करोड ७१ लाख २१ हजार १ सय ६२, छिमेकी लघुवित्त विकास बैंकको शयेर रू एक करोड ६९ लाख २ सय ८५ मा कारोबार भएको छ।

घटेको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४ दशमलव ४ प्रतिशतले कमाएका छन्। त्यस्तै रिलायन्स फाइनान्स ३ दशमलव ३३, एनएमबी हाइब्रिड फण्ड–१ २ दशमलव ३७, युनिभर्सल पावर कम्पनी २ दशमलव ३३ र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले १ दशमलव ९९ प्रतिशतले कमाएका छन्।

स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ९९ प्रतिशतले गुमाएका छन्। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ९ दशमलव ५६, गुराँस लघुवित्त वित्तीय संस्था ९ दशमलव ३२, मिथिला लघुवित्त वित्तीय संस्था ८ दशमलव १० र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७ दशमलव १० प्रतिशतले गुमाएका छन्। (रासस)

लोकप्रिय