कोलम्बो – श्रीलंकामा यस वर्षको सात महिनाको अवधिमा डेङ्गुका कारण ४७ जनाको मृत्यु हुनुका साथै दुई लाखभन्दा बढी संक्रमित भएको श्रीलंकाली स्वास्थ्य सूचना विभागले जनाएको छ। विभागका अनुसार जुलाईको अन्त्यसम्म दुई लाख ३४ हजारमा डेङ्गु देखिएको छ।

राजधानी कोलम्बो जिल्लामा सबैभन्दा बढी सात हजार २६० जनामा डेङ्गु देखिएको छ भने कोलम्बो नजिकैको गाम्पाहामा तीन हजार र कालुतारामा दुई हजारभन्दा बढीमा यो रोग पाइएको छ। इपिडिमियोलोजी एकाईले देशका पाँच जिल्लामा डेङ्गुको सबैभन्दा ठूलो जोखिम देखिएको जनाएको छ। राजधानी कोलम्बो समेत गाम्पाहा, ग्याल्ले, कालुतारा र रत्नापुरामा डेङ्गुको सर्वाधिक संक्रमण छ।

स्वास्थ्यकर्मीहरुले स्थानीय मानिसहरुलाई उच्च ज्वरो आउने, बारम्बार वान्ता हुने, पेट दुख्ने, रिङ्गटा लाग्ने तथा पिसाब कम लाग्ने लक्षण देखिए तत्काल स्वास्थ्यकेन्द्रमा गई उपचार गर्न आग्रह गरेका छन्। उनीहरुले गर्भवतीहरुलाई डेङ्गुको सम्भावित लक्षण देखिनासाथ अस्पतालमा भर्ना भएर उपचार गर्न आग्रह गरेका छन्।

श्रीलंकामा गत वर्ष ५० जनाभन्दा बढीको डेङ्गुकै कारण मृत्यु भएको थियो भने ४८ हजारभन्दा बढी प्रभावित भएका थिए। एक प्रकारको लामखुट्टेको टोकाईबाट सर्ने यस रोगबाट श्रीलंका हरेक वर्ष प्रभावित हुने गरेको छ। (रासस–सिन्ह्वा)

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

यी बिरामीका लागि कागती पानी खतरा

यी बिरामीका लागि कागती पानी खतरा

२०७६, ३० भाद्र सोमबार १५:३१

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४