काठमाडौँ – मसिंर–१४ मा तोकिएको उपनिर्वाचनले सातवटै प्रदेशलाई छुने भएको छ। निर्वाचन आयोगका अनुसार उपनिर्वाचन हुने वडाहरू सबै प्रदेशमा छन्। प्रतिनिधिसभातर्फ कास्की– २, प्रदेशसभातर्फ बागलुङ २९२०, भक्तपुर १९१० र दाङको ३९२० निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ। त्यस बाहेक ४२ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको हो।

स्थानीय तहतर्फ उपमहानगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन् । स्थानीय बाहेक तीनवटै तहका रिक्त स्थानहरुमा एकै दिन उपनिर्वाचन हुन लागेको हो। विभिन्न ३६ जिल्लामा गरी तीनवटै तहका रिक्त ५० स्थानमा उपनिर्वाचनको तयारी छ। उपनिर्वाचनको मिति घोषणापछि भोजपुर पौवादुङमा गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षको निधनका कारण त्यहाँ पद रिक्त हुन पुगेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अहिले निर्वाचन हुने सूचीमा उक्त वडा नरहेको बताए। तर, निर्वाचन कार्यक्रम घोषणा हुनुपूर्व सरकारले रिक्त रहेका थप स्थानहरुको सूची पठाए मसिंर–१४ मै ती स्थानहरुमा उपनिर्वाचन गर्न सकिने उनले उल्लेख गरे ।

निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर १ को ८ वटा स्थानीय तहमा उपनिर्वाचन हुन लागेको छ । त्यसमध्ये सुनसरी धरान उपमहागरपालिकाको प्रमुख र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष र संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ । त्यसबाहेक वडाध्यक्षका लागि पाँचथरको फिदिम नगरपालिका– १, हिलिहाङ्ग गाउँपालिका–७, मोरङ घनपालथान गाउँपालिका–२, सुनसरीको धरान उपमहानगर–७, संखुवासभा खाँदवारी नगरपारिका–३, खोटाङको साकेला गाउँपालिका– ३ मा निर्वाचन हुँदैछ ।

स्थानीय तहमा सबैभन्दा बढी स्थान प्रदेश २ मा रिक्त देखिएको छ । त्यहाँ गाउँपालिका अध्यक्ष १ र वडाअध्यक्ष ९ रिक्त छन् । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि निर्वाचन हुनेछ । त्यसबाहेक सप्तरीको छिन्नमस्ता गाउँपालिका– ७, सिराहाको कल्याणपुर नगरपालिका–१२, महोत्तरीको बलवा नगरपाकिलकाको वडा नम्बर ८ र २, महोत्तरी मटिहानी नगरपालिका– ६, सर्लाहीको हरिपुर्वा नगरपालिका–१, रौतहटको गढिमाई नगरपालिका–२, बाराको बारागढी गाउँपालिका–१ र पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा वडाध्यक्ष पद रिक्त छन् । आयोगले ती सबै स्थानमा उपनिर्वाचन हुने जनाएको छ ।

प्रदेश– ३ मा रिक्त रहेका ६ वटा वडाध्यक्ष पदका लागि उपनिर्वाचनको तयारी छ । रामेछापको उमाकुण्ड गाउँपालिका–५, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८, काभ्रेपलान्चोकको धुलिखेल नपा–२, काठमाडौँ दक्षिणकाली नपा–३, चितवनको खैरहनी नपाको वडा नम्बर ४ र ५ को रिक्त वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनेछ ।

गण्डकी प्रदेशमा जम्मा ३ वटा वडा रिक्त छन् । लमजुङ सुन्दरबजार नपा–२, बाग्लुङ्ग बडिगाड गापा–२ र नवलपरासी बर्दघाट सुस्ता पूर्व बैदीकाली गापा–५ मा उपनिर्वाचन हुनेछ । प्रदेश– ५ मा ९ वटा वडामा वडाध्यक्ष पद रिक्त छन् । गुल्मीको रुरुक्षेत्र गापा–६, अर्घाखाँची मालारानी गापा–३, प्युठानको प्यूठान नपा–२, प्यूठान ऐरावती गापाको वडा न। १ र २, रोल्पाको थावाङ गापा–१, कपिलवस्तु शिवराज नपा–१०, दाङ घोराही उपमहानगर–१६, बाँके कोहलपुर नपा– ६ मा वडाध्यक्षको उपनिर्वाचन हुने आयोगले जनाएको छ ।

कर्णाली प्रदेशमा उपाध्यक्ष–१ र वडाध्यक्ष– १ गरी दुई पदमा उपनिर्वाचनको तयारी छ । हुम्ला खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद र सल्यान कुमाख गापा–५ को वडाध्यक्ष पद रिक्त छन् ।

त्यसै गरी सुदूरपश्चिम प्रदेशमा ७ वटा रिक्त वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने आयोगले जनाएको छ । जसअनुसार बाजुराको त्रिवेणी नपा–१, अछामको मल्लेख गापा–५, डोटीको आदर्श गापा–२, कञ्चनपुरको पुर्नवास नपा–३, बैतडीको पुचौंडी नपा–४, सुर्नया गापा–१ र दोगडाकेदार गापा–४ मा वडाध्यक्ष रिक्त छन् ।

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८