काठमाडौँ – सानाठूला गरी १४ वटा विमान भएको नेपाल वायुसेवा निगम नेवानिले आर्थिक वर्ष ०७४र७५ मा ९ करोड ३३ लाख रुपैयाँ सञ्चालन घाटा बेहोरेको छ । आर्थिक वर्ष ०७४र७५ मा महालेखापरीक्षकको कार्यालयबाट प्रमाणित प्रतिवेदनअनुसार त्यस वर्ष मात्रै राष्ट्रिय ध्वजावाहक कम्पनी नेवानिको सञ्चालन घाटा ९ करोड ३३ लाख पुगेको हो । त्यसअघिको आर्थिक वर्ष ०७३र०७४ मा भने निगमले २४ करोड २६ लाख रुपैयाँसञ्चालन नाफा गरेको थियो ।

आर्थिक वर्ष ०७५र७६ को लेखापरीक्षण हुन बाँकी छ । निगमले यो आवमा सञ्चालनसहित सञ्चित घाटा १ अर्ब ८२ करोड पुग्ने प्रक्षेपण गरेको छ । निगमले ०७५र०७६ सम्म सञ्चितसहित सबैखाले घाटा ५ अर्ब २१ करोड नाघ्ने जनाएको छ । निगमले ०७४र७५ मा यात्रु सेवाको व्यापार ९टिकट० बाट मात्रै ४ अर्ब ७० करोड आम्दानी गरेको थियो, जुन त्यसअघिको आर्थिक वर्षको तुलनामा १४ करोड बढी थियो ।

यात्रु, कार्गो, एक्स्ट्रा ब्यागेज, चार्टर उडान, बिमा, इन्टरलाइन कमिसन, एयरक्राफ्ट ह्यान्डलिङलगायत हवाईजहाज सेवासँग सम्बन्धित सञ्चालनबाट मात्रै निगमले १० अर्ब ७८ करोड आम्दानी गरेको थियो । यो रकममा निगमले काठमाडौंमा २ दर्जनभन्दा बढी स्वदेशीरविदेशी एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ भूमीस्थ सेवा व्यापार सेवासहितको आम्दानी समेटिएको छ । ग्राउन्ड ह्यान्डलिङतर्फ निगमले ४ अर्ब ५ करोड आम्दानी गरेको थियो ।

ग्राउन्ड ह्यान्डलिङतर्फको आम्दानी घटाउने हो भने निगमको सञ्चालन घाटा मात्रै कम्तीमा ४ अर्ब १४ करोड पुग्छ । ‘ग्राउन्ड ह्यान्डलिङबाट गरेको आम्दानीले भरथेग गरेको छ, सरकारले निगमको एकाधिकार तोडेर सेवामा प्रतिस्पर्धा गराउने नीति लिए निगम बन्द हुन्छ,’ निगमका एक निर्देशकले भने । चारवटा जेट विमानमार्फत काठमाडौंबाट ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको निगमले ०७४ साउन १ देखि ०७५ असार ३२ सम्म अन्तर्राष्ट्रिय हवाई सेवातर्फ टिकटसहितको ६ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

आन्तरिक उडानका लागि ९ वटा विमान भएको निगमले घरेलु मैदानमा भने ३७ करोड ७५ लाख रुपैयाँबराबरको आम्दानी गरेको थियो । अन्तर्राष्ट्रिय उडानबाट भएको आम्दानीको दाँजोमा आन्तरिक उडानतर्फको आम्दानी ६ प्रतिशत मात्रै हो । आन्तरिकतर्फको आम्दानी घटदै गएको निगमको अर्थ विभागको भनाइ छ । २६ वटा सेक्टरमा उडान अनुमति लिएको निगमले सबै सेक्टरमा नियमित उडान गर्दैन । आन्तरिक उडानका लागि नौवटा जहाज भए पनि नियमित उडानमा ४ वटाहाराहारी मात्रै हुने गरेका छन् ।

निगमले एक वर्षमा पाइलटहरूको तलब, भत्ता, तालिम, अनुमतिपत्र नवीकरण, रात्रि उडान सञ्चालनलगायतमा ३ अर्ब ९८ करोड रुपैयाँ खर्चिएको छ । हाल निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि ९२ जनाको हाराहारी पाइलट र १ सय६८ हाराहारी क्याबिन क्रु छन् ।

इन्जिनियरिङतर्फ जहाज मर्मतसम्भार लगायतमा ९६ करोड ९६ लाख खर्च छ । यसमा इन्जिनियर तथा प्राविधिकको १७ करोड तबलबाहेक जहाज मर्मत तथा स्पेयर्स पार्ट्सलगायत खर्च मात्रै ७९ करोड६५ लाख पुगेको छ ।

यो अघिल्लो आवको तुलनामा २८ करोड बढी हो । २४ अर्ब ऋण लगानीमा गत वर्ष मात्रै ल्याइएका दुई वाइडबडीको खर्च र आम्दानी यो हिसाबमा समेटिएको छैन ।निगमले चालु आवसम्म सरकारसहित ५ वटा वित्तीय निकायलाई तिर्नुपर्ने ऋणको आकार ४० अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यसको ०७५र०७६ को प्रक्षेपित सञ्चित घाटा ५ अर्ब २१करोड नाघिसकेको छ । यो समाचार कान्तिपुर दैनिकले छापेको छ।

लोकप्रिय

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

पर्यटकीय स्थलको प्रवद्धर्न

पर्यटकीय स्थलको प्रवद्धर्न

२०७६, २ मंसिर सोमबार १२:३९

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०