काठमाडौँ – संसदीय समितिको निर्देशनविपरीत सरकारले काभ्रेमा विमानस्थल निर्माणको तयारी अघि बढाएको छ। काठमाडौँनजिकै अर्काे विमानस्थल आवश्यक नभएको भन्दै संसदीय समितिले यो कार्यक्रम अघि नबढाउन निर्देशन दिएको थियो।

काठमाडौँ उपत्यकानजिकै वैकल्पिक विमानस्थल बनाउने योजना सरकारले चालू आर्थिक वर्ष २०७६/७७ को बजेटमा नै समेटेको छ। यही शीर्षकमा गत आव २०७५/७६ को बजेटमा पनि यो विषय उल्लेख गरिएको थियो। धेरै हल्लीखल्लीबीच काभ्रेमा विमानस्थल निर्माण हुने साइट हेरियो। विज्ञ टोली गठन गरियो। प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि यसको सूक्ष्म अध्ययन गर्‍योे। तर, समितिले भने यस ठाउँमा विमानस्थल बनाउन उपयुक्त नहुने निष्कर्ष निकालेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आव २०७६/७७ का लागि बजेट निर्माण गरिरहेको छ भने सरकारले संघीय बजेटले समेटेको यस कार्यक्रमअन्तर्गत प्राधिकरणको बजेटमा त्रिभुवन विमानस्थलको विकल्प हुने गरी काभ्रेमा आन्तरिक विमानस्थल बनाउने योजना बनाएको हो।

काभ्रेमा बनाइने तयारीमा रहेको आन्तरिक विमानस्थल सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रअन्तर्गत पर्छ । यसरी अनुपयुक्त स्थानमा जबर्जस्ती योजना ल्याउनुले देशको ढुकुटीको दोहन भइरहेको भन्दै सांसदहरूले समेत आक्रोश पोखेका छन्।

भविष्यमा लाभ हुन्छ कि हुँदैन, यसको राम्रोसँग अध्ययन नै नगरिनु तथा अति अपरिहार्य हुने अवस्था नरहेको स्थितिमा जथाभावी विमानस्थल निर्माण गर्ने होडबाजी गरी अध्ययन टिम खटाउन नहुने समितिको निर्देशनमा उल्लेख छ। अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा निर्माण भइसकेपछि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल घरेलु विमानस्थलका रूपमा मात्र प्रयोग गर्न सकिने भएकाले काभ्रेको नाघीडाँडामा नयाँ आन्तरिक विमानस्थल बनाउन उपयुक्त नहुने उपसमितिको ठहर छ।

सरकारले समितिको निर्देशन बेवास्ता गर्दै बजेटमा काठमाडौँ आसपास विमानस्थल निर्माण गर्ने कार्यक्रमलाई समेटेपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सासंदहरू पनि आक्रोशित छन्। उनीहरूले नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष कुनै पनि हालतमा उक्त विमानस्थल निर्माणमा बजेट नराख्न सुझावसमेत दिएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणको अध्ययनबाट उपयुक्त नठहरिएका विमानस्थलका लागि अनावश्यक लगानी नगर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्राविधिक र आर्थिक रूपमा सुझाव दिएका छन्। ‘पहुँच र शक्तिका भरमा जसले जहाँ माग्यो, त्यहाँ विमानस्थलको स्वीकृति नदिनुहोस्,’ समिति बैठकमा उनको सुझाव थियो, ‘आफैँ स्वतन्त्र रूपमा अध्ययन गर्नुहोस् र आवश्यक देखिए मात्र लगानी गर्नुहोस्।’

त्यसैगरी, ‘काठमाडौँनजिकै वैकल्पिक विमानस्थल आवश्यक नभएको निष्कर्ष विज्ञ र समितिले दिँदादिँदै पनि सरकारले अटेर गर्नु दुखद हो,’ सांसद दिव्यमणि राजभण्डारीले भने, ‘समितिले तथ्य र अध्ययनको निष्कर्षसहित निर्देशन दिँदा पनि किन त्यो आयोजना पुनः बजेटमा आयो?’ यदि बजेट धेरै भएर खर्च गरेर सकिँदैन भने दुर्गम भेगका विमानस्थल पिच गर्न र स्तरोन्नति गर्ने काममा रकम छुट्याउन उनले सरकारसँग आग्रह गरे।

सरकारले गत आव २०७५÷७६ मै छुट्याएको २५ करोड रुपैयाँ त्रिभुवन विमानस्थलको चाप घटाउन ‘स्लट व्यवस्थापन (उडान–अवतरणको समय)’, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तीव्रता तथा कम खर्चमा सम्भव हुने विमानस्थल व्यवस्थापनका उपायलाई पन्छाउँदै काभ्रेमा विमानस्थल बनाउने योजना अगाडि सारिरहेको छ। गत वर्ष नै सरकारले २५ करोड रुपैयाँ बजेट यस विमानस्थलका लागि छुट्याएको थियो।

तर, विज्ञ टोली र प्राधिकरणले काभ्रेमा विमानस्थल बनाउन उपयुक्त स्थान नभेटेकाले सो वर्ष विनियोजन भएको रकम खर्च हुन सकेको छैन। र, अहिले फेरि उक्त विमानस्थल निर्माणका लागि आव २०७६÷७७ को बजेटमै रकम विनियोजन हुनु र संसदीय समितिको निर्देशनविपरीत निर्माणको तयारी गरिनुले बजेट बाँडफाँटमा लापरबाही गरिएको स्पष्ट हुन्छ। समय छँदै सरकारले बजेटमा करेक्सन गरी कार्यान्वयन गर्नु आवश्यक रहेको विज्ञ बताउँछन्।

लोकप्रिय

पक्राउ परे गुण्डा साजन गुरुङ

पक्राउ परे गुण्डा साजन गुरुङ

२०७६, २७ भाद्र शुक्रबार १८:००

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

मेस्सी टिममा फर्कनेमा अझै शंका

मेस्सी टिममा फर्कनेमा अझै शंका

२०७६, २७ भाद्र शुक्रबार ११:१४

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

२०७६, २७ भाद्र शुक्रबार १५:२९

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

पहिरोको कारण एकको मृत्यु, चार घाईते

पहिरोको कारण एकको मृत्यु, चार घाईते

२०७६, २७ भाद्र शुक्रबार १२:१७

प्रेममाथी एक गजल

प्रेममाथी एक गजल

२०७६, २७ भाद्र शुक्रबार १३:३९

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

२०७६, २७ भाद्र शुक्रबार १८:१९

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

स्वास्थका लागि ३० दिन उठबस

स्वास्थका लागि ३० दिन उठबस

२०७६, २७ भाद्र शुक्रबार १८:३०

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

२०७६, २७ भाद्र शुक्रबार १६:५९

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

२०७६, २८ भाद्र शनिबार १६:२५