काठमाडौँ – नेपाल राष्ट्र बैंकले मोटर बाटो नभएको जग्गा धितो राखेर २० लाख रुपैयाँसम्म कर्जा लिन पाइने व्यवस्था गरेको छ। व्यवसायिक कृषि, पशुपालन, साना तथा मझाैला व्यवसाय गर्नेलाई, भूकम्प प्रवावित क्षेत्रमा आयमुलक क्रियाकलापलाई प्रोत्साहित गर्ने ऋणीलाई मोटर बाटो नभएको खेतीयोग्य जमिन बैंकहरुले धितोमा लिनसक्ने व्यवस्था गरेको हो।

त्यस्तै, कृषि, उद्यम र व्यवसाय गर्नेहरुको लागि दिइने १५ लाख रुपैयाँसम्मको कर्जामा पनि मोटर बाटो नभएको जग्गा धितो राख्न सकिने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले सबै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ को अधिकार प्रयोग गर्दै यस्तो निर्देशन दिएको हो।

यसअघि १२ फिट बाटो नभएको जग्गालाई बैंक तथा वित्तीय संस्थाहरूले धितोको रूपमा स्वीकार गर्दैनथे। राष्ट्र बैंकले कृषि, उद्यम र व्यवसाय वृद्धि गर्न प्रवाह गर्ने १५ लाखसम्मको कर्जा निर्धारण गर्दा आधार दरमा थप २ प्रतिशतभन्दा बढी व्याज नदिन निर्देशन दिएको छ। यो व्यवस्था सँगै साना व्यवसायीले १२ देखि १३ प्रतिशत व्याजदरमा जुनसुकै बैंकबाट कर्जा लिन सक्ने छन्। यसअघि यस्तो प्रकृतिको कर्जामा बैंकहरुले १५ देखि १८ प्रतिशत व्याज लगाउने गरेका थिए।

साथै, यस्तो कर्जा लिने ऋणिसँग बैंकहरुले कुनै पनि प्रकारको सेवा शुल्क लिन पाउने छैनन्। कर्जा भुक्तानी गर्ने भनि तोकिएको मिति अगाडी नै ऋणिले कर्जा तिरेमा त्यसमा अग्रिम भुक्तानी शुल्क लिन पनि नपाइने व्यवस्था गरिएको छ।

यसअघि बैंकहरुले कर्जा प्रवाह गर्नुपूर्व सेवा शुल्क ऋण रकमको कम्तिमा १ प्रतिशत र अग्रिम भुक्तानी शुल्क १ देखि २ प्रतिशतसम्म लिदै आएका थिए। यस्तो कर्जाको लागि माग भएको ७ दिनभित्र बैंकले स्वीकृति दिनुपर्नेछ।

लोकप्रिय

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

२०७६, ३ कार्तिक आईतवार १०:४०

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः यूएईविरुद्ध ओमान विजयी

टी–२० विश्वकप छनोटः यूएईविरुद्ध ओमान विजयी

२०७६, २ कार्तिक शनिबार १०:५६

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

बर्मुडामाथि पपुवा न्युगिनीको शनसनीपूर्ण जित

बर्मुडामाथि पपुवा न्युगिनीको शनसनीपूर्ण जित

२०७६, २ कार्तिक शनिबार १४:५०

डब्लुसीएलः चितवनसामु निरिह ललितपुर, रितुको अर्धशतकीय पारी

डब्लुसीएलः चितवनसामु निरिह ललितपुर, रितुको अर्धशतकीय पारी

२०७६, १ कार्तिक शुक्रबार १६:३०

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

२०७६, ३ कार्तिक आईतवार १३:४०

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

२०७६, ३ कार्तिक आईतवार १७:०६

प्रियंकाले दर्शकको मन जित्न सकिनन् ‘द स्काई इज पिंक’ बाट .

प्रियंकाले दर्शकको मन जित्न सकिनन् ‘द स्काई इज पिंक’ बाट…

२०७६, २ कार्तिक शनिबार ०८:०९