काभ्रेपलाञ्चोक – पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय खानेपानी उपभोक्तालाई रू दुई करोडको ऋणी बनाइएको छ। आर्थिक अवस्था कमजोर भएका पाँचखालका करीब २० प्रतिशत परिवारलाई सहकारीमा ऋणी बनाएर नगरमा सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजना सञ्चालन गर्न लागिएको हो।

पाँचखालका उपभोक्ताले परियोजनाको बैंक खातामा रू १८ हजारका दरले जम्मा गर्नुपर्ने नियम छ। कूल उपभोक्ता परिवार सङ्ख्यामध्ये करीब एक हजार चार सय परिवारले उक्त रकम जम्मा गर्न नसक्ने भएपछि नपाले गत जेठ महीनामा नगरसभाबाटै पास गरी उपभोक्तालाई ऋणी बनाउने विधि अपनाएको थियो। इन्द्रावती नदी किनारमा इनार बनाई लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरका विभिन्न बस्तीमा खानेपानी व्यवस्थापन गर्न लागिएका हो।

स्थानीय सहकारीले भने चलनचल्तीभन्दा न्यूनतम ब्याजदरमा खानेपानी उपभोक्तालाई ऋण प्रवाह गरेका थिए। आर्थिक अवस्था कमजोर भएका परिवारलाई ऋण दिलाएरै भए पनि योजनामा सहभागी गराउन नपा कार्यालय जमानी बसेर उपभोक्तालाई स्थानीय सहकारीमार्फत ऋण दिलाइएको नगरप्रमुख महेश खरेलले बताए। उनले भने, ‘न्यूनतम ब्याजदरमा एक वर्षका लागि किस्ताबन्दीमा सहकारीमार्फत ऋण दिलाइयो।’ उक्त ऋण रकम उपभोक्ताले एक वर्ष्भित्र तिर्न नसके नपाले तिरिदिने उनले बताउँदै आएको छ।

आयोजनाका लागि हाल रू दुई करोड उपभोक्ताले सहकारीबाट लिएको ऋण तथा आठ करोड अन्य उपभोक्तामार्फत बैंक खातामा जम्मा भएको छ। परियोजना रू दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए। उनका अनुसार नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ।

सम्झौतामा कूल योजनाको पाँच प्रतिशत अर्थात् रू ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गर्नुपर्ने शर्त छ। ‘बाँकी एक करोड सम्झौतापछि पनि जम्मा गर्न सकिनेछ, खानेपानी अभावले आक्रान्त पाँचखालमा जसरी पनि आयोजना सम्पन्न गर्न हरेक तरिका अपनाइयो’, लामिछानेले भने। उनका अनुसार सहकारीमा सदस्य भएकालाई सोही सहकारीबाट र नभएकालाई सदस्य बनाएर ऋण दिलाइएको हो।

परियोजनाबाट करीब सात हजार उपभोक्ता लाभान्वित हुनेछन्। दातासँग आयोजनाको सम्झौता यही महीनाको अन्त्यसम्ममा हुने लामिछानले जानकारी दिए। सम्झौताअनुसार समितिले निर्धारित समयमा रकम जम्मा गर्न नसके परियोजना कार्यान्वयन गर्न नसकिने भएकाले तीन महीनादेखि माइकिङ तथा वडाका गाउँ–गाउँमा जागरण अभियान सञ्चालन गरिएको अध्यक्ष लामिछानेले बताए।

आयोजनाका लागि रू १८ हजार जम्मा गर्न नसक्दा सहकारीबाट ऋण लिएर बुझाइएको एक स्थानीयवासीले बताए। उनले भने, ‘एक वर्षका लागि ऋण लिएँ, अब विस्तारै तिर्दै जान्छु।’ पाँचखालका व्यवसायीद्वय राजकुमार श्रेष्ठ र प्रभाकर अधिकारीले भने जनही रु दुई लाख सहयोग गरको छ।

स्थानीय सहकारी खानेपानी उपभोक्तालाई ऋण दिलाउन प्रतिस्पर्धामा उत्रिएका थिए। पाँचखालस्थित बिन्धवासिनी सहकारी ऋण समितिका कुमार दङ्गालले भने, ‘हामीले खानेपानी उपभोक्तालाई सेवाभावले एक प्रतिशत सेवा शुल्क लिएर अधिकतम सहुलियत दर पाँच प्रतिशतमामा ऋण प्रवाह गर्‍यौँ।’ (रासस)

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९