काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो वरीयतामा ठूलो फड्को मारेका छन्। आईसीसीद्वारा घोषित टीट्वन्टी खेलाडीको अलराउन्डर वरीयतामा पारस २५औं स्थानमा उक्लिएका हुन्। यसअघिको टीट्वेन्टी अलराउन्डर वरीयतामा पारस ३९औं स्थानमा थिए।

उक्त वरीयतामा पारस विश्व क्रिकेटका थुप्रै स्थापित नामहरुभन्दा अगाडि छन्। उनी न्युजिल्यान्डका चर्चित खेलाडी कोलिन डी ग्रान्डहोम, इङ्ल्यान्डका डेभिड विली, जोए रुट, बेन स्टोक्स र मोइन अली, पाकिस्तानका इमाद वसिम, श्रीलंकाका इसुरु उडना, दक्षिण अफ्रिकाका क्रिस मोरिस, भारतका रोहित शर्मा, वेस्ट इन्डिजका क्रिस गेलजस्ता खेलाडीभन्दा अगाडि छन्।

यसैगरी टीट्वेन्टी ब्याटिङ वरीयतामा पारस ६६औं स्थानमा उक्लिएका छन्। टीट्वेन्टी ब्याटिङ वरीयतामा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी पारसभन्दा एक स्थान पछाडि छन्।

ब्याटिङ वरीयतामा पारसभन्दा पछाडि रहेका अन्य चर्चित नाम वेस्ट इन्डिजका क्रिस गेल, भारतका सुरेश रैना, श्रीलंकाका कुशल मेन्डिस, पाकिस्तानका अहमद सेहजाद, जिम्बाबेका ब्रेन्डन टेलर, न्युजिल्यान्डका कोरी एन्डर्सन हुन्। टीट्वेन्टी ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो र न्युजिल्यान्डका कोलिन मुनरो दोस्रो स्थानमा छन्।

आईसीसीद्वारा मंगलबार राति सार्वजनिक गरिएको टीट्वेन्टी अलराउन्डर वरीयतामा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल पहिलो, बंगलादेशका सकिब अल हसन दोस्रो, अफगानिस्तानका मोहम्मद नाबी तेस्रो, बंगलादेशका महमुदुल्लाह चौथो र जिम्बाबेका सिन विलियम्स पाँचौं स्थानमा छन्। पारससँगै न्युजिल्यान्डका मिचेल सान्टनर, भारतका सुरेश रैना र रिसभ पन्त, जिम्बाबेका एल्टन चिगुम्बुरा पनि २५औं स्थानमा छन्।

यसैगरी टीट्वेन्टी बलिङ वरीयतामा नेपालका अनुभवी बलर वसन्त रेग्मी ७१औं र सोमपाल कामी ७८औं स्थानमा छन्। टीट्वेन्टी बलिङ वरीयतामा अफगानिस्तानका रसिद खान पहिलो, पाकिस्तानका इमाद वसिम दोस्रो र सदाब खान तेस्रो, इङ्ल्यान्डका अदिल रसिद चौथो र अस्ट्रेलियका एडम जाम्पा पाँचौं स्थानमा रहेका छन्। टीट्वेन्टी टिम वरीयतामा भने नेपाली टोली ११औं स्थानमा छ।

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२