काठमाडाैँ – धितोपत्र बजारमा आज नेप्से परिसूचक झण्डै १० अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुगेको हो। त्यस्तै सेन्सेटिभ परिसूचक १.९६ अङ्कले घटेर १६८.०० पुगेको छ। परिसूचक ओरालो लागेसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ। स्टकका अनुसार आज कूल १६६ कम्पनीका १८ लाख ७७ हजार ५४२ कित्ता शेयर रू. ४५ करोड ४६ लाख २९ हजार ५७५ मा खरिदविक्री भयाे।

कारोबार भएका १२ उपसमूहमध्ये सबै उपसमूहको शेयर ओरालो लागेको छ। बैंकिङ ५.५४, व्यापार २.०३, होटल २०.८३, विकास बैंक ८.१५, जलविद्युत् ३१.३५, वित्त ४.९७, निर्जीवन बीमा ७५.४३, उत्पादन ११.८५, अन्य ५.३४, लघुवित्त २०.३२, जीवनबीमा २६.५५ र सामूहिक लगानी कोषका शेयर ०.०२ अङ्कले घटेको छ।

स्टकका अनुसार कारोबार रकमका आधारमा रसुवागढी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको शेयर रू. ९ करोड ७९ लाख ९९ हजार १८१ मा खरिदविक्री भयो। यसैगरी, सान्जेन जलविद्युत् कम्पनी रू. ५ करोड १३ लाख ७ हजार ५३७, नेपाल बैंक लिमिटेड रू. २ करोड ३३ लाख १३ हजार २६०, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रू. १ करोड ९२ लाख ४४ हजार ६४७ र सिभिल बैंकको संस्थापक शेयर रू. १ करोड ७७ लाख ६० हजार ७०० मा खरिदविक्री भए।

घटेको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५.७१, विजय लघुवित्त वित्तीय संस्था ४.०८, सानिमा इक्विटी फण्ड २.२९, एक्सेल डेभलपमेन्ट बैंक १.७५ र हिमालय ऊर्जा विकास कम्पनीका शेयरधनीले १.५३ प्रतिशतले कमाए। यस्तै रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.७०, साञ्जेन जलविद्युत् कम्पनी ४.६८, स्वरोजगार लघुवित्त विकास बैंक ४.१८, मितेरी डेभलपमेन्ट बैंक ४.०८ र सुमिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८६ प्रतिशतले गुमाए। (रासस)

लोकप्रिय

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

२०७६, ३ कार्तिक आईतवार १०:४०

लापरवाही गरेको आराेपमा चितवन मेडिकल कलेजमा तोडफोड

लापरवाही गरेको आराेपमा चितवन मेडिकल कलेजमा तोडफोड

२०७६, ३ कार्तिक आईतवार २०:१०

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

स्कटल्यान्डसँग पपुवा न्युगिनी झिनो रनले पराजित

२०७६, ४ कार्तिक सोमबार १७:२८

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

स्वीमिङपुलमा डुबेर बालकको मृत्यु

२०७६, ४ कार्तिक सोमबार २०:५५

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

गेल र मालिगांलाई पछि पारे सन्दीपले, करोड बढी मुल्यमा अनुबन्धित

२०७६, ४ कार्तिक सोमबार १०:२४

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

पीपीएलको दोस्रो संस्करण डिसेम्बरमा हुने

२०७६, ४ कार्तिक सोमबार १६:५८

विश्वकप छनोटमा ओमानसँग हङकङ पराजित

विश्वकप छनोटमा ओमानसँग हङकङ पराजित

२०७६, ३ कार्तिक आईतवार १९:२०

‘अब सबै इन्डियाले गर्छ’

‘अब सबै इन्डियाले गर्छ’

२०७६, ३ कार्तिक आईतवार ११:१८

बढ्दै छ गायक शंकर कडेलको  ‘पूर्णिमा’ गीतको लोकप्रियता

बढ्दै छ गायक शंकर कडेलको ‘पूर्णिमा’ गीतको लोकप्रियता

२०७६, ४ कार्तिक सोमबार १५:५८

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

२०७६, ३ कार्तिक आईतवार १३:४०

१८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोक्का

१८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोक्का

२०७६, ३ कार्तिक आईतवार १४:०३

दक्षिण अफ्रिकाविरुद्धको टेष्टमा रोहितको शानदार दोहारो शतक

दक्षिण अफ्रिकाविरुद्धको टेष्टमा रोहितको शानदार दोहारो शतक

२०७६, ३ कार्तिक आईतवार १२:४३

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

२०७६, ३ कार्तिक आईतवार १७:०६

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

भारतविरुद्धको तेस्रो टेष्टमा पनि दबाबमा दक्षिण अफ्रिका

२०७६, ४ कार्तिक सोमबार १४:२७

प्रियंका कार्की र बसन्त थापाको ‘बैंस’ सार्वजानिक (भिडियो सहित)

प्रियंका कार्की र बसन्त थापाको ‘बैंस’ सार्वजानिक (भिडियो सहित)

२०७६, ४ कार्तिक सोमबार १७:३५