– डमरूबल्लभ भट्टराई

विद्यार्थी आन्दोलन पूर्वतयारीको दिशामा

काठमाडौँ– परिवर्तनको दिशामा अर्काे समस्या अगाडि छ। पटके होइन, स्थायी प्रकृतिको। निदान सजिलो लाग्दैन। यत्रतत्र जनभावना आन्दोलित गर्ने गतिविधिहरू छन्। काठमाडौँमा २०४६ को आन्दोलनका निम्ति भित्री तयारी मजबुत हुँदैछ। त्यसको अग्रपङ्क्तिमा त्रिभुवन विश्वविद्यालयको त्रिपुरेश्वरस्थित उपकुलपति कार्यालयमा कांग्रेस समर्थक विद्यार्थीको धर्ना छ, मागहरू शैक्षिक लाग्छन्।

धर्ना लामो भइसकेको छ। उपकुलपति महेशकुमार उपाध्याय मागभित्र प्रवेश गर्न चाहनुहुन्न। सरकारले रेस्क्यु गरोस् भन्ने होला। सायद उहाँलाई स्पष्ट छ – माग शैक्षिक हैन। बाग्मती अञ्चलाधीश नरेन्द्र चौधरीबाट रेस्क्युका कुरा आइरहेका छन्। विद्यार्थीहरूले कुनै समस्या ल्याएका छैनन्। सबै माग शैक्षिक छन्। भी.सी.ले किन कुरा नगरेको होला? वार्ता गरेर कति माग समाधान हुने, कति समाधान नहुने – टुङ्गिए प्रशासनलाई सहज हुन्थ्यो। यसमा डी.एस.पी. रविकान्त अर्यालको पनि साथ र समर्थन छ।

संस्था विद्यार्थीहरूकै हो। तोडफोड, बाधा, अवरोध, अशान्ति, घेराऊ केही छैन। शान्तिसँग धर्नामा बसेका छन्। त्यसमा प्रहरी प्रवेश किन, के को बाध्यता। यस्तै–यस्तै तर्क आउँछन्। रेस्क्यु टाढिँदै छ। यत्तिकैमा माथिल्लो तहमा बैठक बसेछ। तत्काल वार्ता गर्न भी.सी.लाई निर्देशन भएछ। तैपनि वार्ता हुँदैन। पन्छिँदै गरेको लाग्छ। स–साना कुरा लिएर यता–उता काठमाडौँबाहिर व्यस्त हुन खोजेको भान हुन्छ।

रेस्क्यु गर्ने उत्साह छैन, तै पनि दुईपटक तयारीसाथ नगर प्रहरीमा जम्मा हुन्छौँ। एक्सनमा जाने टिमको तयारी त्यहीँ हुने गर्छ। अन्त्यमा, त्यसै फर्किन्छौँ। हाम्रो दृढ राय थियो – शान्तिसुरक्षाको चरणमा प्रवेश गरेकै छैन। तर, यो राय अन्तिम हुन पुगेछ।

सरकारले रेस्क्यु गरोस् भन्ने होला। सायद उहाँलाई स्पष्ट छ – माग शैक्षिक हैन। बाग्मती अञ्चलाधीश नरेन्द्र चौधरीबाट रेस्क्युका कुरा आइरहेका छन्। विद्यार्थीहरूले कुनै समस्या ल्याएका छैनन्। सबै माग शैक्षिक छन्। भी.सी.ले किन कुरा नगरेको होला? वार्ता गरेर कति माग समाधान हुने, कति समाधान नहुने – टुङ्गिए प्रशासनलाई सहज हुन्थ्यो। यसमा डी.एस.पी. रविकान्त अर्यालको पनि साथ र समर्थन छ।

यस्तैमा केही दिनपछि नयाँ परिस्थिति आउँछ। कार्यालय पुगेपछि थाहा पाएँ, गत राति नै डी.आई.जी. रणबहादुर चन्दको नेतृत्वमा रेस्क्यु गरिएछ। विद्यार्थीहरू पक्राउ परेछन्। अब थुनुवापूर्जी दिनु पर्नेछ। अञ्चलाधीश कार्यालयमा बोलाएको छ। चाँडै जानुपर्ने रे !

बिर्सन नसकिने त्यो दिन – विद्यार्थी गतिविधि बढी हुने केन्द्र भृकुटीमण्डप, चारैतिरबाट विद्यार्थी भेला हुन थालेका छन्। अघिल्लो दिन प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले विशेष निर्णय गरेछ। त्यसमा विद्यार्थीहरू रेस्क्यु गर्ने, क्याम्पसहरू बन्द गर्ने, छात्रावास खाली गराउने आदि रहेछन्। त्यसैको फलस्वरूप बिहानको समाचारले भृकुटीमण्डप तात्न थालेको छ। सडक भरिभराउ हुन खोज्दैछ। नारा–जुलुसको रूप लिँदैछ। प्रथम गन्तव्य दरबारमार्ग हुने खबर छ। क्रमशः जुलुस नारासहित त्यतातिर लाग्छ। त्यता जान प्रहरीको अनुमति छैन।

रत्नपार्कबाट भोटाहिटीतिर मोडिँदै भित्रीबाटो लैनचौर दुग्ध विकास संस्थान अगाडि पुग्छ। जुलुस उत्तेजनामा छ। अनियन्त्रित हुन खोज्दैछ। प्रहरीको सेतो, ठूलो मोटरसाइकल ह्वारह्वार्ती बल्न थालेको छ। जुलुस रोक्न जाने डी.एस.पी. रविकान्त अर्याललाई ढुङ्गाले चोट लागेको छ। अस्पताल पुर्‍याउनु परेको छ। म एस.एस.पी. शम्भु थापा सँगसँगै छायाँजस्तै छु। अहिले स्काउट अफिसको आडमा छु। सबै गतिविधि नजिकबाट नियाल्न चाहन्छु। कताकता लाग्छ – रिपोर्टका भरमा टेबुलबाट दिइने आदेशले पश्चाताप ल्याउन सक्छ। कुनै पनि बेला अप्रिय स्थिति आउन सक्छ।

दरबारको पश्चिम ढोका र भारतीय दूतावास जानसक्ने समाचार आउँदैछन्। मोबाइलको चलन छैन। टेलिफोन प्रयोग गर्न पसलहरूको भर पर्नुपर्छ। खबर आदानप्रदान गर्न सहज साधन भनेको प्रहरीको वाकीटकी मात्र। दूतावास जाने कुराको पछाडि नाकाबन्दीका कारण थियो होला। तर, त्यतिले चित्त बुझ्दैन। सँगसँगै लाग्छ, जुलुस चाँडो–चाँडो दायाँबायाँ, अगाडि–पछाडि पार्ने रणनीति कतै बन्दै छ। जुलुसको दबाब अगाडि बढ्नेछ भने प्रहरी फिर्ता गराउनेमा। लखेटा–लखेटको स्थिति, प्रहरीलाई चोटपटक लाग्छ। माहोल खराब छ। जुलुस रोक्न सजिलो छैन। भिडन्त हुने नै स्थिति छ। अन्ततः एस.एस.पी. शम्भु थापा अब शक्तिको प्रयोग गर्नुपर्छ भन्ने स्थितिमा पुग्नुहुन्छ।

विद्यार्थी गतिविधि बढी हुने केन्द्र भृकुटीमण्डप, चारैतिरबाट विद्यार्थी भेला हुन थालेका छन्। अघिल्लो दिन प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले विशेष निर्णय गरेछ। त्यसमा विद्यार्थीहरू रेस्क्यु गर्ने, क्याम्पसहरू बन्द गर्ने, छात्रावास खाली गराउने आदि रहेछन्। त्यसैको फलस्वरूप बिहानको समाचारले भृकुटीमण्डप तात्न थालेको छ। सडक भरिभराउ हुन खोज्दैछ। नारा–जुलुसको रूप लिँदैछ। प्रथम गन्तव्य दरबारमार्ग हुने खबर छ। क्रमशः जुलुस नारासहित त्यतातिर लाग्छ। त्यता जान प्रहरीको अनुमति छैन।

केही केटाहरू घायल भइसके, शक्तिको प्रयोग गर्नैपर्ने भयो। आदेश चाहियो। थापा अति शान्त स्वभाव, आवेग र आक्रोशमा पटक्कै नआउने व्यक्ति। महोत्तरीमा ०३६ मा सँगै काम गर्दाको मेरो अनुभव छ। तर, अब परिस्थितिले विचलन ल्याएको छ। वेचैनी बढाएको छ। परिस्थितिसँग पूर्ण परिचित हुन प्रहरीको साथसाथै छु। घटनाको प्रत्यक्ष द्रष्टा छु। कहिलेकाहीँ व्यक्तिविशेषको आग्रहले पनि माहोल बिगार्छ अरे, त्यसैले पनि साथमा छु। हुनसक्छ, केही हदसम्म संयम राख्न मद्दत गर्न सकौँ। साथमा भएको अनुभूति दिलाउन सकौँ।

प्रहरी शक्तिको प्रयोगमा केही न केही माथि–तल हुन सक्छ। झपडका क्रिया–प्रतिक्रियाहरू नापेर हुँदैन। अन्ततः मेरो राय थियो – जुलुस अगाडि बढ्न नदिन प्रहरीको विशेष शक्तिबाहेक अरू सबै उपाय गरौँ। प्रथम चरणमा पानीको फोहोरा प्रयोग गरौँ। स्थिति हेरेर अरू गरौँला। प्रहरीको वाकीटकीबाट पलपलका खबरहरू आइरहेका छन्। संयोग भनौँ, बाहिरबाट हेर्दा पानीको फोहोराले जुलुस फिर्ता भएझैँ लाग्छ। त्यो घडीमा एस.एस.पी. शम्भु थापाको संयमले पहिलो भिडन्त टरेको छ।

अब जुलुस दोस्रो चरणतिर लाग्छ। यसक्रममा भिडन्तको केन्द्र दरबारमार्गस्थित महेन्द्रको सालिक वरिपरि छ। दरबारतिर जाने जोड छ। प्रहरी – सालिकभन्दा अगाडि बढ्न दिँदैन। लखेटा–लखेट छ। वरपर भेटेसम्मका इँटाहरू प्रयोग भइसकेका छन्। घण्टाघर, त्रिचन्द्र क्याम्पसवरिपरि अन्नपूर्ण होटलसम्म नै भिडन्त क्षेत्र बनेको छ। यत्रतत्र, सर्वत्र इँटाका टुक्राहरू। गुरुरु विद्यार्थी दौडन्छन्, गुरुरु प्रहरी। यो क्रम बेलुकीसम्म नै चल्छ। अब त्यो जुलुस पातलिँदै जान्छ। बाँकी सहभागीहरू त्रिचन्द्र क्याम्पसको कम्पाउन्ड, कोठाचोटा र छततिर केन्द्रित हुन्छन्। बाटो सुनसान लाग्छ। विद्यार्थीको आँखा छल्दै म पनि अञ्चलाधीश कार्यालयमा पुग्छु। त्यो नजिकै रत्नपार्कमै छ।

अञ्चलाधीश रिपोर्ट सुन्नमै व्यस्त। फोनमा भ्याइ नभ्याई। प्रसङ्ग त्यहीँ छ। कतैको आदेश छ – क्याम्पसलाई विद्यार्थीमुक्त बनाउने। मैले माइकिङ गर्नु पर्नेछ। यो कुरा अञ्चलाधीश सल्लाहका रूपमा मतिर हस्तान्तरण गर्दै हुनुहुन्छ। बेलुका हुन लागेको छ। विद्यार्थीहरू डराएको होला, थाकेको पनि होला। आफ्नै कलेज हो। अप्रिय कुरा देखेको छैन। अब विस्तारै जालान्। केही गर्नुपर्ला जस्तो लाग्दैन। मेरो कुराले अञ्चलाधीशको मन बुझेको छैन। सह–अञ्चलाधीश हिरण्य रेग्मी साथै हुनुहुन्छ। यस्तैमा डी.आई.जी. रणबहादुर चन्द पुग्नुहुन्छ। उहाँ पनि अञ्चलाधीशको विचार दोहोर्‍याउनु हुन्छ। भित्रबाहिर गर्दै हुनुहुन्छ। वाकीटकीमा सन्देश आदानप्रदान भइरहेको छ।

लाग्छ, यो परिस्थितिमा कोही अञ्जान थियो भने को थियो? के विकसित क्रमको घटनाको लागि म केही बाधक बन्न सक्ने पूर्वामानुमान थियो? म गृह मन्त्रालयमा पुगेपछि सेफ ल्याण्डिङ भयो भन्ने खासखुसभित्रको रहस्य के थियो? कतै पीडाबोध त थिएन? बाँकी समिक्षककै जिम्मा।

म आफ्नो विचार दोहोर्‍याउन बाध्य छु। तर, मेरो विचारले काम गर्ने छाँट छैन। मैले स्वयं माइकिङ गर्नुपर्ने, केही समय दिएर त्यो स्थान विद्यार्थीमुक्त गराउनुपर्ने कुरामा यथावत् छ। अन्ततः मैले कठोर बन्नैपर्ने भएको छ। मेरो राय छ – राष्ट्रिय नाचघर पट्टिबाट प्रहरी हटाऔँ। छत, छतमा दर्शकहरू छन्। खाली हुनासाथ इसाराबाटै पनि बाहिर जालान्। जान हतार गर्नेहरू पनि होलान्। माइकिङ गर्दा दिएको समयभित्र खाली नगरेमा प्रहरी प्रवेश गर्छ। उता माइकिङले डर थपिन सक्छ। विद्यार्थीभित्रै को कस्तो छ, के उद्देश्यको छ, थाहा छैन। कसैले छतबाट हामफाल्न सक्छ। कतिसँग हतियार हुन सक्छ। खाली गराउने काम जबर्जस्तीझैँ हुन्छ। प्रहरी थाकेको–रिसाएको बेला छ। अप्रिय स्थिति आउन सक्छ। त्यसैले माइकिङको प्रक्रियामा नजाऔँ। यसमा राय बन्दैन भने प्रहरीले आफ्नो विवेक प्रयोग गर्दा हुन्छ। मेरो असहमति हुँदैन।

संयोगले कुनै अप्रिय स्थितिबेगर त्यो दिन टरेको थियो। दिनभर ठाउँ–ठाउँमा पटक–पटकको झपड, लखेटा–लखेट, हाना–हानको स्थितिबीच कुनै दुर्घटना भएको भए सरकारले हामीलाई अभियुक्तका रूपमा जागिरबाट बिदाइ गर्नुबाहेक के विकल्प हुन सक्थ्यो र ! लाग्छ, त्यतिले मात्र कहाँ पुग्थ्यो होला र ! जनआन्दोलनको पूर्वतयारीको रणनीतिले नयाँ मोड लिन्थ्यो होला। यो माहोल तताउने महत्त्वपूर्ण औजार बन्थ्यो होला। हुनसक्छ, आन्दोलनको बाटो अरू सहज बनोस्। तैपनि त्यो बेला सायद म मूलधारबाट बाहिर पुगेँ कि ! आन्दोलनको मुखमा सरुवा हुन्छ। प्रजातान्त्रिक सरकार आएपछि खोसुवा पनि। लाग्छ – त्रुटि कहाँ थियो? कहाँ थियो अलमल? त्यो दिन अलग–अलग नतिजाका लागि आ–आफ्नो तरिकाले दुवै पक्ष एउटै बिन्दुमा जान खोजेको त थिएन?

लाग्छ, यो परिस्थितिमा कोही अञ्जान थियो भने को थियो? के विकसित क्रमको घटनाको लागि म केही बाधक बन्न सक्ने पूर्वामानुमान थियो? म गृह मन्त्रालयमा पुगेपछि सेफ ल्याण्डिङ भयो भन्ने खासखुसभित्रको रहस्य के थियो? कतै पीडाबोध त थिएन? बाँकी समिक्षककै जिम्मा।

(क्रमशः)

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९