ओस्लो, (नर्बे) – नारीप्रधान चलचित्र ‘टेम्पो चालक’ का निर्माता गंगाबहादुर नेम्कुल नर्बेको ओस्लोमा पक्राउ परी चार दिनपछि प्रहरी हिरासतमुक्त भएका छन्। नेम्कुलले आफूलाई गत २३ जुलाईका दिन शुटिङका लागि क्यामेरा लिन जाने क्रममा बिहान ९ बजे ओस्लोको एक बस स्टपमा बस कुरिरहेको अवस्थामा नर्बेजियन प्रहरीले पक्राउ गरेको र चार दिनसम्मको अनुसन्धानपछि छोडेको जानकारी दिएका हुन्।

कलाकार तथा निर्माता नेम्कुलले भने, ‘नर्बेजियन प्रहरीले बसस्टपमा रोकी ‘काममा जान लागेको हो ?’ भनी सोध्यो। जवाफमा मैले होइन, म निर्देशक हुँ, शुटिङमा जान लागेको हो भन्दा नेपालबाट आएर ओस्लोजस्तो विश्वकै महँगो शहरमा म्युजिक भिडियो बनाउने रे ! यो विश्वास गर्न सकिँदैन भन्दै हिरासतमा लियो।’

उनका अनुसार चार दिनको अनुसन्धानपछि उनको अष्ट्रेलियाको सिड्नीदेखि नै फिल्म क्षेत्रमा काम गरेको र पोर्चुगलमा ‘नेपुगल फिल्म्स’ नामको आफ्नै व्यावसायिक सांस्कृतिक कम्पनी स्थापना गरी फिल्मी क्षेत्रमा काम गरिरहेको प्रमाण भेटेपछि बल्ल विश्वास गरेर हिरासतमुक्त गरी ओस्लोमा भिडियो छायांकन गर्न इजाजतसमेत दिएकाे हाे।

‘किन दुख्छ मेरो मुटु, किन जल्छ छात्ती’ बोलको म्युजिक भिडियोका निर्देशकसमेत रहेका नेम्कुल सोही म्युजिक भिडियोको छायांकनका लागि ओस्लो पुगेका थिए। चिनारी नेपाल अष्ट्रेलियाका संस्थापकसमेत रहिसकेका नेम्कुलले हिरासतमुक्त भएलगत्तै ‘किन दुख्छ मेरो मुटु, किन जल्छ छात्ती’ बाेलकाे उक्त म्युजिक भिडियो सार्वजनिकसमेत गरेका छन्।

उक्त म्युजिक भिडियो गायिका टीका गुरुङको यूट्युब च्यानलमार्फत गत शुक्रबार मात्र सार्वजनिक गरिएको निर्देशक नेम्कुलले जानकारी गराएका हुन्। गायिका टीका गुरुङको स्वर, अजय तामाङको शब्द/संगीत, सन्तोष प्रगाढको संगीत संयोजन र मोडेल सारा श्रेष्ठको सशक्त अभिनय रहेको उक्त म्युजिक भिडियो नेपुगल फिल्मस (पोर्चुगल) ले निर्माण गरेको हो।

नेम्कुलको हालसम्म अष्ट्रेलियन सरकार रकदेल काउन्सिलको आर्थिक सहयोगमा छोटो चलचित्र म्हसिका, वास्तविक कथामा आधारित बहुभाषी चलचित्र टेम्पो चालकको निर्माण गरिसकेका छन्। पोर्चुगलमा छायांकन गरिएको संगीतकार न्ह्यु वज्राचार्यको संगीत तथा गायक सन्तोष लामाको स्वर रहेको ‘आकाशको जून’ म्युजिक भिडियो हालै मात्र सार्वजनिक भइसकेको छ। नेपुगल फिल्म्सको स्थापनासँगै पुनः सञ्चारमाध्यममा छाएका उनी वर्षौंको अन्तरालपछि यूरोपबाट फेरि कला क्षेत्रमा देखिन थालेका छन्।

हेर्नुहाेस्र पूरा भिडियाे :

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

२०७६, १२ माघ आईतवार २०:२३

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२०७६, १२ माघ आईतवार १७:५९

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

कोरोना भाइरस के हो? यसको लक्षण र बच्ने उपाय

२०७६, १० माघ शुक्रबार १३:४२

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

२०७६, १२ माघ आईतवार १३:२१

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७