धादिङ – शुक्रबार बिहान धादिङको बेनिघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको यात्रु बस दुर्घटनामा मृतकको सङ्ख्या पाँच पुगेको छ। मोडमा पुगेपछि सिधै त्रिशूली नदीमा खसेको बस सडकबाट करीब सय मिटर तल पानीमा डुबेर दुर्घटना भएको थियो।

दुर्घटनामा मृत्यु हुनेमा सर्लाही जिल्ला निवासी ३५ वर्षीय अजय दास, २५ वर्षीय विजय कुर्मी र नाम वतन नखुलेको एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार वैदवारले बताए। यसैगरी नदीले बगाएर लगेको अवस्थामा मुग्लिन नजीकैबाट दुई जनाको शव प्राप्त भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते १६ जना जनाको उपचार भइरहेको छ।

घाइतेको राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, राजमार्ग सामुदायिक अस्पताल गजुरी र ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ। गजुरी अस्पताल धादिङमा उपचारपश्चात् डिस्चार्ज भएका घाइतेहरु सर्लाही जिल्ला गमहरिया नपा–८ बस्ने ३६ वर्षीय दिनेश ठाकुर, सर्लाही जिल्ला हरिपुर–७ बस्ने ३४ वर्षीय भोगेन्द्र चौधरी, सर्लाही जिल्ला औरही गापा–७ बस्ने १५ वर्षीय राहुल महत्तो मध्यम, सर्लाही जिल्ला हरिपुर नपा–९ बस्ने अमृत लामा, सर्लाही जिल्ला कबिलासी लाठी गापा–६ बस्ने ३१ वर्षीय भुपेन्द्रकुमार यादव, सर्लाही जिल्ला कविलासी गापा–४ बस्ने ३३ वर्षीय विजय राय यादव, भारत विहार सीतामणि पनौलीथाना–४ बस्ने ४२ वर्षीय भिरेन्द्र ठाकुर रहेका छन्।

काठमाडौँ ट्रमा सेन्टरमा उपचार भइरहेको घाइतेहरु भारत सीतामणि घर हुने ४० वर्षीय धिरेन्द्र ठाकुर, जिल्ला सर्लाही कविलास गापा–४ बस्ने अं ३२ वर्षीय विजय यादव, जिल्ला सर्लाही हरिपुर गापा–४ बस्ने २८ वर्षीय प्रमोद कुँवर, सहचालक सर्लाही जिल्ला मलङ्गवा नपा–११ बस्ने १६ वर्षीय सिकिन्द्रकुमार महतो, सर्लाही जिल्ला विष्णु गापा– ५ बस्ने २१ वर्षीय कुश रन्जम महतो, सर्लाही जिल्ला ब्रह्मपुरी बस्ने १६ वर्षीया श्वेता रौनियार, सर्लाही जिल्ला हरिपुर घर हुने बस चालक ४० वर्षीय जीवन विक, सर्लाही जिल्ला ब्रह्मपुरी–६ बस्ने २२ वर्षीय राकेश बैठा र अन्य दुई जनाको नाम खुलेको छैन।

ना ६ ख ७४६९ नंको बस शुक्रबार बिहान ३ बजेको समयमा नदीमा खसेपछि केही व्यक्ति पौडेर ज्यान बचाएका थिए। राति पौडेर ज्यान बचाए पनि बिहान ७ बजे मात्र दुई जनाको नदी किनारको खाँेचबाट उद्धार गरिएको थियो। यात्रु बसमा मलङ्गवाबाट ३९ यात्रु र हरिपुरबाट दुई यात्रु चढेको यातायात समितिले जनाएको छ। सोही गाडीमा सवार बी १६ नं सिटका यात्रु समिमराज अन्सारीका अनुसार सबै सिट भरिएर चार जना मानिस मुढामा बसेको र सवारी चालक दलका सदस्यबाहेक क्याबिनमा अन्य चार जना रहेका थिए।

उनीहरु सबैको टिकट नभएको बताइएको छ। यातायात समितिले ३८ जनाको चलानी गरी पठाइएको स्पष्ट पारेको छ। उनीहरु सबैको उद्धार नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र रेडक्रसका स्वयंसेवक राजमार्ग उद्धारकर्ताहरुले गरेका थिए। रातिको समय भएकाले उद्धारमा समस्या आएको थियो। प्रहरीले चालक निदाएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ। (रासस)

लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?

सुत्केरी मसला कसरी बनाउने ?

२०७६, १८ मंसिर बुधबार १४:१२

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय स्वर्ण पूरा

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…

२०७६, १८ मंसिर बुधबार २०:३१

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

२०७६, १८ मंसिर बुधबार १२:२८

लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

२०७६, १८ मंसिर बुधबार १४:५४

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

२०७६, १८ मंसिर बुधबार २१:४७

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा ७१ वर्षीय वृद्ध पक्राउ

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा…

२०७६, १८ मंसिर बुधबार १५:४६

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

१३ औं सागः नेपालको स्वर्ण संख्या २७ पुग्यो (तालिकासहित)

१३ औं सागः नेपालको स्वर्ण संख्या २७ पुग्यो (तालिकासहित)

२०७६, १८ मंसिर बुधबार १४:०२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९