काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज (शुक्रबार) चालू आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने गतिविधिका सम्बन्धमा द्विपक्षीय सम्झौता भएका छन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालका बीचमा समेत आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित पुँजीगत खर्च तथा कार्यक्रम तोकिएकै समयमा सम्पादन गर्न सम्झौता भएको थियो। प्रधानमन्त्री ओलीले मन्त्री खनालसँग सम्झौता गर्दा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समयमा नै सम्पादन गर्न र कृषि अनुदानलाई पारदर्शी रूपमा वितरण गर्न निर्देशनका साथै मन्त्री खनालसँग लिखित सम्झौता गरेका थिए।

सोही कार्यक्रमलाई आज निरन्तर प्रदान गर्दै मन्त्री खनाल र सोही मन्त्रालयका कृषि विकास सचिव डा. युवकध्वज जिसी, पशुपन्छी विकास सचिव प्रकाश माथेमा एवं कृषि अनुसन्धान परिषद् (नार्क)का निर्देशक डा. टेकबहादुर गुरुङबीच दुईपक्षीय सम्झौता भएका छन्। मन्त्रालयले कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाका सहसचिव डा. गोविन्दप्रसाद शर्मा योजना तथा विकास समन्वय महाशाखाका सहसचिव तेजबहादुर सुवेदी, प्रशासन महाशाखाका सहसचिव रघुराम विष्टबीचमा पनि आजै कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

त्यसैगरी कृषि विभागका महानिर्देशक डा. सूर्यप्रसाद पौडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना वैद्य, खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखा तथा कृषि विकास महाशाखाका प्रमुख डा. हरिबहादुर केसीसँग कृषि विकास सचिव डा. युवकध्वज जिसीले सम्झौता गरेका छन्। पशुपन्छी विकास सचिव प्रकाश माथेमा र पशु स्वास्थ्य महाशाखाका सहसचिव डा. किसनलाल भट्ट, पशुपन्छी तथा मत्स्य विकास महाशाखाका सहसचिव विमलकुमार निर्मल र पशुसेवा विभागका महानिर्देशक डा. वंशी शर्माबीचमा समेत कार्यसम्पादन सम्बन्धमा लिखित सम्झौता भएको छ।

सम्झौतापछि सचिव तथा विभिन्न विभागका विभागीय प्रमुखलाई मन्त्री खनालले कुनै पनि बहानामा कार्यसम्पादन सम्पन्न गर्न र ढिलासुस्ती नगर्न तथा कामचोर प्रवृत्ति नदेखाउन निर्देशन दिए। (रासस)

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९