– सरू पोखरेल

बिहान चारै बजेदेखि यहाँ फूल बेच्नेको लाम भइसक्छ। जतिसुकै जाडो या गर्मी होस्, दर्शनार्थी बिहानै धेरै हुने हुँदा यो समय फूल व्यवसायीको महत्त्वपूर्ण समय हो। दिउँसो नभ्याउनेहरू पनि बिहान यहाँ फूल फिँजाएर बसेका हुन्छन्।

‘बहिनी, फूल दिनोस् न। धूपबत्ती र प्रसाद पनि राखिदिनोस् है।’

मैले प्लास्टिकको ढकीमा सबै सामग्री राखिदिई बोतलको पानी ती युवतीलाई हात धुन दिएँ। युवतीका साथमा सानो बालक पनि थियो। उनी हात धुँदै थिइन्, ढकीबाट प्रसादका लागि लिएको सेता मिठाइको प्याकेट त्यो सानो बालकले टप्प टिपेर मुखले खोल्न थाल्यो।

‘छ्या, किन जुठो हालेको? भगवानलाई चढाउन पो किनेको त। यो चकचके बच्चालाई त लिएर हिँड्नै मन लाग्दैन, हैरान पार्छ। आज यसैका लागि आएकी हुँदा ल्याउनैपर्‍यो र मात्र।’ उनी निधार खुम्च्याउँदै त्यो बच्चालाई हातले धकेल्दै थिइन्। उनले प्रसादका लागि अर्को चोखो मिठाइ फेरि मसँग मागिन्।

‘छोरो हो?,’ मैले मिठाइको पोको दिँदै सोधेँ।

‘हो। आज यसको जन्मदिन, यसैको नाममा पूजा गरिदिऊँ कि भनेर मन्दिर ल्याएकी, दिक्क बनाइसक्यो।’

‘कति वर्षको भयो?’

‘२०६० सालको हो, आजैदेखि सात वर्ष लाग्यो नि !’ उनी पूजा सामग्रीको पैसा तिरेर हातमा ढकी लिई मन्दिरतर्फ लागिन्।

मैले प्लास्टिकको ढकीमा सबै सामग्री राखिदिई बोतलको पानी ती युवतीलाई हात धुन दिएँ। युवतीका साथमा सानो बालक पनि थियो। उनी हात धुँदै थिइन्, ढकीबाट प्रसादका लागि लिएको सेता मिठाइको प्याकेट त्यो सानो बालकले टप्प टिपेर मुखले खोल्न थाल्यो।

पशुपतिनाथको प्राङ्गणबाहिर मैले यसरी फूल–व्यापार गर्न थालेको पाँच वर्ष भइसकेको छ। यो अन्तरालमा हजारौँ मान्छेलाई मैले फूल–प्रसाद बेचिसकेकी छु। आफ्नो उमेर र बाँच्नुपर्ने बाध्यता दुवैलाई ध्यानमा राखी मैले राजेको यो व्यवसायमा एकातिर म सुरक्षित छु भने अर्कातिर यी मान्छेको हुलमा आफ्ना पीडा–व्यथाहरू भुलाउने प्रयत्न गर्दागर्दै सहज रूपमा बाँच्न सिक्दै गएकी पनि छु। मलाई चोखी भन्छन् भन्दैनन् , खुट्याउन सक्दिनँ म। तर मैले बेचेका फूल–प्रसाद पशुपतिनाथमा चढिरहेका छन्। आज विसं २०६६ माघ ९, आजभन्दा ठीक छ वर्ष अगाडिको त्यो दिन, मेरो जीवनको सबैभन्दा पीडादायी दिन थियो। छातीको घाउमा खाटा त्यति सजिलै कहाँ बस्दोरहेछ। त्यो तितो विगत फेरि मडारिँदै आयो मेरो दिमागमा। विसं २०६० साल वैशाख सङ्क्रान्ति। बा–आमा सङ्क्रान्ति नुहाउन बिहान सबेरै गङ्गाजी जानुभएको थियो। घरमा म एक्ली थिएँ। गोठमा एउटा गाई अनि दुईवटा बाख्रा थिए। म कक्षा १० मा पढ्थेँ तर त्यो दिन विद्यालय बिदा भएको हुँदा बिहानैदेखि गोठ र घरको धन्दा सिध्याएर दिउँसो गाईबाख्राका लागि सेउला–घाँस खोज्न जङ्गल पसेँ।

जङ्गलमा त्यस दिन कोही मान्छे भेटिएनन्। बाघ–भालुजस्ता जङ्गली जनावरसँग सामना हुन्छ कि भनेर मन तर्सिरहेको थियो। आफ्नै खुट्टाले खिस्रिक्क ढुङ्गो खसाल्दा पनि झसङ्ग भइरहेकी थिएँ। त्यसैले जङ्गलको धेरै भित्र जान पनि डर लागिरहेको थियो। तै पनि भारी त पुर्‍याउनै पथ्र्यो। जसोतसो घाँस र सेउलाको भारी पुर्‍याएर फर्कंदै थिएँ। अचानक जङ्गलमा दुई जना फौजी पोसाकधारी अपरिचित मान्छे भेटिए। सायद तिनीहरू विद्रोही थिए अथवा विद्रोहीको खोजीमा हिँडेका सुरक्षाकर्मी।

जङ्गलको बीचमा कुइनेटोजस्तो त्यस ठाउँमा सानो खोल्सो थियो। त्यस खोल्सोमा तिनीहरू के गर्दै थिए, त्यो मैले अनुमान लगाउन पाएकै थिइन। एक्कासि मेरो घाँसको भारी पछाडिबाट कसैले खोस्यो। म थरथर काँप्दै पछाडि फर्कें। उस्तै पोसाकको अर्को व्यक्ति ममाथि डर लाग्दा आँखा गाढेर उभिएको थियो। मेरो मुटु तेज गतिमा धड्किन थाल्यो। केही बोल्नु त परै जाओस्, ओठ–मुख सुकेर सासै रोकिएला जस्तो भयो। म भाग्ने प्रयत्न गर्न थालेँ तर अगाडिका दुई जना पनि मलाई घेर्न आइसकेका थिए। एउटाले मेरो हात समातेको थियो, अर्कोले खुट्टा। तेस्रो चाहिँ मेरो कपडा च्यात्दै थियो।

विसं २०६० साल वैशाख सङ्क्रान्ति। बा–आमा सङ्क्रान्ति नुहाउन बिहान सबेरै गङ्गाजी जानुभएको थियो। घरमा म एक्ली थिएँ। गोठमा एउटा गाई अनि दुईवटा बाख्रा थिए। म कक्षा १० मा पढ्थेँ तर त्यो दिन विद्यालय बिदा भएको हुँदा बिहानैदेखि गोठ र घरको धन्दा सिध्याएर दिउँसो गाईबाख्राका लागि सेउला–घाँस खोज्न जङ्गल पसेँ।

मैले हात जोडेर बिन्ती गरेँ, छोडिदेऊ भनेँ रोएँ, कराएँ तर ती मान्छेको अनुहारमा देखिएका दानवभित्र कुनै दया पलाउन सकेन। मैले चिच्याउँदा मेरो आवाज त्यहीँ घना जङ्गलको बीचबाट पहरामा ठोक्किएर मैतर्फ फर्कियो। त्यसबखत मेरो अस्मिता बचाइदिने कोही भएन। आफ्नै गाउँको, आफ्नै पाखाको, आफू हुर्केको–खेलेको जङ्गलभित्रै म त्यस दिन लुटिएँ।

मैले बेहोसीबाट आँखा खोल्दा घाम डुब्न आँटिसकेको थियो। जङ्गलका घाँसपात उस्तै थिए। उसरी नै उभिइरहेका थिए रूखहरू, ढुंगा माटो बदलिएका थिएनन्। सबै चिज यथावत् रहे पनि म क्षत्विक्षत् थिएँ। एउटा भयानक सपना जस्तो त्यो घटना यथार्थमा भइसकेको थियो। ती पापीहरू त्यहाँबाट गइसकेका थिए।

मेरो छातीमा परेको गाँठो अझ कसिलो बन्योे। एक मन त त्यही जङ्गलकै रुखमा झुण्डिएर मरुँ कि जस्तो लाग्यो तर आफूलाई सम्हालेर कपडाको रगत सफा गरेँ। अनि छरिएको घाँस र स्याउला समेटेर डोकोमा राखी सकी नसकी घरतर्फ हिँडेँ। बाटामा कोही नभेटिऊन् भन्ने लागेको थियो र त्यस्तै भयो।

मैले बेहोसीबाट आँखा खोल्दा घाम डुब्न आँटिसकेको थियो। जङ्गलका घाँसपात उस्तै थिए। उसरी नै उभिइरहेका थिए रूखहरू, ढुंगा माटो बदलिएका थिएनन्। सबै चिज यथावत् रहे पनि म क्षत्विक्षत् थिएँ। एउटा भयानक सपना जस्तो त्यो घटना यथार्थमा भइसकेको थियो। ती पापीहरू त्यहाँबाट गइसकेका थिए।

घर आइपुगेँ। बा–आमा अझै फर्किनुभएको थिएन। घरभित्र पसेपछि पुनः खप्न सकिनँ, हिक्का छुट्न थाल्यो। खाटमा घोप्टिएर रोइरहेँ। बाहिर अँध्यारो बढिसकेको थियो, बत्ती बाल्न पनि मन लागेन। बाहिरको अँध्यारोभन्दा पनि आफ्नो जीवनमा भित्रिएको अन्धकारले कहाली लागेको थियो।

मेरा आँखाबाट आँसुका भेल बगिनैरहेका थिए। तर, ममाथि लागेको दाग धुन कहाँ सक्थे र ती आँसुले?

बाहिर मान्छे हिँडेको बोलेको आवाज सुनियो। बा–आमा आउनुभएको थियो।

‘निर्जला, किन बत्ती पनि नबालेकी?’ आमाले ढोकाभित्र पस्दै भन्नुभयो।

मैले हत्तपत्त आँखा पुछेँ र विस्तारै उठेँ।

सलाई घ्यार्र कोरेर आमाले टुकी बाल्दा आँखा हेर्न असजिलो भइरहेको थियो। आमा हातमा टुकी बोकेरै म सुतेको खाटनजिकै आउनुभयो।

‘के भयो तँलाई? सञ्चो भएन कि क्या हो? अनुहार पनि फुलेको छ, आँखा पनि सुुन्निएका छन्।’ आमाले मलाई हेर्दै सोध्नुभयो।

‘अँ, टाउको दुखेर खप्नै सकिनँ, त्यसैले ओछ्यानमा पल्टिरहेकी।’

‘सञ्चो भएन रे? ज्वरो पनि छ?’ बा अत्तालिँदै मेरो टाउको छाम्न आइपुग्नुभयो।

ममाथिका दाजु र दिदी दुवै खसेर म एक्ली बाँचेकी थिएँ। त्यसैले बा–आमाकी म ज्यादै प्यारी थिएँ। बत्तीको छेलमा मेरा आँखाबाट आँसु खसिरहेका थिए। यति धेरै माया गर्ने मेरा बा–आमाले ममाथि आइपरेको त्यो भयङ्कर घटनाको पत्तो पाउनुभयो भने कसरी सहनुहोला?

घर आइपुगेँ। बा–आमा अझै फर्किनुभएको थिएन। घरभित्र पसेपछि पुनः खप्न सकिनँ, हिक्का छुट्न थाल्यो। खाटमा घोप्टिएर रोइरहेँ। बाहिर अँध्यारो बढिसकेको थियो, बत्ती बाल्न पनि मन लागेन। बाहिरको अँध्यारोभन्दा पनि आफ्नो जीवनमा भित्रिएको अन्धकारले कहाली लागेको थियो।

आमाले भात पकाएर खान बोलाउनुभयो। म आमाको मन राख्न भाग मात्र बसेँ।

एकातिर शरीरको पीडा र अर्कोतिर हृदयको पीडाले रातभर छट्पटिइरहेँ। बा–आमा घरिघरि कस्तो भयो भनेर सोध्नुहुन्थ्यो। म सिरकभित्र मुख लुकाएर ठीक हुँदै गएको जवाफ दिइरहन्थेँ।

भोलिपल्ट बिहान बिरामीको बहानामा म विद्यालय गइनँ। दिनहरू बित्दै गए। पढाइमा ध्यान दिन पनि सकिनँ। कहीँ कतै आफन्त र साथीभाइलाई भेट्न पनि मन लाग्न छोड्यो, नाता सम्बन्ध कसैका घरमा आवतजावत गर्न जाँगर लाग्दैनथ्यो। तर, आफ्नो बदलिएको व्यवहारले कसैमा शङ्का उत्पन्न गराउँछ कि भनेर सकेसम्म आफूलाई सम्हाल्ने प्रयत्न भने गरिरहेकी हुन्थेँ।

मेरो महिनावारी दुई महिना नाघिसकेको थियो तर यस्तो तलमाथि प्रायः भइरहने हुँदा आमा सायद निश्चिन्त नै हुनुहुन्थ्यो। मलाई खानाप्रति अरुचि बढेको र वाक्वाकी पनि लाग्न थालेको थियो। जसले गर्दा मभित्र एक किसिमको डर पैदा भएको थियो। त्यो डर हरेक नयाँ दिनसँगै झ्याङ्गिदै गएको थियो।

राति निद्रा कम पर्थ्यो। निदाए पनि सपनामा समेत त्यही घटनाले झस्काएर बिउँझाउँथ्यो तर मैले यी सबै कुरा अरूबाट लुकाउने हरदम कोसिस गरेकै थिएँ। मैले आफ्नो मन मिल्ने साथीसँग पनि यो कुरा खोल्न सकेकी थिइनँ। एक त आफ्नो ब्राह्मण परिवार, त्यसमाथि पनि पुरेत्याइँ गरेर बाँच्नुपर्ने बाको पेशा। मेरो आङ जिरिङ हुन्थ्यो। जतिजति दिनहरू बित्दै गएका थिए, त्यतित्यति नै मेरो मनभित्र चिन्ता र त्रास हुर्कंदै गएको थियो।

मेरो महिनावारी दुई महिना नाघिसकेको थियो तर यस्तो तलमाथि प्रायः भइरहने हुँदा आमा सायद निश्चिन्त नै हुनुहुन्थ्यो। मलाई खानाप्रति अरुचि बढेको र वाक्वाकी पनि लाग्न थालेको थियो। जसले गर्दा मभित्र एक किसिमको डर पैदा भएको थियो। त्यो डर हरेक नयाँ दिनसँगै झ्याङ्गिदै गएको थियो।

एक दिन बा घरमा हुनुहुन्नथ्यो। आमाछोरी भान्छामा खाना खाँदै थियौँ।

‘निर्जला, तँ आजकाल खाना ज्यादै कम खान्छेस्, किन?’ आमाले एक्कासि सोध्नुभयो। मलाई सर्को पर्छ कि जस्तो भयो।

मैले आफ्नो थालको भात आधाजति मात्र खान सकेँ र चुपचाप पोखिएको भुइँको जुठो टिप्न थालेँ।

‘साँच्चै, तेरो नछुने नभएको पनि तीन महिना भइसक्यो। के भएको? वैद्यकहाँ जानुपर्छ कि, क्या हो?’ आमाले फेरि मेरो कापेको मुटुमाथि झटारो हान्नुभयो।

मैले जानी–नजानी अनेक बहाना बुनेर आमालाई अलमल्याउन खोजेँ तर आमाले विश्वास गर्नुभयो कि भएन, त्यो भने बुझ्न सकिनँ। त्यो रात कटाउन पनि मलाई साह्रै गाह्रो भयो। घरि पासो लागेर मरुँ जस्तो हुन्थ्यो, घरि ठूलो भीरबाट खसूँ जस्तो हुन्थ्यो।

एक हप्ता जतिपछि आमालाई शङ्का नहोस् भनी मैले पर सरेको बहाना गरेँ। आमाको चिन्ता त हट्यो होला तर मेरो मनको व्यथा झन्झन् बढ्दै गयो। न यो व्यथा म बाँड्न सक्थेँ, न आफैँ कुनै उपाय खोज्न सक्थेँ। कहिलेकाहीँ त बा–आमालाई भनिदिउँ कि जस्तो लाग्थ्यो तर ६० वर्ष नाघेका बा अनि दमकी रोगी आमालाई सम्झेर आँट गर्न सक्दिनथेँ।

मैले जति प्रयास गरे पनि नलुक्ने भइसकेको थियो त्यो कटु यथार्थ, किनकी चार महिनाको गर्भ मेरो पेटमा हुर्किरहेको थियो। खानमा रुचि घटेको थियो, जिउ फतक्क गल्थ्यो। प्राय रिङ्गटा र वाक्वाकी लागिरहन्थ्यो। कुनै पनि मान्छेका आँखाको सामना गर्न गाह्रो हुन थालेको थियो।

एक दिन आमाकै अगाडि मैले बान्ता गरेँ। आमाले अँध्यारो मुख लाएर मेरो हात च्याप्प समाती भित्र लगेर सोध्नुभयो, ‘निर्जला, मलाई नढाँटी भन्, तँलाई के भएको छ?’

 मैले पर सरेको बहाना गरेँ। आमाको चिन्ता त हट्यो होला तर मेरो मनको व्यथा झन्झन् बढ्दै गयो। न यो व्यथा म बाँड्न सक्थेँ, न आफैँ कुनै उपाय खोज्न सक्थेँ। कहिलेकाहीँ त बा–आमालाई भनिदिउँ कि जस्तो लाग्थ्यो तर ६० वर्ष नाघेका बा अनि दमकी रोगी आमालाई सम्झेर आँट गर्न सक्दिनथेँ।

यसपालि मैले बहाना बनाउन सकिनँ, कुनै कुराले अल्मल्याउन सकिनँ। आमाको काखमा घोप्टिएर हिक्का छोड्न थालेँ। एकछिन त आमा भूत बन्नुभयो। धेरैबेरपछि मेरो टाउको उठाएर स्वर कपाउँदै विस्तारै बोल्नुभयो, ‘कसको पाप हो कुलङ्गार्नी? हामीलाई पहिले मारेकी भए हुन्थ्यो कि अघिल्ला सन्तानजस्तै तँ पनि मरेकी भए यो दिन त देख्नुपर्ने थिएन।’

आमाको शब्दले मेरो मुटुमा किला ठोकेजस्तै भयो। सहनै नसक्नेगरी दुख्यो। आफ्नो जीवन बर्बाद पार्नमा मेरो के हात थियो र? यदि गलत थिएँ भने म मात्र स्त्री शरीर हुनुमा त गलत थिएँ। के गलत हो र स्त्री भएर जन्मनु?

म केही बोल्न सकेकी थिइनँ। आमा मलाई छोडेर अर्को कुनापट्टि सुँक्कसुँक्क गर्दै बरबराउँदै हुनुहुन्थ्यो, ‘जोरीपारी, छरछिमेकका अगाडि कुन मुख लिएर हिँड्नु? विष दिएर मार् पापिनी अब हामीलाई !’

मैले खप्न सकिनँ। आमालाई समातेर आफूमाथि भएको सम्पूर्ण घटनाको विवरण बताएँ। त्यसपछि मलाई भने आमाले केही भन्नुभएन तर त्यस रात मेरै अगाडि बालाई रुँदै त्यो कुरा सुनाउनुभयो। जीवनभर इज्जतमा कुनै दाग लाग्न नदिई बुढ्यौलीमा प्रवेश गरेका मेरा बाका त्यतिखेर हातखुट्टा थरथराएका मात्र थिएनन्, मुजैमुजा परेको अनुहारभरि पसिना उम्रिएका थिए।

हाम्रो घर केही क्षण मसानघाट जस्तो भयो। आधा रातमा बल्ल बा–आमाले बोलेका अस्पस्ट वाक्यहरू मेरो सिरानीसम्म आएका थिए। उहाँहरूको के सल्लाह भयो कुन्नि, भोलिपल्ट बिहानै आमा मलाई मामाघरतर्फ लिएर हिँड्नुभयो। मामाकी छोरी काठमाडौँको कुनै अस्पतालमा नर्स हुनुहुन्थ्यो। संयोगवश घर आएको मौका परेछ। आमा र माइजूले दिदीलाई सबै कुरा बताएपछि उहाँले मलाई बोलाएर बेलिविस्तार सोध्नुभयो।

आफूमाथि भएको सम्पूर्ण घटनाको विवरण बताएँ। त्यसपछि मलाई भने आमाले केही भन्नुभएन तर त्यस रात मेरै अगाडि बालाई रुँदै त्यो कुरा सुनाउनुभयो। जीवनभर इज्जतमा कुनै दाग लाग्न नदिई बुढ्यौलीमा प्रवेश गरेका मेरा बाका त्यतिखेर हातखुट्टा थरथराएका मात्र थिएनन्, मुजैमुजा परेको अनुहारभरि पसिना उम्रिएका थिए।

‘खोई, अब त धेरै ढिलो भएछ, गाह्रो हुन्छ होला, तैपनि न आत्तिनोस् फुपू। म यिनलाई आफूसँग काठमाडौँ लग्छु र हुनेसम्म प्रयास गर्छु।’ दिदीले आमालाई सान्त्वना दिने कोसिस गर्नुभयो।

एक रात त्यहीँ बसी भोलिपल्ट बिहानै दिदीले मलाई काठमाडौँ लिएर आउनुभयो। दिदी त्यस्ता ठाउँहरू, अस्पतालहरू सबैतिर बुझ्दै हिँड्नुभएछ तर कसैले पनि साढे चार महिना भइसकेको गर्भ फाल्ने खतरा उठाउन नसक्ने बताएछन्। दिदी पनि निराश हुनुहुन्थ्यो, म झन् पीरैपीरले सुकेकी थिएँ। बा–आमाको ज्यादै माया लाग्थ्यो।

कुनै उपाय नभएपछि दिदीसँग रुँदै एक दिन भनेँ, ‘विषालु कुनै औषधि ल्याइदिनोस्, म मर्छु।’

दिदी सक्नेसम्म सम्झाउनुहुन्थो, कैयौँ यताउताका घटना सुनाएर मेरो मनलाई भुलाउन खोज्नुहुन्थ्यो। तर, म सम्हालिन चाहँदाचाहँदै पनि सक्दिनथेँ।

म चिन्ताले छट्पटाइरहेकी थिएँ। दिदी ड्युटीबाट फर्किनुभयो। दिदीको अनुहार केही उज्यालो थियो त्यो दिन।

‘नानी, तिमी नआत्तिऊ। पाँच महिना पुग्न आँटिहाल्यो, अब पाँच महिना सहेर यही कोठामा यसरी नै बिताऊ। अस्पतालमा बच्चा जन्मिनेबित्तिकै त्यसलाई हामी एक निःसन्तान दम्पतीलाई सुम्पिदिउँला। त्यसका लागि मैले सबै बन्दोबस्त मिलाइसकेकी छु,’ दिदी उत्साहित हुँदै बोल्नुभयो।

मसँग अर्को कुनै उपाय थिएन।

नौ महिना पूरा भयो, एउटा निजी अस्पतालमा मैले बच्चा जन्माएँ। मेरो छातीमा बच्चा राखियो।

मेरो जिउ हलुङ्गो भए पनि मन गह्रौँ भएको थियो। म पलभरकी आमा थिएँ। केही क्षणमा नै मैले जन्माएको छोरो अर्काको हुँदै थियो। उसलाई लिन बाहिर उसका भावी बाबुआमा उपस्थित भइसकेका थिए। बच्चालाई कपडामा बेरेर मेरो आडमा सुताइएको थियो। ऊ चिहाँचिहाँ गरेर आमा खोजिरहेको थियो। मैले उसको अनुहार हेर्न सकेकी थिइनँ। केही क्षणमा अर्काको हुने सहमति भइसकेको यो बच्चालाई एक झलकका लागि हेरेर म जिन्दगीभरि दुःखी कसरी बनूँ?

एक रात त्यहीँ बसी भोलिपल्ट बिहानै दिदीले मलाई काठमाडौँ लिएर आउनुभयो। दिदी त्यस्ता ठाउँहरू, अस्पतालहरू सबैतिर बुझ्दै हिँड्नुभएछ तर कसैले पनि साढे चार महिना भइसकेको गर्भ फाल्ने खतरा उठाउन नसक्ने बताएछन्। दिदी पनि निराश हुनुहुन्थ्यो, म झन् पीरैपीरले सुकेकी थिएँ। बा–आमाको ज्यादै माया लाग्थ्यो।

‘दिदी, बच्चालाई दूध खुवाउनुहोस् न। रोइरहेको छ,’ एउटी नर्सले मलाई हेर्दै भनेकी थिई।

मेरो दुई घुट्को दूधले एकछिनलाई उसको घाँटी भिजाएर के गर्नु, उसले फेरि कहिल्यै त्यो पाउँदैन, उसले बट्टाकै दूधमा हुर्किनुपर्छ। एकातर्फ बच्चा रोइरहेको थियो, उसको विपरीत दिशातर्फ फर्केर म अभागी आमा रोइरहेकी थिएँ। उसको र मेरो एकक्षणका लागि गाँसिएको नाता, त्यसपछि हामी आजीवन पराई बन्दै थियौँ।

केही क्षणमा मेरी दिदी आउनुभयो।

‘निर्जला, छोरो त कस्तो राम्रो रहेछ,’ उहाँले अञ्जानवश मेरो चोटमा प्रहार गर्नुभयो। तर, तत्कालै बुझेर फेरि सान्त्वना पनि दिनुभयो।

‘तिमीले यसलाई जन्माइदियौँ। हुर्काउने बाबुआमा पनि भाग्यवश यसले गतिलो पाएको छ।’

‘तिमी आफूलाई सम्हाल। तिम्रो जीवनको बोझ अब उत्रन सक्यो, यही ठूलो कुरा हो। उनीहरूले आमासँग चिनजान गर्दैनौँ भनेका छन् र तिमीले पनि उनीहरूलाई नचिनेकै राम्रो हुन्छ। एकपटक हेर्न मन छ भने यसलाई हेर, नत्र म पुर्‍याइदिन्छु,’ दिदी बच्चोलाई हेर्दै भन्दै हुनुहुन्थ्यो।

म कसरी खप्न सक्थेँ, आफ्नो मुटुको टुक्रो आफैँबाट छुट्याइने क्षण? मैले उसको अनुहार नहेरी स्पर्श गरेँ। छातीमा टाँसे। गाला र निधारमा चुम्बनको वर्षा गरेँ। उसका कलिला हात मुसारेँ। एक मन त यो बच्चा लिएर भागौँ जस्तो लाग्यो तर मसँगको उसको यात्रा जीवनभर काँडामाथिको थियो। त्यो मनलाई खरानी बनाएर मेरो अर्को मनले चुपचाप रित्तोकाखलाई स्वीकार्‍यो।

केही क्षणमै मेरो आडको ओछ्यान चिसो भइसकेको थियो। छाती आँसुले लपक्क भिजेको थियो। अघिसम्मको मेरो आफ्नो छोरो अब पराई बनिसकेको थियो। जीवनको अर्को ठूलो पीडा बोकेर अस्पतालबाट रित्तै फर्केकी थिएँ म। त्यसपछि गाउँ नफर्की आफूलाई भुलाउन यहीँ पशुपतिनाथको मन्दिरबाहिर फूल बेचेर बाँचेकी छु।

‘बहिनी, लिनुहोस् ढकी,’ ती फूल लग्ने युवती दर्शन गरेर फर्किसकेकी थिइन्। एक हातले रित्तो ढकी मतर्फ बढाउँदै थिइन्, अर्को हात उनको छोरोले च्याप्प समातेको थियो।

‘ममी, अघिको जस्तै सेतो मिठाइ, म फेरि खाने, किनिदिनोस् न,’ उसले आफ्नी आमालाई अनुरोध गर्‍यो।

मैले सबैभन्दा ठूलो प्याकेट झिकेर उसको हातमा थमाइदिएँ।

मेरो दुई घुट्को दूधले एकछिनलाई उसको घाँटी भिजाएर के गर्नु, उसले फेरि कहिल्यै त्यो पाउँदैन, उसले बट्टाकै दूधमा हुर्किनुपर्छ। एकातर्फ बच्चा रोइरहेको थियो, उसको विपरीत दिशातर्फ फर्केर म अभागी आमा रोइरहेकी थिएँ। उसको र मेरो एकक्षणका लागि गाँसिएको नाता, त्यसपछि हामी आजीवन पराई बन्दै थियौँ।

‘सानो दिनुहोस् न, त्यत्रो, होइन, त्यत्रो, होइन,’ उसकी आमाले पैसा झिक्न खोज्दै भनिन्।

‘यो बाबुको आज जन्मदिन रहेछ। मेरोतर्फबाट यही उपहार भयो, यसको पैसा चाहिँदैन,’ मेरो कुराले उनलाई अचम्मित तुल्याएछ। उनी मलाई पैसा लिन कर गर्दै थिइन् तर मैले इन्कार गरेँ। उनी धन्यवाद भनेर अगाडि बढिन्। बालक मतर्फ हेर्दै मुसुक्क हाँसेर हात हल्लाउँदै आमाको पछि लाग्यो। तिनीहरू भीडमा नहराउञ्जेल मेरा आँखाले पछ्याइरहे।

लोकप्रिय