– स्व. जगदीश घिमिरे

जीवनको लक्ष्यको मूलबाटोनेर विष्ठाका पहाडहरू छन्। तिनमा नोटका बिटा गाडिएका छन्। ती नोटका बिटा सक्नेले टिप्छन् र नसक्नेले टिप्दैनन्। टिप्नेलाई अनैतिक भनिन्छ। नटिप्नेलाई नैतिक।

टिप्नका लागि सर्त हुन्छ– दाँतले मात्र टिप्न सकिने।

कसैको पनि जीवनको लक्ष्य विष्ठामा पुरिएको नोट दाँतले टिप्नु हुन सक्तैन, हुनै सक्तैन। किनभने, कसैले त्यसो हुन भन्दैन। नभनेको कुरा कसैले गर्दैन, किनभने सबै भन्छन्– सत्यमेव जयते। सबै भन्छन्– सत्य र नैतिकता नै हाम्रो जीवनको आधार हो। धर्म हो। परम्परा हो। संस्कृति हो। निजत्व हो। हामै्र अस्तित्वको आधार हो। यो हामीलाई प्राणभन्दा प्यारो छ।

तीन जना यात्राक्रममा छन्। उहाँ हुनुहुन्छ। उनी छन्। ऊ पनि छ।

विष्ठाका पहाडहरूमा फाट्टफुट्ट दश रुपियाँका नोटहरू पाइन थाल्छ। उहाँले त्यो देखेर पनि देख्नुभएन। उनले पनि त्यो देखेर पनि देखेनन्। उसले भने देख्यो, हातले टिप्न खोज्यो तर त्यहाँको धर्मअनुसार हातले टिप्दा ती नोट टिपिएनन्। दाँतले टिप्नुलाई उसले अनैतिक ठान्यो। अतः टिपेन बथान अघि बढ्छ।

अब विष्ठाका थुप्रामा सयका नोटहरू पाइन थाल्छन्। उहाँले पुनः देखेर पनि देख्नुभएन। उनले पनि त्यो देखेर पुनः देखेनन्। उसले भने विष्ठाका थुप्रामा ग्वाम–ग्वाम मुख गाडेर सयका नोट टिप्न थाल्यो। उहाँले भन्नुभयो– ‘अनैतिक’। उनी पनि क्यासेट भएर बजे– ‘अनैतिक’। उसले यो कुरा सुनेर पनि सुनेन। बथान अघि बढ्यो।

अब विष्ठाका थुप्रामा हजारका नोटहरू पाइन थाल्छन्। उहाँले फेरि पनि देखेर देख्नु भएन, तर उनले भने त्यो देखेर पनि देखे। ऊ भने पछि परिसकेको थियो। त्यो आफ्नै औकातमा व्यस्त थियो। सयका गैँडामा व्यस्त थियो। उनी विष्ठामय हजारियाहरूमा दाँत गाड्न थाले। उहाँले भन्नुभयो– ‘अनैतिक।’ उनले त्यो सुनेर सुनेनन्। उहाँ अगाडि बढ्नुभयो।

अब विष्ठाका पहाडहरूमा लाखौं–करोडौँका नोटहरू पाइन थाल्छन्। अब उहाँ पनि ती देख्न थाल्नुहुन्छ, विस्तारै छुनुहुन्छ, सुम्सुम्याउनु हुन्छ, चाट्नु हुन्छ र दाँतले टप–टप टिप्न थाल्नुहुन्छ। उहाँलाई यस स्थितिमा कसैले देखेको छैन भन्ने कुरामा पुनः विश्वस्त हुनका लागि उहाँ चारैतिर आँखा घुमाउनु हुन्छ र निश्चित भएर विष्ठामा दाँत गाड्न थाल्नुहुन्छ। उहाँ भन्नुहुन्छ – यो त औकातको प्रश्न हो। नैतिकतासँग यसको के सम्बन्ध?

यसको जवाफ दिने जमर्को कसैले गर्दैन।

(रचना, २०४४ भदौ– असोज)

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

२०७६, १२ माघ आईतवार २०:२३

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२०७६, १२ माघ आईतवार १७:५९

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

२०७६, १२ माघ आईतवार १३:२१

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

२०७६, ११ माघ शनिबार १६:१५

न्युजिल्याण्डविरुद्ध भारतको शानदार जित

न्युजिल्याण्डविरुद्ध भारतको शानदार जित

२०७६, १२ माघ आईतवार १५:५९

मोरङमा श्रृंखलाबद्ध बम बिस्फोट

मोरङमा श्रृंखलाबद्ध बम बिस्फोट

२०७६, ११ माघ शनिबार ११:११