अन्जना पराजुली, विराटनगर – विराटनगरबाट ४१ किलोमिटरको दूरीमा रहेको धरानस्थित पिण्डेश्वरधाम पर्यटकीय गन्तव्य बन्दै गएको छ। यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ।

पिण्डेश्वरधाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो लाग्ने गरेको छ। पिण्डेश्वर महादेवको मन्दिर धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित छ। यहाँको प्राकृतिक वातावरणले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ।

पिण्डेश्वरमा अरू बेलाभन्दा साउनमा अत्यधिक भीड लाग्ने गरेको छ। भक्तजनले यहाँ पूजापाठसँगै जल चढाउने गरेका छन् भने उक्त मन्दिर गुठी संस्थानअन्तर्गत सञ्चालित रहेको मन्दिरका पुजारी विनोद पोखरेलले बताए।

उनले भने, “सन्तान प्राप्ति होस् भनेर आउनेको सङ्ख्या धेरै छ।” पछिल्लो समय पिण्डेश्वरमा बाह्य पर्यटकसमेत घुम्न आउन थालेका छन्। यहाँ पूजाआजा गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ। गत सोमबारसम्म झन्डै ८० हजार भक्तजनले पिण्डेश्वरको दर्शन गरेको पुजारी पोखरेलले जानकारी दिए।

“मन्दिरको भित्री भाग जीर्ण बन्दै गएको छ। मन्दिरको कलाकृति पनि लोप हुँदै गएको छ,” उनले भने। भवन जीर्ण हुँदा डराइडराइ बस्नुपरेको पोखरेल बताउँछन्। मन्दिरबारे स्थानीय तहले ध्यान नदिएको उनको गुनासो छ। मन्दिर परिसरमा स्थानीयवासीले फूलपाती र प्रसादको व्यापार गर्दै आएका छन्।

सुनसरीको दुहबीबाट पूजा गर्न आएकी सपना चौधरी आफू हरेक वर्ष साउनमा पिण्डेश्वरमा भगवान् शिवको पूजा गर्न आउने गरेको बताउँछिन्। उनी यहाँ गाईको दूध चढाउन आउँछिन्। “पहिलाभन्दा मन्दिर वरपर फोहाेर बढेको छ, शौचालय व्यवस्थित छैन,” चौधरीले भनिन्।

यस्तै विराटनगरबाट पूजा गर्न आएकी गीता कार्की आफ्नो लागि साउन महिना खास रहेको बताउँछिन्। साउनमै आफूलाई छोरी प्राप्ति भएकाले पिण्डेश्वरधाम आउने गरेको उनले बताइन्। साउनमा माछामासु नखाई भक्तजन पिण्डेश्वरमा पूजापाठ गर्न आउने गरेका छन्।

सुनसरीको खनारका दीपक थापा बेलाबेलामा परिवार र साथीभाइसँग पिण्डेश्वर आउने गरेको बताउँछन्। उनले यहाँ घुम्न आउनेका लागि पानी र शौचालयको राम्रो प्रबन्ध गर्नुपर्नेमा जोड दिए। मन्दिरमा भेटिनुभएकी विराटनगरकी सुष्मा पराजुली बर्सेनि पिण्डेश्वरधाममा आउने गरेको बताउँछिन्। “यहाँको दर्शन गर्दा मन आनन्दित हुन्छ, इच्छाएको कुरा प्राप्त हुन्छ,” उनले भनिन्। मन्दिरछेउमै ‘सरस्वती स्वभर पोखरी’ रहेको छ। सो क्षेत्रको संरक्षण भने हुन सकेको छैन, संरक्षणकाे पर्खाइमा रहेकाे बताइन्छ। (रासस)

लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?

सुत्केरी मसला कसरी बनाउने ?

२०७६, १८ मंसिर बुधबार १४:१२

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय स्वर्ण पूरा

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…

२०७६, १८ मंसिर बुधबार २०:३१

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्

२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल

२०७६, १८ मंसिर बुधबार १२:२८

लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ

२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!

२०७६, १८ मंसिर बुधबार १४:५४

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै

२०७६, १८ मंसिर बुधबार २१:४७

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा ७१ वर्षीय वृद्ध पक्राउ

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा…

२०७६, १८ मंसिर बुधबार १५:४६

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

१३ औं सागः नेपालको स्वर्ण संख्या २७ पुग्यो (तालिकासहित)

१३ औं सागः नेपालको स्वर्ण संख्या २७ पुग्यो (तालिकासहित)

२०७६, १८ मंसिर बुधबार १४:०२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९