भरतपुर – चितवनको माडी छुट्टै पहिचान बोकेको नगरपालिका हो। चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानुपर्ने माडीमा प्राकृतिक विविधता छ। यहाँका वैकुण्ठ ताल, सामेश्वर मन्दिर, गोद्धकलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्त्वपूर्ण छन्।

माडी प्राकृतिकसँगै सांस्कृतिक विविधता भएको ठाउँ हो। यहाँको वैकुण्ठ तालका विषयमा धेरै जानकार छन्। त्यो तालभन्दा माथि डेढ घन्टा पैदल हिँडेर पुग्न सकिने ‘धनलक्ष्मी छाँगा’का बारेमा माडीमै बस्ने पनि बेखबर छन्। झन्डै ६० मिटर उचाइबाट खस्ने छाँगालाई समेटेर यहाँको पर्यटकीय विकास गर्न माडी नगरपालिका अग्रसर भएको छ।

भरतपुर–माडी–ठोरी हुलाकी सडकको खरकट्टाबाट दक्षिणतर्फ उक्त छाँगो रहेको छ। खरकट्टाबाट ताल रहेको जङ्गलको छेउसम्म मोटर गुड्न सक्ने ३ किलोमिटर कच्ची बाटो छ। गाडीबाट झरेपछि झन्डै आधा घन्टा उकालो हिँडेर वैकुण्ठे ताल पुगिन्छ। जङ्गलको हरियालीको बीचमा रहेको सानो ताल र माथिबाट झरेको धनलक्ष्मी छाँगोका कारण ताल आकर्षक देखिन्छ।

“शतबीउ छर्ने बेलामा सर्वसाधारण पहिलादेखि नै यहाँ आउने गरेका छन्। अचेल धार्मिक कारणका साथै घुमफिरका लागि पनि ताल भएको ठाउँमा आउने गर्छन्,” माडी नगरपालिका–८ का वडाध्यक्ष कृष्ण अधिकारी भन्छन्। त्यहाँभन्दा माथि रहेको धनलक्ष्मी छाँगाको कसैल हेक्का राखेका थिएनन्। ताल वरपरको क्षेत्रमा बालाचतुर्दशीका दिन शतबीउ छर्ने चलन छ।

माडी–८ कान्तिपुर गाउँकी सावित्री रेग्मी घाँस दाउरा गर्न जाने गाउँलेबाहेक अरूलाई धनलक्ष्मी छाँगोका बारेमा थाहा नभएको बताउँछिन्। माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल वैकुण्ठ क्षेत्रलाई एकीकृत रूपमा विकास गर्ने योजना बनाएपछि धनलक्ष्मी छाँगासम्म पर्यटक पुर्‍याउन सकिने बताउँछन्।

वैकुण्ठ ताल र छाँगाको बीचमा दुई खोली दोभान छ। आकर्षक चट्टान पनि छ। वडाध्यक्ष अधिकारीले भने, “वैकुण्ठ ताल क्षेत्रमा फनपार्क, बुद्धको मूर्ति, बोटिङ गर्न मिल्ले ताल बनाउनेलगायत योजना छ।” वैकुण्ठ क्षेत्रको विकासका लागि सहरी विकास मन्त्रालयले समेत अग्रसरता लिएको छ। “हुलाकी सडकका पुल बन्दै छन्। बाटो बन्ने क्रममा छ,” ढकालले भने। (रासस)

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

२०७६, २९ आश्विन बुधबार २०:३४

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

२०७६, २९ आश्विन बुधबार २०:२५

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

२०७६, २९ आश्विन बुधबार १९:२१

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

२०७६, २९ आश्विन बुधबार १५:५३

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

२०७६, ३० आश्विन बिहीबार १२:५६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९