पर्वत – तुरतुरे ताल फुटेर गएको बाढीले बगाएको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा अवरुद्ध सडक सञ्चालनमा आउन करिब ३ हप्ता लाग्ने भएको छ। यस्तै पर्वत खण्डमा रोकिएको सडक विस्तारको काम छिट्टै सुचारु गरिने भएको छ।

बागलुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा रहेको तुरतुरे ताल फुट्दा सोमबार मध्यपहाडी लोकमार्गको २ सय मिटर सडक बगाएको थियो। सडकमा नयाँ ट्र्याक खोल्न करिब ३ हप्ता लाग्ने अनुमान गरिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ।

बाढीले बगाएको क्षेत्रमा नयाँ ट्र्याक खाेल्नुपर्ने भएकाले आगामी भदौ ५ गतेसम्म सडक सुचारु गर्न सकिने आयोजना कार्यालयका प्रमुख आशिष थापा मगरले बताए। पहिरो र बाढीले बगाएको सडकभन्दा १० मिटर माथिबाट नयाँ ट्र्याक खोल्ने काम शुरु गरिएको छ। उनले भने, “ट्र्याक खोल्ने ठाउँमा ठूलो ढुङ्गाको चट्टान भएकाले थप केही समय पनि लाग्न सक्छ, तत्कालका लागि अस्थायी ट्र्याक खोल्ने र पछि पुरानै ठाउँबाट सडक सञ्चालन गर्ने योजना छ।”

सदरमुकाम बागलुङ बजारदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकासम्मको सीधा सडक सम्पर्क टुटेको छ। पश्चिमको व्यापारिक केन्द्र बुर्तिवाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन ठप्प छन्। सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँबाट पश्चिम जाने सवारी साधन बडीगाड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन्।

यसैगरी लोकमार्गको पर्वत खण्डमा २ महिनादेखि रोकिएको सडक स्तरोन्नतिको काम पनि भदौको पहिलो सातादेखि पूर्णरूपमा सुचारु हुने भएको छ। असारपछि रोकिएको विस्तारको काम सुचारु गर्ने तथा तत्काल खाल्डा पुर्ने र अत्यावश्यक ठाउँमा मर्मत लगायतका काम शुरु गरिएको प्रमुख थापा मगरले बताए।

वर्षा शुरुभएपछि धेरै ठाउँमा पहिरो झरेको छ भने कटान गरिएका भीरमा जुनसुकै बेला पनि पहिरो खस्ने सम्भावना छ। सडकको पर्वतखण्डमा पर्ने कुस्मादेखि पातीचौरसम्म र डिमुवादेखि नयाँपुल खण्ड तथा कास्कीमा पर्ने नयाँपुलदेखि गिरीचोकसम्मको खण्ड पहिरोको उच्च जोखिममा छ। (रासस)

लोकप्रिय

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

२०७६, १२ माघ आईतवार २०:२३

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

२०७६, १३ माघ सोमबार १६:४६

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

२०७६, १३ माघ सोमबार १९:४६

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

‘वी विल मिस यु सन्दीप!’

‘वी विल मिस यु सन्दीप!’

२०७६, १३ माघ सोमबार ११:४४

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

२०७६, १३ माघ सोमबार १७:३५

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

२०७६, १२ माघ आईतवार १३:२१

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२०७६, १२ माघ आईतवार १७:५९

युद्धको घाउ नकोट्याएकै राम्रो

युद्धको घाउ नकोट्याएकै राम्रो

२०७६, १३ माघ सोमबार १७:३९

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

२०७६, १३ माघ सोमबार १३:५१

न्युजिल्याण्डविरुद्ध भारतको शानदार जित

न्युजिल्याण्डविरुद्ध भारतको शानदार जित

२०७६, १२ माघ आईतवार १५:५९

‘बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छ’

‘बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छ’

२०७६, १३ माघ सोमबार १९:०५

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

२०७६, १३ माघ सोमबार १५:१९

‘जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन’

‘जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन’

२०७६, १३ माघ सोमबार १७:०९