रुकुमपूर्व – पत्र आदानप्रदान लगायतका काममा लामो इतिहास बोकेको हुलाक सेवाको आजभोलि प्रभावकारिता घट्दै गएको छ। इन्टरनेट तथा विभिन्न सञ्चारमाध्यमको विकास र बढ्दो प्रयोगसँगै हुलाक सेवाको प्रभाकारिता घट्दै गएको हो।

अहिले सूचना प्रविधिले विश्वलाई साँघुरो बनाइसकेको छ। सूचना/प्रविधिको विकासले फड्को मार्दै जाँदा हुलाकमार्फत चिठीपत्र पठाउने प्रचलन हराउँदै गएको छ। शहरदेखि गाउँगाउँसम्म टेलिफोन, इन्टरनेट, फ्याक्स हुँदै अहिले आएर सबैको हातहातमा मोबाइल फोन भएपछि मानिसको हुलाकप्रतिको लगाव घट्दै गएको हो।

फेसबुक च्याट, भाइबर, स्काइपबाट प्रत्यक्ष रूपमा कुराकानी गर्न सकिने हुँदा हुलाकको प्रभावकारिता घटेको बताइन्छ। केही वर्षअघिसम्म सूचना आदानप्रदानको महत्त्वपूर्ण माध्यम मानिने हुलाकसँग अहिले न्यून मात्रामा सेवाग्राही छन्। पछिल्लो पुस्ताका कतिपयले त हुलाक भनेको के हो भन्ने पनि थाहा पाउँदैनन्। घरायसी तथा व्यक्तिगत चिठीपत्र पठाउने काम ह्वात्तै घटेपछि अहिले सरकारी कार्यालयको चिठीको भरमा रुकुम (पूर्व)को इलाका हुलाक कार्यालय सञ्चालन भइरहेको छ।

केही वर्ष अघिसम्म रुकुम (पूर्व)मा हुलाकको निकै महत्त्व मानिन्थ्यो। भौगोलिक विकटताले पछि परेको जिल्ला रुकुम (पूर्व)मा रेडियो, एफएम बढी सुनिन्थ्यो। पहिले मानिसहरूले इलाका हुलाक कार्यालय रुकुमकोटबाट रुकुम, रोल्पा, सल्यान, जाजरकोट, सुर्खेतलगायत विभिन्न ठाउँका रेडियोहरूमा कार्यक्रमका लागि रचना, सन्देश, सल्लाहसुझाव हुलाकमार्फत नै पठाउने गरेको इलाका हुलाक कार्यालय रुकुम (पूर्व)का हल्कारा ऋषिराम आचार्यले बताए।

सूचना आदानप्रदानका लागि रुकुमकोट इलाका हुलाक कार्यालय गाउँ अनि शहर, स्वदेश अनि विदेश, एक अनि अर्काको सेतु बनेको थियो। ५/७ वर्ष अघिसम्म महिनामा २ हजार चिठीपत्र आउने गरेकोमा अहिले ५०/६० वटा मात्र हुलाकमार्फत आउने गरेको हल्कारा आचार्यले बताए।

सङ्घीयताले जन्माएको नयाँ तथा प्रदेश नं. ५ को एकमात्र हिमाली जिल्ला रुकुम (पूर्व)मा रहेको इलाका हुलाक कार्यालय डेढ वर्षदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको छ। २०७४ भदौ ५ गते रुकुम (पूर्व)ले छुट्टै जिल्लाको मान्यता पाएको थियो। विस्तारै जिल्लामा सरकारी कार्यालयको स्थापना हुँदै गर्दा पहिले इलाका हुलाक कार्यालय बसेको ठाउँमा जिल्ला समन्वय समिति बसेपछि २०७४ चैतदेखि भाडाको घरबाट कार्यसम्पादन गर्न थालेको हल्कारा आचार्यले बताए।

उनका अनुसार दुईवटा कोठा भाडामा लिएर कार्य सम्पादन भइरहेको छ। यसको घरभाडा जिल्ला हुलाक कार्यालय रुकुम (पश्चिम)ले मासिक रु. ५ हजार तिरिदिँदै आएको छ। कार्य सम्पादनका लागि दुईवटा कोठा पर्याप्त नभएको उनको भनाइ थियो। कोठा अभावका कारण दर्ता, डाँकफाँट, प्रसारण फाँट एउटै कोठामा सञ्चालन गर्नुपरेको बताउँदै कर्मचारीको पनि अभाव रहेको उहाँले बताए।

इलाका हुलाक कार्यालयलाई जिल्ला हुलाक कार्यालय बनाउनका लागि सञ्चार मान्त्रालयमा माग गरेको र अहिले विभाग, अर्थ मन्त्रालय हुँदै सामान्य प्रशासनमा कुरा चलिरहेको हल्कारा आचार्यले बताए। (रासस)

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२