रसुवा – हरेक वर्ष झैँ यस वर्ष पनि जनैपूर्णिमा नजिकिँदै गर्दा गाेसाइँकुण्ड जानेहरूकाे भीड लाग्न थालेकाे छ। जनैपूर्णिमामा देवीदेवताका मन्दिर तथा तीर्थस्थलहरूमा गइ जनै लगाउने प्रचलन बढ्दै गएकाे छ। यस अवसरमा यहाँ विशेष गरेर बर्सेनि यहाँ मेला लाग्ने गर्छ।

गाेसाइँकुण्ड मेलामा तीर्थ गर्न जाने यात्रुका लागि उपचार सेवा प्रदान गर्न धार्मिक क्षेत्रका तीन स्थानमा शनिबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमका अनुसार आकस्मिक रूपको प्राथमिक उपचार सेवाका लागि गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घ, चोलाङपाटीमा नेपाली सेना कालीजङ्ग गण र चन्दनबारीमा पाटन अस्पताल मातहतको अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिर्सज युनिट नेपालले स्वास्थ्य शिविर सञ्चालन गरी सेवा प्रदान गर्न थालिसकेका छन्।

समुद्री सतहदेखि १४ हजार १ सय फिटको उचाइमा अवस्थित पवित्र धार्मिक एवं पौराणिक गोसाइँकुण्ड मेलामा स्नान र पूजाआजाका लागि १५ हजार भक्तजन निलाद्री पर्वत पुग्ने लक्ष्यका साथ प्राथमिक उपचारको साथै उद्धार समेतको व्यवस्था मिलाइसकिएकाले गोसाइँकुण्डको यात्रा गर्न सम्पूर्ण तीर्थालुसमक्ष आग्रह गरिएको अध्यक्ष डीएमले बताए।

दुई दशकदेखि पवित्र तीर्थको बढी लेक लाग्ने स्थानमै शिविरको माध्यमबाट अक्सिजनसहितको उपचार सेवा दिँदै आएको हिमालय उद्धार सङ्घले यस वर्ष ६ दक्ष चिकित्सक सहितको टोली परिचालन गरेकाले आकस्मिक उपचार सेवामा कुनै कमी नआउने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

कुनै यात्रुलाई लेक लाग्ने समस्या आइहालेमा नेपाली सेना लगायतका सुरक्षा अङ्गद्वारा तुरून्तै उद्धार गरी होचो भू–भागमा पुर्‍याउने व्यवस्थासमेत मिलाइसकिएको बताइएको छ। यही २६ गते आइतबारदेखि ३० गते जनैपूर्णिमाको दिनसम्म विशेष मेलामा टाढा–टाढाबाट आउने तीर्थयात्रीका लागि उद्धारको सहयोग निर्वाध रूपले हुने स्थानीय प्रशासनले जनाएको छ।

यात्रुलाई खान तथा बस्न धुञ्चेको तिवारीबगरदेखि गोसाइँकुण्डसम्म ८५ अस्थायी छात्रा (थर्कु) र स्थायी रूपका पक्की १७ होटल सञ्चालनमा रहेको बताइएको छ। यात्रुको सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था मिलाई सुरक्षाकर्मीसमेत परिचालन भइसकेको बताउँदै जिल्ला प्रहरी प्रवक्ता प्रहरी इन्स्पेक्टर ओमप्रसाद वाग्लेले सुरक्षाको थप जानकारीका लागि नजिकको प्रहरी बिट वा जिल्ला प्रहरी कार्यालय रसुवाको टेलिफोन नम्बर ०१०–५४०१९९ टोल फ्री नम्बर १००, प्रहरी प्रवक्ताको मोबाइल नं ९८५१२५४९६० र ट्राफिक प्रहरीको मोबाइल नं ९८५१२८२६६८ मा सम्पर्क राख्न सम्पूर्ण यात्रुमा आग्रह गरिएको बताए। (रासस)

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न

‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न

२०७६, ३२ श्रावण शनिबार १३:०४

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

इन्साफ

इन्साफ

२०७६, ३२ श्रावण शनिबार १२:००

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३