बाजुरा – सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका धार्मिक यात्रा शुभारम्भ भएको छ। साउन २९ गते जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेलाका लागि धार्मिक यात्रा औपचारिक शुभारम्भ भएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए।

बडिमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गरेको छ। समुद्री सतहबाट चार हजार २ सय १६ मिटर उचाइमा रहेको बडिमालिका पुग्न तीर्थालुहरुलाई मार्तडीबाट तीन दिन लाग्ने गरेको छ। दूरीका हिसाबले दुई दिनमा पुगिने भए पनि धार्मिक मान्यताअनुसार तीन दिन लगाएर पुग्ने मान्यता छ। हरेक वर्षको साउन–भदौमा पर्ने बडिमालिका मेलामा झरी होस् कि वर्षा जे भए पनि भक्तजनहरुले त्यसको प्रवाह नगरी यात्रा गर्ने गर्दछन्।

 

१४ हजार फिट उचाइमा रहेको बडिमालिकाको यात्रालाई धार्मिकरूपमा महत्वपूर्ण मानिन्छ। आस्था बोकेर गएकाहरुले यात्रा अवधिको थकाइ भुल्ने गरेका छन्। बडिमालिकाको सुन्दरता र आस्थाले थकाइदेखि अन्य सबै प्रकारका कष्टहरु बिर्सिने गरेको बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले बताए। नगरपालिकाबाट पनि यो वर्ष विशेष टोली जाने भएको छ। बडिमालिका मन्दिर क्षेत्र भने त्रिवेणी नगरपालिकामा पर्छ।

बडिमालिका पूजाआजाको परम्पराअनुसार छिमेकी जिल्ला अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी टोली पूजासहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान भइसकेका छन्। सरकारी टोली डोटीबाट १२ र जुम्लाबाट १० दिनपूर्व नै प्रस्थान गर्ने धार्मिक मान्यता छ। हिँडेरै पुग्नुपर्ने विश्वास रहे पनि हाल सवारीसाधनको प्रयोग गरेर आउने गरेका छन्। अछामको वैद्यनाथबाट समेत त्यस क्षेत्रमा फलेको धानको बाला बडिमालिकामा चढाउने परम्पराअनुसार एक टोली १० दिनअघि प्रस्थान गरिसकेको छ।

सोही मान्यताअनुसार जिल्लाभित्रका तीर्थयात्री त्यसतर्फ तीन दिनअघिदेखि हिँड्न थालेका हुन्। उचित सुरक्षा व्यवस्थासहित प्रहरी टोली पनि खटिने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डीएसपी उद्धवसिंह भाटले बताए। जिल्ला अस्पतालबाट औषधिसहितको टोली पनि जाने तयारी गरिएको कार्यालय प्रमुख डा.रुपचन्द्र विश्वकर्माले जानकारी दिए। मागेको बरदान पूरा हुन्छ भन्ने विश्वासले बडिमालिकाको धार्मिक महिमा बढाएको भक्तजन बताउँछन्।

स्कन्दपुराणमा उल्लेख भएअनुसार मल्लागिरी पर्वतमा सतीदेवीको बायाँ अङ्ग पतन भएको थियो। यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका एक प्रमुख शक्तिपीठका रूपमा स्थापित भएको हो। मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरताले बडिमालिकाको महत्व अझ बढाएको छ। त्यस क्षेत्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा बाह्य पर्यटक यसैबेला बडिमालिका पुग्ने गर्छन्। २२ पाटन, त्रिवेणी र खेतीबेती बडिमालिकाका मुख्य आकर्षण हुन्।

करीब १४ हजार फिट उचाइका समथर हरिया फाँट र ती फाँटमा फुलेका दर्जनौँ प्रजातिका फूलको रमणीयताले बडिमालिका प्रकृतिको अनुपम उपहार अनुभव हुने त्रिवेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले बताए। देश–विदेशबाट पनि तीर्थालु पुग्ने गर्दछन्। बडिमालिकामाईको दर्शनका लागि विशेषगरी बाजुरा, बझाङ, अछाम, डोटी, कैलाली, डडेल्धुरा, बैतडी, जुम्ला, कालिकोट, हुम्लाबाट तीर्थालु पुग्ने गर्दछन्।

काठमाडौँ, भारतको गडवाललगायतका ठाउँबाट पनि दर्शनार्थी आउने गरेको मेला व्यवस्थापन समितिले जनाएको छ। बडिमालिकामाईको पूजा गर्दा र बर माग्दा चाहेको कुरा पूरा हुने विश्वास रहेको छ। (रासस)

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७