काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ८४ बिन्दुले घटेर एक हजार २ सय ३३ दशमलव ७१ बिन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ४० बिन्दुले घटेर २ सय ६७ दशमलव ६० बिन्दुमा पुगेको छ।

नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तैमा समेटिएको छ। कूल १ सय ६६ कम्पनीको ११ लाख ४५ हजार ५सय ७ कित्ता शेयर रू ३१ करोड १७ लाख ५६ हजार ८ सय ५६ मूल्यमा खरीद बिक्री भएको छ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ। व्यापार १३ दशमलव ७७, होटल १६ दशमलव ४६, वित्त १ दशमलव २५, अन्य १ दशमलव ८८ र सामूहिक लगानी कोष शून्य दशमलव २ बिन्दुले बढेको छ।

यस्तै बैंकिङ ५ दशमलव ३, विकास बैंक ४ दशमलव २९, जलविद्युत् ८ दशमलव ८४, निर्जीवन बीमा ३२ दशमलव १९, उत्पादन १४ दशमलव ७३, लघुवित्त ६ दशमलव ६ र जीवन बीमा ३७ दशमलव ६६ बिन्दुले घटेको छ। स्टकका अनुसार कारोवारका आधारमा आज रसुवागढी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको कूल रू चार करोड ५९ लाख ५९ हजार ४ सय ६८ बराबरको शेयर कारोवार भयो।

यस्तै साञ्जेन जलविद्युत् कम्पनीको रू दुई करोड ७९ लाख ९७ हजार १ सय १४, नेपाल इन्भेस्टमेन्ट बैंक रू एक करोड ३७ लाख ३८ हजार ५ सय ३१, नेपाल बैंक लिमिटेड रू एक करोड १८ लाख ४४ हजार ७ सय ६६, कृषि विकास बैंक रू एक करोड १० लाख ८३ हजार ३९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रू एक करोड सात लाख ६३ हजार २ सय ७६ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको छ।

स्टकका अनुसार साल्ट टेड्रिङ कर्पोरेशन ९ दशमलव ११ स्वाभिमान लघुवित्त वित्तीय संस्था ५ दशमलव ५५, सिर्जना फाइनान्स ४ दशमलव ३०, साञ्जेन जलविद्युत् कम्पनी ४ दशमलव २, मल्टीपर्पोज फाइनान्स कम्पनी ३ दशमलव ६४ र यूनिभर्सल पावर कम्पनीका शेयरधनीले २ दशमलव ३३ प्रतिशतले कमाएका छन्।

यस्तै एनसिसि बैंक ९ दशमलव ९१, जोशी हाइड्रोपावर ८ दशमलव १०, पाँचथर पावर ८ दशमलव २, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ४ दशमलव ४८, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४ दशमलव १३, आशा लघुवित्त ३ दशमलव ५५ र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ३ दशमलव ५२ प्रतिशतले गुमाएका छन्। (रासस)

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

२०७६, २९ आश्विन बुधबार २०:३४

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

२०७६, २९ आश्विन बुधबार २०:२५

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

२०७६, २९ आश्विन बुधबार १९:२१

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

२०७६, २९ आश्विन बुधबार १५:५३

पशुपतिनाथमा करिब ४५ किलो सुन !

पशुपतिनाथमा करिब ४५ किलो सुन !

२०७६, २९ आश्विन बुधबार ०७:०१

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

अन्यौलमा सिजनको पहिलो ‘एल क्लासिको’

२०७६, ३० आश्विन बिहीबार १२:५६

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

१३ हजार घुससहित असइ पक्राउ

१३ हजार घुससहित असइ पक्राउ

२०७६, ३० आश्विन बिहीबार १५:५८