विराटनगर – सुनसरीको इटहरीस्थित यतायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र शाखामा आइतबारदेखि टोकन मेशिन सञ्चालनमा ल्याइएको छ। प्रदेश–१ को भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यालयलाई उपलब्ध गराएको मेशिन आइतबार औपचारिक कार्यक्रम गर्दै सञ्चालनमा ल्याइएको हो।

प्रदेश सरकारका प्रमुख सचिव सुरेश अधिकारीले सेवाग्राहीलाई टोकन हस्तान्तरण गर्दै मेशिनको उद्घाटन गरे। उनले सेवाग्राहीलाई स्मार्ट सेवा प्रदान गर्ने उद्देश्यस्वरुप टोकन मेशिन सञ्चालनमा ल्याइएको बताए।

प्रमुख सचिव अधिकारीले यातायात व्यवस्था कार्यालयको सेवा कार्यालयहरू उदयपुर र इलाममा खोल्ने क्रम जारी रहेको बताउनुहुँदै छिट्टै धनकुटाबाट समेत लाइसेन्स वितरण शुरू गरिने बताए। उनले विभिन्न ठाउँका सेवाग्राहीलाई आफूलाई पायक पर्ने स्थानमै सेवा दिने पद्धतिको विकास गरिसकिएको प्रष्ट पारे। उनले भन, ‘सेवाग्राहीलाई मध्यनजर गर्दै पायक पर्ने ठाउँमै सेवाको विस्तार गरिँदै लगिएको छ। अब छिट्टै सहज रूपले लाइसेन्स प्राप्त गर्न सक्नुहुनेछ।’

यतायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र शाखाकी बिन्दा नेपालले कार्यालयले प्रदान गर्ने सेवाहरूलाई जनमुखी र स्मार्ट बनाउने नीतिअनुरुप विभिन्न प्रकारका सुधारका कामहरू गर्न लागिएको जानकारी दिइन्। उनले टोकन मेशिन सञ्चालनमा आएपछि लाइसेन्सका लागि बायोमेट्रिक दिन आउने सेवाग्राहीले घण्टौँ लाइनमा लाग्नुपर्ने बाध्यता हटेको बताइन्।

भौतिक पूर्वाधार विकास मन्त्रालयले ७ लाखको लागतमा टोकन मेशिन खरिद गरी यातायात व्यवस्था कार्यालय झापा र सुनसरीलाई प्रदान गरेको हो।

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

अमेरिका–उत्तर कोरिया वार्ता तत्कालै सम्भवत नहुने

२०७६, ३१ भाद्र मंगलवार १७:३०

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

ईपीएलको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल ‘डी स्पोर्ट्स’मा

२०७६, ३१ भाद्र मंगलवार १६:००

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ टिमले गर्याे रंगशाला निर्माणमा सहयोग

२०७६, ३१ भाद्र मंगलवार १४:०७