विराटनगर – कोशी टप्पु वन्यजन्तु आरक्षको चरण क्षेत्रमा मरेका चौपायामा प्राणघातक रोग एन्थ्रेक्सको जिवाणु फेला परेको छ। आरक्षको घाँसे मैदानमा बिहीबार मरेका ४४ वटा चौपायाको रगतको नमूना परीक्षणका क्रममा एन्थ्रेक्सको जिवाणु रहेको पाइएको हो।

पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरका डा. सञ्जयकुमार यादवले आरक्ष क्षेत्रमा मरेका चौपायाको रगतको नमूना परीक्षणका क्रममा स्वाइल वर्न डिजिज अर्थात एन्थ्रेक्सको जिवाणुु फेला परेको जानकारी दिए। उक्त जिवाणु माटोमा रहने र घाँसको तल्लो भागसम्मै खाने पशुहरुमा सहजै रोग सर्ने गर्दछ। मरेका पशु छुँदा, स्वास लिँदा र जिवाणु रहेको स्थानको वरपर घाउचोट लागेका मानिस पुग्दा जिवाणु शरीरमा प्रवेश गर्नसक्ने सम्भावना प्रवल हुने पशु चिकित्सकहरुले बताएका छन्।

विराटनगरस्थित ल्याबबाट परीक्षणका क्रममा एन्थ्राक्स प्रमाणित भइसकेको बताउने डा. यादवले सोही अनुरुपको रिपोर्ट केन्द्रीय ल्याब काठमाडौंमा पठाइएको बताए।

एन्थ्राक्स मानिसमा समेत सर्नसक्ने भएकाले बेलैमा सावधानी अपनाउनु पर्ने उनले बताए। आरक्ष भित्रको चरण क्षेत्रमा एन्थ्रेक्सको जिवाणु भेटिएसँगै कोशी टप्पु वन्यजन्तु आरक्ष भित्रका अर्ना सहितका संरक्षित जनावरको अस्तित्वमा खतरा उत्पन्न हुनसक्ने सम्भावनातर्फ समेत सचेत रहनुपर्ने पशु चिकित्सकहरुले बताएका छन्।

एन्थ्रेक्सको जिवाणु भेटिएको भन्ने विषयलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले समेत स्वीकार गरेका छन्। एन्थ्रेक्सको जिवाणु पशु तथा मानवका लागि समेत घातक हुने भएकाले प्रदेश सरकारसहित पशु निर्देशनालय र मातहतका कार्यालयमा जानकारी गराइएको प्रजिअ राउतले बताए।

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

लागुऔषधसहित दुईजना पक्राउ

लागुऔषधसहित दुईजना पक्राउ

२०७६, ५ माघ आईतवार २०:१७

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

कमजोर व्यवस्थापनका कारण ठाकुरराम बदनाम: विद्यार्थी नेता वर्णवाल

कमजोर व्यवस्थापनका कारण ठाकुरराम बदनाम: विद्यार्थी नेता वर्णवाल

२०७६, ५ माघ आईतवार १२:२७

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

नेपाली सिनेमामा समावेश लोकगीतबारे यस्तो चर्चा

नेपाली सिनेमामा समावेश लोकगीतबारे यस्तो चर्चा

२०७६, ५ माघ आईतवार १८:०६

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९