बुटवल – प्रदेश ५ मा पनि सोमवार सार्वजनिक बिदा हुने भएको छ। आन्तरिक मामिला मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै इस्लाम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिइएको जनाएको छ।

संघीय सरकारले तोकेबाहेक प्रदेश ५ मा बकर इद, माघी र माघे संक्रान्तिमा दुई दिन, प्रदेश स्थापना दिवस फागुन ३ गते एक दिन बिदा दिने यसअघि नै निर्णय भइसकेको छ। इदको पनि यसअघिकै निर्णय कार्यान्वयन हुने प्रदेश ५ सरकारका प्रवक्ता वैजनाथ चौधरीले जनाकारी दिए।

यसैबीच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अजाहा (बकर इद) पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

‘विभिन्न जाति र समुदायका पर्व र उत्सवले हाम्रो मुलुक रंगिएको छ। कुनै जाति विशेषले मनाउने पर्व र उत्सव अहिले सबैका साझा पर्व भएका छन्। समुदाय विशेषका पर्व साझा बन्दै जानु विविधतायुक्त समाजका लागि सुखद विषय हो,’ मुख्यमन्त्री पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सद्भाव, भ्रातृत्व र मेलमिलापको वातावरण बनाएर मुलुकलाई एकताको मालामा बाँध्न यी पर्वले महत्वपूर्ण भूमिका खेलेका छन्।’

‘बकर इदले पनि सद्भाव र भाइचारा बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ। बकर इदको सांस्कृतिक महत्व र यसले दिने सन्देशलाई समाजमा प्रवाह गरी नेपाली समाजमा एकता, सद्भाव र मेलमिलाप अझै बढाउनआवश्यक छ,’ विज्ञप्तिमा उल्लेख छ।

लोकप्रिय

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

२०७६, २४ मंसिर मंगलवार ०७:१५

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा

२०७६, २२ मंसिर आईतवार १९:०९

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

२०७६, २२ मंसिर आईतवार १५:५८

आगलागीबाट २६ लाख बराबरको क्षति

आगलागीबाट २६ लाख बराबरको क्षति

२०७६, २३ मंसिर सोमबार २०:५१