भारत – सोमवारको ईद उल अज्हा पर्वको अगाडि भारतीय अधिकारीहरूले कश्मीरमा पुनस् सुरक्षा कडिकडाउ गरेका छन्। भारत प्रशासित कश्मीरको मुख्य शहर श्रीनगर पुन पूर्ण बन्दको अवस्थामा छ।

गत दुई दिन यता खुकुलो पारिएको कर्फ्यु अज्ञात कारणले फेरि कडिकडाउ पारिएको छ। आइतवार बेलुकी सडकमा कुनै मानिस वा सवारीसाधन देखिएनन्।

मुसलमान बहुल जम्मू-कश्मीर क्षेत्रमा खटाइएका दशौँ हजार थप फौज गस्तीमा छन्। फोन लाइन तथा इन्टरनेट काटिएको एक साता भएको छ। बिहीवार प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरीहरूलाई ईद उल अज्हा पर्व मनाउन सहज पारिदिने वाचा गरेका थिए। त्यहाँ सोमवारबाट सो पर्व सुरु हुँदैछ।

सबैको आँखा

जम्मू कश्मीरलाई विशेष हैसियत दिने संविधानको धारा ३७० हटाउने भारत सरकारको निर्णयपश्चात् पूरै विश्वको आँखा भारत प्रशासित कश्मीरको स्थितिमा परेको छ।

सोमवार त्यहाँ इद पर्व छ र प्रशासनले कतिपय इलाकामा कर्फ्यु खुकुलो पारेको थियो। त्यहाँस्थित बीबीसी सम्वाददाता आमिर पीरजादाले कर्फ्यु खुकुलो पारेपछि सडकमा केही चहलपहल देखिएको बताएका थिए।

उनले भने, सोमवारको ईदको किनमेल गर्न सबैजना बाहिर निस्किएका थिए। गाडी चलेका थिए। आइतवार करिब १२ बजेसम्म सडकमा निकै आवतजावत रहेको र कतिपय स्थानमा त ट्राफिक जाम पनि भएको उनले बताए।

तर १२ बजेपछि अचानक पुनस् कडिकडाउ गरियो। सुरक्षा बलले फेरि सडकमा ब्यारेकेड अवरोध खडा गर्न थाले र मानिसको चहलपहल स्वात्तै घट्यो,पीरजादाले बताए।

सूचना बन्द

त्यहाँ अहिले पनि सूचना प्राप्त गर्ने साधन प्राय छन्। कसैसँग पनि के भइरहेको छ भनेर कुनै जानकारी छैन। शुक्रवार श्रीनगरको सौरा क्षेत्रमा नमाज प्रार्थनापश्चात् विरोध प्रदर्शन भयो। तर, भारत सरकारले अवस्था नियन्त्रणमा रहेको र कतैपनि ठूलो विरोध प्रदर्शन नभएको बताएको छ।

जम्मू-कश्मीर प्रहरीले ट्वीट गरेर प्रहरीका तर्फबाट एउटा पनि गोली नचलाइएको बताएको छ। प्रहरी प्रमुखले एक विज्ञप्ति जारी गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कश्मीरमा गोलीबारी भएको समाचार प्रसारण गरेको भएपनि त्यो पूरै गलत भएको जनाएका छन्।

ईद कसरी मनाउने ?

यस्तो वातावरणमा अब त्यहाँ ईद कसरी मनाउने भन्ने प्रश्न उब्जिएको छ। बीबीसी सम्वाददाता रियाज मसरूरका अनुसार अघिपछि ईदको नमाज त्यहाँको जामा मस्जिदमा पढिन्थ्यो।

त्यसका अतिरिक्त ईदगाह वा ठूला मैदानमा पनि नमाज पढिन्थ्यो। रियाजले भने, अनन्तनाग, शोपियाँ, बाँदिपुरा, कुपवाडाजस्ता ठाउँमा ठूल्ठूला मैदानमा नमाज पढिन्थ्यो। तर यसपालि सायद घरघरमै वा बस्तीभित्रै नमाज पढ्ने अनुमति दिइन्छ। बीबीसी

लोकप्रिय

पक्राउ परे गुण्डा साजन गुरुङ

पक्राउ परे गुण्डा साजन गुरुङ

२०७६, २७ भाद्र शुक्रबार १८:००

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

मेस्सी टिममा फर्कनेमा अझै शंका

मेस्सी टिममा फर्कनेमा अझै शंका

२०७६, २७ भाद्र शुक्रबार ११:१४

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

२०७६, २७ भाद्र शुक्रबार १५:२९

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

पहिरोको कारण एकको मृत्यु, चार घाईते

पहिरोको कारण एकको मृत्यु, चार घाईते

२०७६, २७ भाद्र शुक्रबार १२:१७

प्रेममाथी एक गजल

प्रेममाथी एक गजल

२०७६, २७ भाद्र शुक्रबार १३:३९

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

२०७६, २७ भाद्र शुक्रबार १८:१९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

स्वास्थका लागि ३० दिन उठबस

स्वास्थका लागि ३० दिन उठबस

२०७६, २७ भाद्र शुक्रबार १८:३०

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

२०७६, २७ भाद्र शुक्रबार १६:५९

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

२०७६, २८ भाद्र शनिबार १६:२५