हाङचाउ (चीन) –  चीनमा शनिबार आएको ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ। यस आँधीमा परी अझै पनि १६ व्यक्ति बेपत्ता रहेकाे स्थानीय अधिकारीहरूले बताएका छन्।

लेकिमालाई यस वर्ष आएको नवौँ आँधी भनिएको छ। यस भीषण आँधीबाट झेजिआङका करिब ६६ लाख ८० हजार नागरिक प्रभावित भएका सोमबार प्राप्त समाचारमा जनाइएको छ। तीमध्ये १२ लाख ६० हजार नागरिक विस्थापित भएका छन्। उनीहरूलाई उद्धार गरी सुरक्षितस्थलतर्फ लगिएको थियो। यस आँधीबाट २४.२२ अर्ब युआन प्रत्यक्ष रूपमा आर्थिक हानि भएको बताइएको छ।

यस आँधीबाट २ लाख ३४ हजार हेक्टर जमिनको बालीनाली नष्ट भएको पनि प्राप्त एक समाचारमा जनाइएको छ। स्थानीय समयअनुसार शनिबार दिउँसो १ः४५ बजे झेजिआङ प्रान्तको बेन्लिङ शहरमा लेकिमाको प्रवेश भएको थियो। त्यसैगरी आइतबार राति ८ बजे शानडोङ प्रान्तको किङ्गडाओमा सो आँधी प्रवेश भएको थियो।

लेकिमाबाट शानडोङमा ५ व्यक्तिको मृत्यु हुनाका साथै अन्य ७ जना स्थानीय बेपत्ता भएका छन्। यस आँधीबाट सो प्रान्तमा १६ लाख ६० हजार व्यक्ति प्रभावित भएका छन्। सो प्रान्तमा सोमबार बिहानसम्म १ लाख ८३ हजार ८ सय आँधी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको प्रान्तीय सङ्कटकालीन व्यवस्थापन विभागले जनाएको छ। (रासस/सिन्ह्वा)

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

लागुऔषधसहित दुईजना पक्राउ

लागुऔषधसहित दुईजना पक्राउ

२०७६, ५ माघ आईतवार २०:१७

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

कमजोर व्यवस्थापनका कारण ठाकुरराम बदनाम: विद्यार्थी नेता वर्णवाल

कमजोर व्यवस्थापनका कारण ठाकुरराम बदनाम: विद्यार्थी नेता वर्णवाल

२०७६, ५ माघ आईतवार १२:२७

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

नेपाली सिनेमामा समावेश लोकगीतबारे यस्तो चर्चा

नेपाली सिनेमामा समावेश लोकगीतबारे यस्तो चर्चा

२०७६, ५ माघ आईतवार १८:०६

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९