विराटनगर – रतुवामाई नगरपालिकाको ६ नं वडास्थित सौठामा बीपी नेत्र प्रतिष्ठानको आँखा, नाक, कान र घाँटीसम्बन्धी उपचार सेवा सोमबारबाट शुरू भएको छ। रतुवामाई नगरपालिकाका मेयर रविन राईले एक कार्यक्रमका बीच उपचार सेवाको उद्घाटन गरेका हुन्।

कार्यक्रममा मेयर राईले उपचार सेवाको शुरुवातीसँगै मोरङको रतुवामाई नगरवासीलगायत सो भेगका जनता आँखा, नाक, कान र घाँटीसम्बन्धी सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको दाबी गरे।

उनले यसलाई विस्तार गर्दै आँखा, नाक, कान र घाँटीसम्बन्धी जटिल किसिमको उपचार गर्ने पनि बताए। त्यस्तै, प्रतिष्ठानलाई अपाङ्गता पुनर्स्थापना केन्द्रको रूपमा समेत विकास गरिने मेयर राईले जानकारी दिए।

कार्यक्रममा बीपी नेत्र प्रतिष्ठान स्थानीय निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष खड्ग चोङवाङले प्रतिष्ठानको निर्माणाधीन संरचना सम्पन्न गरी अझ सुविधासम्पन्न र सहज ढंगले उपचार सेवा प्रदान गर्ने बताए।

बीपी नेत्र प्रतिष्ठानको अस्पतालको स्थापनाका लागि स्थानीय बासिन्दाहरूले १६ कट्ठा जग्गा उपलब्ध गराएको स्थानमा संरचना निर्माण सम्पन्न नभइन्जेलका लागि प्रतिष्ठानले सौठास्थित नेपाल रेडक्रस सोसाइटीको भवनबाट सेवा सञ्चालन गर्नेेछ । सुलभ रूपमा उपचार सेवा सञ्चालन भएपछि रतुवामाई नगरवासी हर्षित भएका छन्।

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२