काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले जीवनोपयोगी शिक्षा दिएर युवालाई मुलुकको विकासका लागि लगाउनुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले आज (साेमबार) यहाँ आयोजना गरेको ‘राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’मा उनले युवालाई व्यावहारिक शिक्षा दिनुपर्नेमा जोड दिए।

विश्वभर आज ‘शिक्षामा रूपान्तरण’ र नेपालमा ‘शिक्षामा रूपान्तरण : उद्यमशीलता र नवप्रवर्तन’ भन्ने नाराका साथ सो दिवस मनाइएको छ। “अहिलेसम्म जीवन उपयोगी शिक्षा नभएर युवा पढेर पनि बेरोजगार भएका छन्,” उनले भने, “अब प्राविधिक तथा व्यावसायिक जस्ता जीवनोपयोगी शिक्षातर्फ जोड दिनुपर्छ।”

रक्षामन्त्री पोखरेलले उत्पादन, श्रम र रोजगारसँग जोडिएको शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गदै सरकार त्यस्तो खालका शिक्षा दिन केन्द्रित रहेको बताए। उनले बाध्यताले विदेश जानुपर्ने स्थितिलाई बदल्नुपर्ने उल्लेख गरे। नेपालमा पहिलोपटक सन् २००४ बाट विभिन्न सङ्घसंस्थाको आयोजनामा दिवस मनाउन थालिएको हो।

युवाका सबाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रमहरू हुँदै आएको छ। कार्यक्रममा युवा तथा खेलकु मन्त्री जगतबहादुर विश्वकर्माले विकासको मेरुदण्ड युवा भएकाले राष्ट्र निर्माणको दिशामा युवालाई परिचालन गर्नुपर्ने बताए।

युवालाई श्रम, उत्पादन र स्वरोजगारसँग जोड्न सके मात्र मुलुकको विकास हुने मन्त्री  विश्वकर्मा बताउँछन्। “युवाका आकांक्षा धेरै नै रहेका छन्। ती आकांक्षालाई पूरा गर्नका लागि युवालाई राष्ट्र निर्माणमा परिचालन गर्नुपर्छ,” उनले भने, “युवालाई राष्ट्र निर्माणमा परिचालन गर्नका लागि यस वर्ष युवा परिचालन वर्ष घोषणासमेत गरिएको छ।”

कार्यक्रममा प्रतिनिधि सभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले युवाले मुलुकमा रहेका प्राकृतिक स्रोत साधनलाई सही सदुपयोग गर्न सके विकासमा फड्को मार्न सकिने धारणा व्यक्त गरे। उनले युवाद्वारा नै राजनीतिक परिवर्तन सम्भव भएकाले अब समाज, घर, जीवन परिवर्तन गर्ने जिम्मा युवाको काँधमा रहेको बताए।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले सार्वजनिक शिक्षामा रूपान्तरण गरेर युवालाई सक्षम बनाउनुपर्ने बताए। “यस वर्षको नारा पनि शिक्षासँग सम्बन्धित छ। शिक्षालाई रूपान्तारण गर्दै युवालाई उद्यमशीलतासँग जोड्न आवश्यक छ,” उनले भने, “युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ।”

दिवसका अवसर पारेर युवा मन्त्रालय, परिषद् र विभिन्न युवाका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले आज बिहान प्रभातफेरी निकालेका थिए। भृकुटीमण्डपदेखि भद्रकाली, रत्नपार्क हुँदै दिवस आयोजनास्थल नेपाल प्रज्ञा–प्रतिष्ठानसम्म पुगेको थियो।

विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कुल ४०.३५ प्रतिशत अर्थात् १ करोड ७ लाख युवा रहेका छन्। युवाको क्षेत्रमा मुलुकमा काम भइरहेकाले अहिले युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७औँ नं.मा रहेको छ। करिब १९.२ युवा पूर्ण बेरोजगार रहेको, कृषिमा युवाहको संलग्नता ५०.२ रहेको र २६.१ प्रतिशत युवा स्नातक भएर पनि बेरोजगार बस्नु परेको अवस्था विद्यमान छ। (रासस)

लोकप्रिय

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमाः मन्त्री पोखरेल

२०७६, ४ भाद्र बुधबार १६:१३

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

सुन तोलाको ३०० ले बढ्याे, खपत घट्यो

२०७६, ४ भाद्र बुधबार १४:२२

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

अस्ट्रेलियाली चर्चमा यौनकाण्डः कार्डिनल जर्ज पेल दोषी ठहर

२०७६, ४ भाद्र बुधबार १६:२७

सन्नी लियोनी नेपाल आउँदै

सन्नी लियोनी नेपाल आउँदै

२०७६, ४ भाद्र बुधबार १५:५९