विराटनगर – इलाका प्रहरी कार्यालय रंगेली मोरङले किशोरी अपहरणमा संलग्न एक महिलालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। कार्यालयले मोरङको सुनवर्षी नगरपालिकाकी एक किशोरीको अपहरणमा संलग्नमध्ये एक महिलालाई सार्वजनिक गरेको हो।

गत फागुन २ गते सुनवर्षी नगरपालिकाकी १५ वर्षीया किशोरीको राति २ बजे घरबाटै अपहरण भएको थियो। अपहरणपछि रंगेली प्रहरीले पीडितको जाहेरीका आधारमा अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी गरेको विषयमा अनुसन्धान थालेको थियो।

अनुसन्धानकै क्रममा किशोरीलाई अपहरणमुक्त गर्न सफल भएको प्रहरीले जनाएको छ। पीडितको उजुरीका आधारमा अपहरणमा संलग्नमध्येकी ३६ वर्षीया गीता रिसिदेवलाई पक्राउ गरी अदालतबाट म्याद थप गरिएको प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए।

पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक दाहालले नौ जनाको समूह मिलेर ती किशोरीलाई भारतका विभिन्न शहरमा लगी करणी गरेको, ३ सय जनासम्मलाई खुवाउनका लागि रोटी बनाउन लगाउने गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए।

पीडित किशोरीको शरीरका विभिन्न भागमा तातो पन्युले डामेको समेत किशोरीले बताएकी छिन्। पीडित किशोरीकी हजुरआमाका अनुसार नातिनीलाई ५ महिनापछि भारतीय प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा भारतको पन्जाबबाट उद्धार गरिएको हो।

लोकप्रिय

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

२०७६, २४ मंसिर मंगलवार ०७:१५

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा

बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा

२०७६, २२ मंसिर आईतवार १९:०९

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

२०७६, २२ मंसिर आईतवार १५:५८

आगलागीबाट २६ लाख बराबरको क्षति

आगलागीबाट २६ लाख बराबरको क्षति

२०७६, २३ मंसिर सोमबार २०:५१