काठमाडौँ – हिरासत कक्षाबाट फरार भएका एक जना कैदी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ टोखा बस्ने मकवानपुर थाहा नगरपालिका सिस्नेरी–६ का २१ वर्षीय सुकुलाल वाईवा रहेका छन्।

चोरी मुद्दामा महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा कैद सजाय भुक्तान गरिरहेका वाईवा साउन २५ गते बिहान हिरासत कक्षको झ्यालको रड ह्याक्सो ब्लेडले काटेर फरार भएका थिए।

फरार रहेका वाईवालाई महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार बिहान बौद्ध दक्षिण ढोकाबाट पक्राउ गरेको हो।

लोकप्रिय