पोखरा – पोखराको प्रसिद्ध मन्दिर केदारेश्वरमा भक्तजनको भीड लागेको छ । सो मन्दिरमा साउन महिनाको अन्तिम सोमबार आज बोल बम मनाउने शिवका भक्तजनहरूको अत्यधिक भीड लागेकोे हो ।

सन्तोष व्रत परेकाले अन्य सोमबारको तुलनामा साउन महिनाको अन्तिम सोमबार यो मन्दिरमा अत्यधिक भीड भएको केदारेश्वर महादेवमणि सेवा आश्रम समितिका सचिव खिम पहारीले जानकारी दिए । उनका अनुसार सोमबार बिहानदेखि साँझ महाआरती हुने भएकाले गर्दा पनि भक्तजनहरूको निकै ठूलो भीड लागेको हो ।

केदारेश्वर मन्दिर परिसरमा सोमबार बोलबम पर्वका लागि आवश्यक फलफूलसहित दैनिक उपभोग्य वस्तुहरूको विक्री गर्नेहरूको समेत भीड लागेको थियो । मन्दिर परिसरभन्दा बाहिरको फिस्टेल गेटदेखि वडा प्रहरी कार्यालय बैदामसम्मको क्षेत्रमा फुटपाथे व्यापारीदेखि भक्तहरूको ठूलो संख्यामा भीड बढेको थियो ।

सो मन्दिरमा भक्तहरूलाई पूजाका लागि सहज होस् भनेर स्थानीय विभिन्न संघसंस्थाले सहयोग गरेको स्थानीय विनोद थापाले बताए । विभिन्न संघसंस्थाले मन्दिरबाहिर एकतर्फ सर्वत पानीको व्यवस्था मिलाएका थिए भने अर्कोतर्फ बोलबमका भक्तहरूलाई खाजा (सुजी, पुरी, तरकारी) को व्यवस्था गरिएको थियो । माडवारी सेवा समिति, मितेरी नारी समुह, धार्दिङ त्रिपुरा महिला समूह, डिभाइन क्लब, स्काउटलगायतका विभिन्न संघसंस्थाले सहयोग गरेको सचिव पहारीेले बताए ।

पोखरामा केही दिनदेखि लगातार बढेको गर्मीको कुनै परवाह नगरी खाली खुट्टामा सडकमै नाच गान गर्दै शिवका भक्तहरूले शुक्लागण्डकीबाट जल लिई पैदल यात्रासहित र्‍यालीमा सहभागी भएका थिए । गेरुवस्त्र धारण गरेका बोलबम जलयात्राका सहभागीले भगवान् शिवको महिमासम्बन्धी भजनकीर्तन र नाचगान गरी रमाइलो गरेका थिए ।

बोलबम समितिले बगरस्थित गाइघाटबाट सेतीनदीको जल लिएर केदारेश्वर मन्दिरमा चढाउने कार्यलाई झण्डै डेढ दशकदेखि व्यवस्थापन गर्दै आएको छ । केदारेश्वर मन्दिरमा भगवान् शिवको आराधना गर्न चारवटै द्वार बिहानैदेखि खुला गरिए पनि घुइँचोका कारण दिउँसो अबेरसम्म उनीहरू लाइनमै बसेको मन्दिरका सचिव खिमबहादुर पहारीले बताए ।

पोखराको सेतीनदी किनार घाइघाटमा शिवका भक्तहरूले पूजा गर्दा सेती नदीमा पर्न सक्ने भएकाले पूर्वसर्तकता अपनाउँदै सशस्त्र प्रहरी कालिका गणको रेस्क्यू टिमले सुरक्षा प्रदान गरेको छ।

नरहरि पौड्याल नरहरि पौड्याल
नेपाली पब्लिकका गण्डकी प्रदेश संयोजक हुन्।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

बालविवाह गराउने पण्डितसहित सातजना पक्राउ

२०७६, २९ आश्विन बुधबार २०:३४

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

हुलहुज्जतपछि एनआरएनएको मतदान शुरु (हुलहुज्जतको भिडियोसहित)

२०७६, २९ आश्विन बुधबार २०:२५

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

मुलुकका जिम्मेवार व्यक्तिहरु नै अपराधमा मुछिएपछि…

२०७६, २९ आश्विन बुधबार ०६:५२

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

सभामुख र उपसभामुखमध्ये एक पद दिनुस्ः रामचन्द्र पौडेल

२०७६, २९ आश्विन बुधबार १९:२१

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

भारतमा हुने व्यवसायिक एक्सपोमा चेम्वरका प्रतिनिधि सहभागि

२०७६, २९ आश्विन बुधबार १५:५३

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९