काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ का बारेमा संचारमाध्यमहरुमा आएका समाचार झुटा भएको बताएको छ।

उसले विज्ञप्ति नै निकालेर केही सञ्चारमाध्यममा प्रकाशित र प्रसारित समाचार भ्रामक, नियोजित र षड्यन्त्रपूर्ण भएको भन्दै उक्त झुट्टा प्रचार भन्दै त्यसलाई खण्डन गरेको छ। विप्लव नेतृत्वको नेकपाका केन्द्रीय कार्यालय सचिव सुशीलले विज्ञप्ति जारी गरेर प्रतिधु्र्वीय तत्वहरूले उक्त सुनियोजित षड्यन्त्र गरेकोठहर गरेका छन्।

हाल नख्खु कारागारमा रहेका सुदर्शनलाई जिम्मेवारीबाट मुक्त गरिएको भन्दै केही संचारमाध्यमहरुले समाचार प्रकाशित गरेका थिए। त्यसैगरी केहीदिनअघि गम्भीर, ध्रुबलगायतलाई कारवाही गरिएको भन्ने समाचार पार्टीविरुद्ध गरिएको षड्‍यन्त्र भएको सुशिलले बताएका छन्।

केन्द्रीय कार्यालयका तर्फबाट सुशीलले सोमबार साँझ प्रेस विज्ञप्ति गर्दै सरुवा, बढुवा, स्थानान्तरण वा जिम्मेवारी परिवर्तन पार्टी सङ्गठनको सामान्य प्रक्रिया भएको उल्लेख गर्दै सञ्चारमाध्यममा आएका समाचार गलत र भ्रामक भएको स्पष्ट पारेका छन्। साथै विचार, सङ्गठन र कार्यदिशाबाट अलग भएका बाहेक कसैलाई कारबाही नगरिएको पनि कार्यालय सचिव सुशीलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

लोकप्रिय