काठमाडौँ – कानुनी रूपमा अमेरिका बस्दै आएका आप्रवासीहरूको भिसा अवधि बढाउन र स्थायी नागरिकता अर्थात् ग्रिन कार्ड पाउने प्रक्रियालाई ट्रम्प प्रशासनले अझै कठोर बनाउने भएको छ।

अमेरिकी सरकारले आप्रवासनसँग सम्बन्धित नयाँ नियम घोषणा गरेको छ। जसअनुसार त्यस्ता आप्रवासीहरुको आवेदन स्वीकार गरिने छैन जो भविष्यमा अमेरिकी सरकारको सेवा र योजनामा आश्रित हुन सक्छन्।

यस बदलावबाट सरकारी सुविधामा एक वर्षभन्दा बढी समयसम्म आश्रित रहने आप्रवासीहरु प्रभावित हुनेछन्। ह्वाइट हाउसले भनेको छ– अमेरिकी नागरिकको हितको रक्षाका लागि अमेरिकामा बस्ने आप्रवासीहरु स्वयं आत्मनिर्भर होऊन् ।

अंग्रेजी जान्नैपर्ने

अबदेखि अमेरिकाले ग्रीनकार्ड दिनुअघि आवेदकको आर्थिक अवस्था, शिक्षा, उमेर र अंग्रेजी भाषालाई आधार मान्ने छ । कुनै एउटा मापदण्डलाई मात्र हेरेर निर्णय लिने छैन ।

अमेरिकी नागरिकता एवम् आप्रवासन सेवाका कार्यवाहक निर्देशक केन चुच्चिनेलीले सोमबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नयाँ नियम १५ अक्टुबरबाट लागु हुने छ ।

पब्लिक चार्ज रुल भनिने अमेरिकाको नयाँ नियम यस्तो छ

पहिले नै अमेरिकी नागरिकता पाएकाहरुलाई नयाँ नियमले असर गर्ने छैन। साथै शरणार्थी र शरणार्थी शिविरमा बस्दै आएकाहरुमा पनि नयाँ नियम लागु हुने छैन। तर, भिसा अवधि बढाउनका लागि दिइने आवेदन, ग्रीन कार्ड या अमेरिकी नागरिकता पाउनका लागि दिइने आवेदनमा यो नियम लागू हुने छ।

यो नियमअनुसार अमेरिकी मापदण्डअनुसार आय नभएका या सरकारी सहयोग जस्तै– खाद्यान्न, सरकारी अस्पताल, सरकारी आवास जस्ता सुविधा लिइरहेकाहरुलाई भविष्यमा अमेरिका प्रवेशमा कठिनाइ हुनसक्छ। हालको अवस्थामा अमेरिकामा बस्दै आएका सरकारी सुविधामा निर्भर रहेका आप्रवासीहरुको आवेदन खारेज हुने सम्भावना छ।

एक अनुमानअनुसार अमेरिकामा कानुनीरुपमा २ करोडभन्दा बढी मानिस छन्, जसको साथमा अमेरिकी नागरिकता छैन। उनीहरु पनि नयाँ नियमबाट प्रभावित हुने छन्।

यसैबीच मानवअधिकारकर्मीहरुले ट्रम्प प्रशासनले लागू गरेको नयाँ नियमको आलोचना गर्दै आएका छन् । नयाँ नियमबाट कम आय भएका र बढी आय भएका आप्रवासीबीच भेदभाव गरिएको उनीहरुको आरोप छ । नेशनल इमिग्रेसन ल सेन्टरले यस्तो नियम लागु नगर्नका लागि ट्रम्प प्रशासनविरुद्ध अदालत जाने घोषणा गरेको छ।

ट्रम्पले सन् २०१७ मै ग्रीन कार्ड लट्री कार्यक्रम भनिने डिभी भिसाको आलोचना गरेका थिए जसमार्फत अमेरिकामा ५० हजार आप्रवासीले स्थायी नागरिकता पाउँछन्। एजेन्सी

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

हवाई आक्रमणमा १८ जनाको मृत्यु

हवाई आक्रमणमा १८ जनाको मृत्यु

२०७६, ४ भाद्र बुधबार १६:३४

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

२०७६, ४ भाद्र बुधबार १६:५२

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

मितेरी पुल बन्द हुँदा भारतीय गाडी आगमनमा समस्या

२०७६, ४ भाद्र बुधबार १७:२७

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः नेपाललाई जित्नै पर्ने दबाब

२०७६, ४ भाद्र बुधबार १७:४७

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप बढ्दो

२०७६, ४ भाद्र बुधबार १७:१०

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

पर्यटन प्रवर्द्धनका लागि क्यानोनिङ महोत्सव 

२०७६, ४ भाद्र बुधबार १३:४९

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२