काठमाडाैँ – लामो दूरीमा चल्ने सवारीसाधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ।

विभागले मङ्गलबार सूचना जारी गर्दै प्रस्थानविन्दुबाट २ सय ५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारीसाधनले अनिवार्य रूपमा दुई चालक नराखेको पाइए कारवाही गर्ने जनाएको हो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राखी प्रत्येक ६/६ घन्टामा पालैपालो सवारी चलाउनुपर्ने व्यवस्था छ।

एउटै चालकले लामो दूरीमा सवारी चलाउँदा थकानका कारण सवारी दुर्घटनाको दर बढेको विभागको भनाइ छ। विभागले लामो दूरीमा चल्ने यातायातको साधनमा दुई चालकको व्यवस्था गर्न सम्बन्धित सवारी धनीलाईसमेत निर्देशन दिएको छ। त्यस्तै विभागले मध्यम दूरीमा चल्ने सवारीसाधनले पनि प्रत्येक ४ घन्टामा आधा घन्टा विश्राम लिनुपर्ने व्यवस्थालाई पनि कडाइ गर्ने जनाएको छ।

ऐनमा ४ घन्टाभन्दा बढीको दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीले प्रत्येक ४ घन्टामा आधा घन्टा विश्राम लिनुपर्ने व्यवस्था गरिएको छ। दुर्घटना न्यूनीकरण तथा यातयात व्यवस्थालाई भरपर्दो बनाउने पर्याप्त कानून भए पनि कार्यान्वयन फितलो हुँदा सार्वजनिक सवारीमा यात्रा गर्ने नागरिकले अकालमा ज्यान गुमाउँदै आएका छन्।

विशेषतः लामो दूरी तथा रात्रि सेवाका सवारी चालक यात्राकै क्रममा निदाउने, थकान तथा तोकिएको समयमै गन्तव्यमा पुग्नुपर्ने मानसिक तनावका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ। विभागले सार्वजनिक सवारीलाई सुरक्षित र व्यवस्थित बनाउन दिइएको निर्देशन कार्यान्वयन नगरेको पाइए सम्बन्धित यातायात धनीविरुद्ध कारवाही गरिने चेतावनीसमेत दिएको छ।

गत शुक्रबारमात्रै सर्लाहीको मलङ्गवाबाट काठमाडाैँ आउँदै गरेको रात्रि बस पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा त्रिशूली नदीमा खस्दा ११ जनाको मृत्यु भएको थियो। सोही दुर्घटनामा परी एक बालकसहित २० बेपत्ता भएका थिए। (रासस)

लोकप्रिय

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

२०७६, १ मंसिर आईतवार २१:४१

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

२०७६, १ मंसिर आईतवार १७:१७

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, १ मंसिर आईतवार १०:२०

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

२०७६, १ मंसिर आईतवार २१:३६

अनमोल र सुहाना ‘ए मेरो हजुर–४’ मा पक्का

अनमोल र सुहाना ‘ए मेरो हजुर–४’ मा पक्का

२०७६, १ मंसिर आईतवार १०:३३