
दमौली – तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ। पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या गरेको हो।
शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी इन्स्पेक्टर विनोद सिलवालले जानकारी दिए। डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका शाही आइतबार रातिदेखि बेपत्ता भएका थिए।
शाहीकाे खोजीका लागि परिवारले प्रहरीमा अनुरोध गरेको थियो। प्रहरी इन्स्पेक्टर सिलवालका अनुसार मृतक शाहीको घाँटीमा धारिलो हतियारको चोट छ। सोमबार माछा मार्न जाने क्रममा स्थानीयवासीले शाहीको शव देखेपछि प्रहरीमा खबर गरेका थिए। शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालिमप्राप्त कुकुर मगाएको छ। आर्थिक प्रलोभनका कारण शाहीको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ। “घटनाको अनुसन्धानका लागि कुकुरको सहयोगमा काम शुरु गरिसकेका छौँ,” प्रहरी इन्स्पेक्टर सिलवालले भने, “शङ्का लागेका केही व्यक्तिमाथि पनि निगरानी बढाएका छाैँ।” हत्यामा संलग्न जोसुकै भए पनि चाँडै कानूनको दायरामा आउने प्रहरी इन्स्पेक्टर सिलवालले बताए।
शाही सुनको सौखिन भएको र शरीरमा थुप्रै सुन लगाएर हिँड्ने भएका कारण प्रलोभनले गर्दा शाहीको हत्या भएको हुनसक्ने स्थानीयवासी बताउँछन्। “४/५ तोला सुन र रु. ४०/५० हजार उहाँसँग सधैँ हुन्थ्यो,” एक स्थानीयवासीले भने, “त्यही प्रलोभनका कारण उनको हत्या भएको हुनसक्छ।” (रासस)


लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?
२०७६, १८ मंसिर बुधबार १४:१२

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…
२०७६, १८ मंसिर बुधबार २०:३१

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन
२०७६, १९ मंसिर बिहीबार १९:४३

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय
२०७६, १९ मंसिर बिहीबार १३:२०

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्
२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल
२०७६, १८ मंसिर बुधबार १२:२८

लागुऔषधसहित युवक पक्राउ
२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा
२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु
२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!
२०७६, १८ मंसिर बुधबार १४:५४

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै
२०७६, १८ मंसिर बुधबार २१:४७

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा…
२०७६, १८ मंसिर बुधबार १५:४६

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!
२०७६, १९ मंसिर बिहीबार ०६:५६

१३ औं सागः नेपालको स्वर्ण संख्या २७ पुग्यो (तालिकासहित)
२०७६, १८ मंसिर बुधबार १४:०२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्
२०७६, १९ मंसिर बिहीबार ०९:४९
