
राँझा – बाँकेमा कानूनविपरीत बालविवाह गर्न पाउनुपर्ने माग गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन किशोरी क्लबहरूले माग गरेका छन्।
१६ वर्षमै छोरीको विवाह गर्न पाउनुपर्ने भन्दै उठाइएको मागको प्रतिवाद गर्दै बाँकेका स्थानीय तहस्तरीय किशोरी क्लबहरूले यही साउन ३१ गते जिल्लाका सबै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने भएका छन्।
“कम उमेरमा विवाह गर्दा बालिकाको स्वास्थ्य, शिक्षा र व्यक्तिगत जीवनमा पर्ने नकारात्मक असरबारे हामी जानकार छौँ,” खजुरा गाउँपालिकास्तरीय किशोरी क्लबकी अध्यक्ष दीक्षा न्यौपानेले भनिन्, “तसर्थ विवाहको उमेर घटाउनेबारेको माग तर्कसङ्गत नभएकाले सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ।”
उनका अनुसार सानो उमेरमै विवाह गर्दा हुने नोक्सानी र बालअधिकारबारे सजग बनाउन बालविवाहविरुद्ध अभियानमा सक्रिय किशोरी क्लबले जिल्लाका आठवटै स्थानीय तहमा ज्ञापनपत्र बुझाउन थालेका हुन्। १६ वर्षको उमेरमै छोरीको विवाह गर्न पाउनुपर्ने माग गर्दै महिलाको एक समूहले नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय बाँकेमा पटकपटक ज्ञापनपत्र र धर्ना दिन थालेपछि आफूहरू त्यसको प्रतिवादमा उत्रिएको डुडुवा गाउँपालिकास्तरीय किशोरी क्लबकी सहसचिव प्रमिला हरिजनले बताइन्।
जानकी गाउँपालिका वडा नं. ६ का रामदेव मिश्रले कानूनविपरीत १६ वर्षको उमेरमै विवाह गर्न पाउनुपर्ने भन्दै दूधेबालकसहितका महिलालाई प्रदर्शनमा ल्याएको पाइएको छ। २० वर्षको उमेरमा बिहे गराउँदा ‘मधेसी समुदाय’का चेलीलाई समस्या हुने जिकिर गर्दै १६ वर्षमै विवाह गर्न पाउने व्यवस्था मिलाउनुपर्ने माग राखेको मिश्रले बताए। (रासस)


लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?
२०७६, १८ मंसिर बुधबार १४:१२

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…
२०७६, १८ मंसिर बुधबार २०:३१

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन
२०७६, १९ मंसिर बिहीबार १९:४३

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय
२०७६, १९ मंसिर बिहीबार १३:२०

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्
२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल
२०७६, १८ मंसिर बुधबार १२:२८

लागुऔषधसहित युवक पक्राउ
२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा
२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु
२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!
२०७६, १८ मंसिर बुधबार १४:५४

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)
२०७६, २० मंसिर शुक्रबार १३:२२

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै
२०७६, १८ मंसिर बुधबार २१:४७

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा…
२०७६, १८ मंसिर बुधबार १५:४६

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!
२०७६, १९ मंसिर बिहीबार ०६:५६

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै
२०७६, २० मंसिर शुक्रबार ११:५५
