
मन्थली – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले संवैधानिक व्यवस्था र मिडिया समावेशिताको अवस्था विषयक अन्तर्क्रिया तथा उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २०औँ स्थापना दिवसको अवसर पारेर फोनिज रामेछापले उक्त कार्यक्रम गरेको हो।
कार्यक्रममा बोल्दै प्रदेश सभाका सदस्य रिता माझीले सत्य, तथ्य र निष्पक्ष भएर कलम चलाएर पत्रकारिता क्षेत्रलाई जनताले विश्वास गर्ने वातावरण बनाउन जोड गरेकी छिन्। कार्यक्रममा सांसद माझीले संवैधानिक व्यवस्थाअनुसार समग्र सञ्चार जगतलाई समेटिए पनि आदिवासी जनजाति पत्रकारहरूको लागि अधिकार खोज्नु पर्ने बताइन्। सांसद माझीले सर्वसाधारण नागरिक भएर आफ्नो पुर्खाको थाकथलोमा बसेका राजालाई बेला बेला अनावश्यक रुपमा गाली गर्नुको कुनै औचित्य नरहेको बताइन्। माझीले जनजाति दलित र सर्वहारा वर्गको नारा दिएर करोडौँ कमाएर सिंहदरबारदेखि नागार्जुनसम्म आफ्नो पुर्खाको बिर्ता भएकोझैँ गरेको भन्दै त्यस्तो घमण्ड नगर्न प्रचण्डलाई आग्रहसमेत गरिन।
यस वर्षको उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता पुरस्कार- २०७६ रेडियो तिफदीका स्टेशन प्रमुख सुमित श्रेष्ठलाई उत्कृष्ट वर्ष पुरस्कार प्रदान गरिएको छ। जनजातिको हितमा सक्रिय भएर कमल चलाइ जिल्लाको पत्रकारितामा उल्लेख्य योगदान गरेको भन्दै फोनिज रामेछापले श्रेष्ठलाई नगद रू ५ हजारसहित सम्मानपत्रद्वारा सम्मानित गरेको हो। सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा प्रदेश ३ की सांसद रिता माझीले पत्रकार श्रेष्ठलाई सम्मान प्रदान गरिन्। श्रेष्ठ करिव २ दशकदेखि जिल्लाको पत्रकारिता क्षेत्रमा सक्रिय रही स्थानीय पुष्पवृष्टि साप्ताहिकको प्रकाशक तथा प्रधान–सम्पादक तथा जनता टेलिभिजनमा समेत आवद्ध रहेर काम गर्दै आइरहेका छन्।
कार्यक्रममा जनजाति पत्रकार महासंघ ३ नम्बर प्रदेशका उपाध्यक्ष युवराज श्रेष्ठ, जिल्ला समन्य समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेत, खाडाँदेबी गाउपालिकाका प्रमुख प्रेमबहादुर तामाङ, लिखु तामाकोशी गाउपालिकाका उपप्रमुख दिपशिखा दाहाल, नेकपाका जिल्ला कमिटी सदस्य गोपाल श्रेष्ठ, नेपाली कांग्रेसका जिल्ला सचिव लेखबहादुर कार्की, पत्रकार महासंघ ३ नम्बर प्रदेश सदस्य बद्री नयाँघरे, पत्रकार महासंघका जिल्ला अध्यक्ष रमेश ढुङ्गेल, पूर्वअध्यक्ष हिमाल ढुङ्गेल गैसस महासंघका अध्यक्ष भुवन श्रेष्ठलगायत पेशागत पत्रकार संगठनका प्रमुखहरुले फोनिजले रचनात्मक कामको थालनी गरेको भन्दै आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताए।
कार्यक्रममा, जनप्रतिनिधि, राजनीतिक दलका नेता, पत्रकार लगायतको सहभागिता रहेको थियो। सहभागीहरुले पत्रकारले सत्य तथ्य र यथार्थलाई ध्यान दिएर जनताको हितमा कलम चलाउनुपर्नेमा जोड दिएका छन्।


लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?
२०७६, १८ मंसिर बुधबार १४:१२

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…
२०७६, १८ मंसिर बुधबार २०:३१

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन
२०७६, १९ मंसिर बिहीबार १९:४३

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय
२०७६, १९ मंसिर बिहीबार १३:२०

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्
२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल
२०७६, १८ मंसिर बुधबार १२:२८

लागुऔषधसहित युवक पक्राउ
२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा
२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु
२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!
२०७६, १८ मंसिर बुधबार १४:५४

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)
२०७६, २० मंसिर शुक्रबार १३:२२

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै
२०७६, १८ मंसिर बुधबार २१:४७

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा…
२०७६, १८ मंसिर बुधबार १५:४६

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!
२०७६, १९ मंसिर बिहीबार ०६:५६

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै
२०७६, २० मंसिर शुक्रबार ११:५५
