धनगढी – ऐन कानून निर्माणमा भएको ढिलाइले सुदूरपश्चिममा केन्द्र सरकारमातहत रहेका खेलकुद विकास समितिहरू प्रदेश सरकारमातहत जान सकेका छैनन्। प्रदेश सरकारले खेलकुद ऐन नै निर्माण गर्न नसक्दा संघीय सरकारमातहत रहेका खेलकुद विकास समिति प्रदेशमातहत जान नसकेका हुन्। यसले गर्दा प्रदेश सरकारले जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिमार्फत खेलकुदका कार्यक्रमहरूसमेत गर्न सकेको छैन।

संघीय सरकारमातहत रहेका खेलकुद विकास समितिहरूलाई प्रदेश सरकारमातहत लान कानूनी समस्या देखिएको छ। सुदूरपश्चिम प्रदेशमा जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिलाई प्रदेशमातहत लग्ने गृहकार्यसमेत शुरू भएको छैन। सुदूरपश्चिम प्रदेशस्तरीय खेलकुद परिषद गठनमा भएको ढिलाइका कारण भएको बजेटसमेत फ्रिज भएको छ। प्रदेशसभाले खेलकुद विधेयक पास गर्नै ढिलाइ गरेकाले पदाधिकारी नियुक्ति प्रक्रियासमेत अघि बढ्न सकेको छैन।

कहिले ऐन कानून बन्ने हुन् र संघीय सरकार मातहातका खेलकुद विकास समिति प्रदेशअन्तर्गत आउने हुन अझै टुङ्गो छैन। जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समिति प्रदेश मातहत नआउँदा प्रदेश सरकारले खेलकुदका लागि छुट्याएको बजेट समेत फ्रिज गइरहेको छ। जिल्लास्तरका खेलकुद विकास समितिले पनि प्रदेशको बजेट नहुँदा खेलकुदका कार्यक्रम सञ्चालन गर्न सकेको छैन।

जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्ष दिपक सिंहका अनुसार प्रदेशले ऐन निर्माणमै गरेको ढिलाइले यो अवस्था आएको हो। जिल्ला खेलकुद विकास समितिलाई समन्वय समिति नभई विकास समितिकै रूपमा विकास गर्नका लागि प्रदेश सरकारले नसक्ने उनको दाबी छ। खेलकुद क्षेत्रको विकासका लागि जिल्ला खेलकुद विकास समितिलाई केन्द्र मातहत नै राखी प्रदेशले गर्ने कार्यक्रममा समन्वयात्मक भूमिका खेल्न सकिने उनको भनाइ छ।

सुदूरपश्चिममा खेलकुद ऐनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सैद्धान्तिक सहमति लिइसके पनि ऐन निर्माण हुन सकेको छैन। सामाजिक विकास मन्त्रालयका अनुसार सैद्धान्तिक सहमति लिएर आर्थिक मामिला तथा योजना मन्त्रालयमा मस्यौदाका लागि पठाइएको छ। मन्त्रालयका युवा तथा खेलकुद महाशाखा अधिकृत कुलराज सोतीका अनुसार खेलकुद ऐन निर्माण भएसँगै प्रदेश खेलकुद परिषद गठन प्रक्रियामा सरकार जानेछ। यसका लागि ऐन निर्माण भएसँगै प्रदेश खेलकुद परिषद गठन हुने र सम्पूर्ण जिल्ला खेलकुद विकास समिति प्रदेशमातहत आएरै गठन हुने उनी बताउँछन्।

जिल्ला खेलकुद विकास समिति प्रदेश सरकारमातहत जाने भनिए पनि प्रदेशले ऐन निर्माणमै गरेको ढिलाइले खेलप्रेमीहरू निराश भएका छन्। प्रदेशको यो गतिले खेलकुद क्षेत्रको विकास नहुने भन्दै जिल्ला खेलकुद विकास समितिलाई केन्द्रमातहत नै राख्नुपर्ने उनीहरूको माग छ।

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९